राजनीतिमा परिवारवाद

निजी सहायकका रूपमा पार्टीमा संलग्न गराएको छोरो करोडौं नगदसहित एउटी विद्यार्थी कार्यकर्ता लिएर बेपत्ता भएपछि पुष्पकमल दाहाल विरक्तिएका देखिन्छन्।

p26

प्रकाश दाहाल र बीना मगर

दुई पटक बिहे र एकपटक पारपाचुके गरिसकेका र एक सन्तानको बाबु समेत बनिसकेका प्रकाश दाहालको पछिल्लो हर्कतले एमाओवादी अध्यक्ष दाहालको वंशानुगत राजनीतिक उत्तराधिकारी स्थापित गर्ने चाहना ध्वस्त भएको छ। उच्छृंखल आचरणका कारण बाबु र पार्टी दुवैका लागि पूँजी हैन दायित्व हुनपुगेका प्रकाशको यो काण्डले ऐयासी चरित्र र क्षमता विनाको महत्वाकांक्षा सामन्तीराजतन्त्रमा मात्र हुँदैन भन्ने पुष्टि गरेको छ। दक्षिणएशियामा पिता वा पतिको उत्तराधिकारीका रूपमा एउटा उचाइबाट राजनीतिक अवसर पाए पनि आफ्नै क्षमताबाट सफल थुप्रै राजनीतिज्ञ छन्। इन्दिरा गान्धी, शेख हसिना, चन्द्रिका कुमारातुंगा, बेनजीर भुट्टो आदि आ–आफ्ना योग्यता र क्षमताकै भरमा राजनेता बनेका हुन्। पार्टीहरूमा परिवारवाद संक्रामकरोगको रूपमा फैलिएको नेपालमा भने त्यस्ता पात्रको उपदक्षिणएशियामा पिता वा पतिको उत्तराधिकारीका रूपमा एउटा उचाइबाट राजनीतिक अवसर पाए पनि आफ्नै क्षमताबाट सफल थुप्रै राजनीतिज्ञ छन्। इन्दिरा गान्धी, शेख हसिना, चन्द्रिका कुमारातुंगा, बेनजीर भुट्टो आदि आ–आफ्ना योग्यता र क्षमताकै भरमा राजनेता बनेका हुन्। पार्टीहरूमा परिवारवाद संक्रामक

पार्टीमा राजकुमारवाद
बीपीका छोराहरूलाई माथि ल्याउने कृष्णप्रसाद भट्टराईको इच्छाअनुसार एकताका खुबै ‘प्रमोट’ गरिएका प्रकाश कोइराला राजतन्त्र र मदिरा मोहमा डुबेर नेपालको राजनीतिबाट ‘अल आउट’ नै भए। त्यसपछि राजनीतिमा उतारिएका बीपीका माहिला छोरा शशाङ्कको मुहार र मिजास बाबु सम्झ्ाउने खालको भए पनि राजनीतिक खुबी त्यस्तो देखिएन। सफल नेत्र चिकित्सकको रूपमा प्रतिष्ठित उनी राजनीतिज्ञका रूपमा जम्न सकेका छैनन्। नेपाली कांग्रेसमा शक्तिशाली र महत्वाकांक्षी नोना कोइरालाका छोरा शेखर राजनीतिमा अरू ‘कजिन’ भन्दा कुशल खेलाडी ठानिन्थे, तर माओवादीका लागि उपयोगी हुन्जेल चर्चामा रहेर ओरालो लागेका उनको पुनरुत्थानको सम्भावना कमै देखिन्छ।

कार्यकर्तामा आधारित पार्टी भएकोले एमाले राजकुमारवादबाट मुक्त छ, तर नेता पत्नीहरूको गुनासो र महत्वाकांक्षाको व्यवस्थापन गर्न उसलाई पनि बेला बेलामा हम्मे परेको देखिन्छ। एमालेले मनमोहन पत्नी साधना र जीवराज पत्नी मायालाई थामथुम पारेर राख्न सक्यो, तर पुष्पलाल पत्नी सहानाले पार्टी फुटाउनेसम्मको उद्यम गरिन्। निर्वाचनमा कृष्णप्रसाद भट्टराई जस्ता राजनीतिक हस्तीको प्रतिस्पर्धी बन्नु र विजयी हुनुमा निश्चय नै विद्या भण्डारीको आफ्नै कमाइ थिएन, तर त्यसपछिको समयमा उनी आफ्नै क्षमताको बलमा राजनीतिमा छिन्। तर यही कुरा एमाओवादी नेतृ हिसिला यमीको हकमा भने लागू हुँदैन।

कोही राजनीतिक परिवारका सदस्य भएकैले राजनीतिमा स्थापित हुनु प्रजातन्त्रका लागि राम्रो संकेत होइन। तेस्रो विश्वका राजनीतिज्ञहरू इज्जत, पैसा र व्यक्तिगत शक्तिको लागि राजनीतिमा पारिवारिक उत्तराधिकार चाहन्छन्। लोकतन्त्र परिपक्व हुँदै जाँदा परिवारवाद अस्वीकृत हुन्छ। जस्तो, भारतमा राहुल गान्धी स्वीकार्य हुने भगीरथ प्रयासमा छन् भने नेपालमा धेरै अस्वीकृत भइसके। यो अवस्थामा अक्सर ज्ञानेन्द्रपुत्र पारससँग तुलना गरिने दाहालपुत्र प्रकाशले पनि नेपाली राजनीतिबाट पलायन रोज्नुलाई नराम्रो संकेत भन्न सकिन्न।

  • sisir

    Girija and Kujata Koirala is missing in this article ..