बाबुरामको धम्की र रुवाई

‘देशवासीका नाममा’ भनिएको करीब पौने घण्टा लामो सम्बोधनमा कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराईले अप्रत्यक्ष रुपमा विपक्षी दलहरुलाई धम्क्याउने र उनीहरुलाई कारक देखाएर आफूले केही गर्न नसकेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए ।

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराई । तस्बीरः विक्रम राई/हिमालखबर

मुलुक संक्रमणको जञ्जालमा फसेका बेला प्रधानमन्त्री भट्टराईबाट भएको सम्बोधन कुनै पनि हिसाबले मुलुकप्रतिको जिम्मेवारीबोध गर्दै मुलुकलाई निकास दिनेतर्फ लक्षित थिएन । बरु उनले राष्ट्रिय राजनीतिमा सहमति जुटाउने झिनो प्रयास भइरहेका बेला त्यसको समेत अवमूल्यन गर्दै अप्रत्यक्ष रुपमा विपक्षी दलहरुलाई धम्क्याउने काम गरे । ‘सरकार कसैसँग मुठभेड गर्ने पक्षमा छैन, तर राज्य सञ्चालनका न्युनतम दायित्वबाट पछि पनि हट्दैन’ भन्ने उनको अभिव्यक्ति प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सरकार इतरका दलहरुलाई ‘तह लगाउने’ मनसायबाट निर्देशित देखिन्छ ।

यतिमात्रै हैन, उनले आफ्नो सरकारलाई तत्कालीन संविधानसभा÷व्यवस्थापिका संसद्मा कायम ३३ मध्ये २० दलको समर्थन प्राप्त रहेको भन्दै अप्रत्यक्ष रुपमा आफ्नो ‘बहुमतको सरकार’ले सहजै बहिर्गमन नरोज्ने मनसाय पनि स्पष्ट गरे । यद्यपि, सम्बोधनका क्रममा उनले ‘अनन्तकालसम्म पदमा बसिरहने कुनै मनसाय नभएको र सहमतिसँगै विदा लिन आतुर रहेको’ मायावी शब्दजाल फ्याँकेका किन नहोऊन् ।
राष्ट्रिय राजनीतिमा बिथोलिएको सहमतिको वातावरणलाई पुनर्ताजगी दिन सरकार प्रमुखको भूमिका महत्वपूर्ण हुन्छ । तर, भट्टराइको सम्बोधन त्यसमा एउटा ईंट पनि थप्ने गरी आएन । १४ जेठ मध्यरातमा संविधानसभाको असामयिक अवसान कसरी हुनपुग्यो र त्यसको दोषी को हो भन्ने सारा दुनियाँलाई थाहा छ । खासगरी एकदलीय अधिनायकवाद लाद्ने प्रम भट्टराईकै दल एमाओवादीको घोषित नीति अनुसार कुनै विकल्प बेगर मुलुकलाई राजनीतिक र संवैधानिक शून्यतातर्फ धकेल्न संविधानसभाको हठात् अवसान गराइएको थियो । र, यो वास्तविकता लुकाउँदै भट्टराईले फेरि एकपटक संविधानसभा विघटनको दोष काँग्रेस र एमालेमाथि थोपरेका छन्, त्यो पनि ‘मैले म्याद थप्ने प्रस्ताव गर्दा उनीहरुले थप्न दिएनन्’ भन्ने हास्यास्पद तर्क गर्दै । आफूलाई नै सर्वेसर्वाका रुपमा प्रस्तुत गर्दै ‘म’, ‘मेरो सरकार’ जस्ता शब्दाबलीबाट सम्बोधन शुरु गरेका भट्टराईले यसपटक पनि १२ बुँदे समझ्दारीबाट सहकार्य गर्दै यहाँसम्म आइपुगेका सहयात्री दलहरुलाई यथास्थितिवादी, परिवर्तनविरोधी र संघीयता विरोधी जस्ता आक्षेप लगाउन छाडेनन् ।

सम्बोधनका क्रममा भट्टराइले एउटा राम्रो भनाइ प्रयोग गरेका थिए– “सद्भाव र प्रेम नै सबैभन्दा ठूलो राजनीतिक पूँजी हो ।” तर, व्यवहार त परै जाओस् आफ्नै सम्बोधनमा पनि उनले यो भनाइको मर्ममाथि थोरै पनि न्याय गर्न सकेनन् । किनभने उनले सम्बोधनका क्रममा आफूलाई ‘अग्रगामी’को पगरी गुथाउँदै विपक्षी दलहरुलाई चाहिं ‘प्रतिगामी’कै बिल्ला भिराउन चुकेनन् ।

‘यस्तै संक्रमणको बेलामा नेतृत्वको वास्तविक परिक्षण हुन्छ’ भन्ने अभिव्यक्तिले स्वयम् भट्टराइलाई नै गिज्याइरहेको झ्ैं लाग्थ्यो । किनभने प्रधानमन्त्री बन्नुअघि र बने लगत्तै उनले जेजस्ता प्रतिवद्धता जनाएका थिए, उनीमाथि आम नेपालीका जेजस्ता अपेक्षाहरु थिए, आज ती सबै स्खलित भएका छन् । बहुसंख्यक नेपालीहरुले आफैले ठूलो ‘आशा’ गरेका नेताबाट यो हदसम्मको निराशा सम्भवतः यसअघि कहिल्यै व्यक्त भएको थिएन । समयले यो विघ्न परीक्षण गरेर ‘अयोग्य’ सावित गरिसक्दा र आफैले तोकेको ४५ दिनको समयसीमाले ३६५ दिन काटिसक्दा पनि भट्टराईमा अझ्ै ‘म त अब्बल नै हुँ’ भन्ने भ्रम कायमै छ । आफ्नो बचेकुचेको प्रतिष्ठाबारे थोरैमात्र हेक्का भइदिएको भए उनले तमाम अक्षमताप्रति क्षमायाचना गर्दै राष्ट्रिय सहमतिका निम्ति पद त्यागको घोषणा गर्नु उपयुक्त हुन्थ्यो । र, पद त्याग्दा पनि अर्को सरकार नबन्दासम्म उनी अहिले झ्ैं ‘कामचलाऊ सरकार’को प्रधानमन्त्री भई नै रहन्थे । तर, दम्भको घोडामा सवार भट्टराईले आफू पूर्णरुपमा स्खलित भइसकेको वास्तविकतालाई स्वीकार्ने सामान्य चेष्टा पनि गरेनन् । बरु ‘मैले यसो र उसो गर्न सक्थें, तर गर्न दिइएन’ भन्ने रुन्चे लाचारी मात्र व्यक्त गरे ।
आफूले बजेट ल्याउन नपाएको र त्यही कारण जनतालाई ‘डेलिभरी’ गरेको प्रत्याभूति दिलाउन नसकिएको भन्दै उनले नीति कार्यक्रम प्रस्तुत गरे झैं गरी मैले यसो र उसो गर्न सक्थें भन्ने कल्पनाका मीठा पोका पस्कन पनि बाँकी राखेनन् । जुन मुलुकमा गतवर्ष वर्षायाममा २ घण्टामा सीमित लोडसेडिङ यसवर्ष दैनिक ७–७ घण्टा पुगिसकेको छ, त्यो अवस्थामा पनि उनले हिउँदमा १०–१२ घण्टाभन्दा लोडसेडिङ बढ्न नदिने ‘जोक’ सुनाउन पनि छाडेनन् । १५ हजार नेपालीको ज्यान लिने गरी भएको हिंसात्मक विद्रोह चर्काउन कुनैबेला भारतीय प्रधानमन्त्रीको कार्यालयमा विन्तीपत्र हालेका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई दिने तानाबाना बुनेर ‘माओवादी राष्ट्रवाद’को वास्तविकता छर्लंग पारिसकेका भट्टराईले फेरि एकपटक नेपालीलाई राष्ट्रियताको पाठ पनि पढाइछाडे, त्यो पनि मुलुकको सार्वभौमसत्ता र अखण्डताको कुरा गर्दै ।

जेहोस्, सम्बोधनका क्रममा प्रम भट्टराईले दलहरुबीच सहमति भएमा आफू कार्यान्वयन गर्न कटिबद्ध रहेको र सहमतिसँगै विदा लिन तयार रहेको बताएका छन् । तर, त्यससँगै उनले आफूले अकस्मात सरकार छाड्दा उत्पन्न हुनसक्ने परिस्थितिको ख्याल गरेर हठात् सरकार नछाड्ने पनि भनेका छन् । भट्टराईको यो अभिव्यक्ति ‘सहमति’को मन्त्रणा जपेर सत्तामा टिकिरहने दाउमात्रै हो । भट्टराईकै सम्बोधनमा आधारित भएर हेर्दा मुलुकले निकास पाउने एउटा बाटो देखिएको छ । त्यो हो– प्रमुख दलका प्रमुख नेताहरु र त्यसमा पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको पहलमा एउटा ठोस सहमति गर्ने र सहमतिको सरकार गठनका लागि बाबुराम सरकारलाई फिर्ता गराउने । ‘सहमति भएमा एक मिनेट पनि सरकारमा नरहने’ भट्टराईको चुनौतीलाई जवाफ दिने उपयुक्त उपाय पनि यही हुनेछ ।

  • sisir

    Baburam is a cunning fox and his wife Hisila devil women.. Beware of this national traitor ..

  • Akash

    Teso bhaye tapai ko bichar ma, BRB pachi ko PM huna layak chha tyo ni bhanidinus na ta.

    • Himal

      Ram Chandra Poudyal, Ram Sharan Mahat

  • JAY BAHADUR

    CURRENT PM OF NEPAL ,BABURAM BHATTARAI IS POPULAR LEADER AMONG THE NEPALI PEOPLE. GO A HEAD WE NEPALI PEOPLE SUPPORT YOU NO ONE CAN COMPETE YOU .

  • nepali layman

    स्पस्ट भयो बाबुराम भट्टराई गलत क्षेत्र राजनीति मा आए जसले घर हरु को नक्शा राम्रो बनाउन जान्दछन देश हैन…

  • http://www.facebook.com/profile.php?id=1400981910 Prashant Upadhyaya

    मानिस को बोलि भन्दा व्यवहार ले उसको वास्तविक परिचय दिन्छ ! बाबुराम को असली अनुहार सबैले देखि सके ! अरु लाई चोर औंला ठडाउनेले अरु चार वटा औंलाहरू आफैतिर फर्किएको कहाँ देख्छ र ? आज सहमति को सबै भन्दा ठुलो बाधक लेन्डुप दोर्जे पथ मा अग्रसर बाबुराम भट्टराई भएको कुरा नेपाली जनता माझ घाम जस्तै छर्लंग छैन र ?

  • himal

    Baburame ta badmas nai rahecha ni. Ani yo ta maha-fataha pani rahecha. Thutuno ra mutuno ko thegan nahune ko halat baburamme ko jastai huncha.

    Yo ta dhant ko ta bhandar nai rahecha. Yesle

    1. Ghandhi banne pani bhanekai ho.
    2. Sahamati ko PM matra bhanchu bhaneko ho.
    3. 45 din ma sahamati and santi, sambidhan nabhaye rajainama dinchu bhanthyo.
    4. ani yo ra tyo ta kati ho kati………………………………

  • nalaj karki

    what the fuck baburam

  • जनार्दन

    बाबुराम जी, पार्टी हुनु त माआोबादीहरू जस्तो पो त है । सांसद किन्न चिनियाहरू संग ५० करोड मागेर देशको पैसा बचाउने, पोखरा एयर पोर्टमा ठेकेदार संग ५० लाख मागेर भ्रस्टाचार लाई पार्टिकरण गर्ने । यस्ता परिबर्तनका बाहक माओबादी पो भाले पार्टी त अरू पार्टी त के पार्टी ?? बाहिर बाहिर भारतको बिरोध गर्ने, भित्र भित्र उसकै भूमीमा देशलाई खालमा राखेर जुवा खेल्न सक्ने कलाकार पार्टी पो पार्टी त अरू
    पार्टी त के पार्टी ?? आफूलाई सुकुम्बासी, सर्बाहाराको पार्टी भन्ने तर सुकुम्बासी बस्तिमा मध्यरात मा डोजर लागाएर गर्भवती महिलाको गर्भ समेत तुहाउन सक्ने शाहसी पार्टी पो पार्टी त अरू
    पार्टी त के पार्टी ?? समाबेसीताको गफ गरेर नथाक्ने तर देशमा मधेसी वा महिला मूख्य सचीव हुन सक्ने दुर्लभ अवसरलाई तिलान्जली दिन सक्ने “स्पष्ट धारणा” भएको पार्टी पो महान पार्टी त अरू पार्टी त के पार्टी ??? कि कसो ??