सकियो चीन चिनाउँने डकुमेन्ट्री मेला, ‘धुमधामको घुमघाम’ अब चीनीयाँ भाषामा

ललितपुर पाटन ढोकास्थित यलमाया केन्द्रमा १-३ भदौमा सम्पन्न चिनियाँ डकुमेन्ट्री मेलाले चीनको बदलिदो न्याय, आर्थिक बृद्धि, वातावरण, शहरी जीवन र व्यक्तिगत उत्साह चित्रण गरेको थियो । फिल्म साउथ एसियाले न्यूनेपाली सिनेमा र सत्यानामक संस्थाको सहकार्यमा आयोजना गरेको मेलामा २००४ देखि २०११ का बीचमा बनेका ६ वृत्तचित्र प्रदर्शनी भएका थिए । मेलाको अन्तिम दिन ३ भदौमा कनकमणि दीक्षितद्धारा लिखीत 'भक्तप्रसाद भ्यागुताको नेपाल यात्रा : धुमधामको घुमघाम'को चीनीयाँ संस्करणको विमोचन गरियो ।

मेलामा प्रर्दशन भएका २००४ देखि २०११ का बीचमा बनेका ६ वृत्तचित्रहरु।

चाइना एक्सपोज नाम दिईएको मेलामा प्रदर्शनी भएका वृत्तचित्र चिनियाँ जनताको संघर्ष, जीवन र वेथीतिलाई उजगार गर्ने यि फिल्महरुले नेपाली दर्शकलाई चीनलाई नजिकैबाट चिनाउन सफल भएको छ ।

प्रर्दशन भएका मध्ये ३ फिल्मका निर्देशकहरु हु जी, हुङ विकी र जीयन यीको सहभागी रहेको मेलामा जियान यि द्धारा निर्देशित सुपर गर्लस्  नामक वृत्तचित्रले अमेरिकन आईडल शैलीको सुपर गल्स सिंगीङ कन्टेष्टको सेरोफेरो समेटेको थियो ।

दोश्रो दिन मध्यान्ह प्रर्दशीत हु जीद्धारा निर्देशीत सर्चिङ फर लिन झाओज सोल  ले सन् १९५६ को एक निडर विद्यार्थीको कथा समेटेको थियो ।

झाओ लिअङद्धारा निर्देशीत पिटिसनले चीनको राजधानी लगायतका शहरहरुमा राज्यको अन्याय विरुद्ध लडिरहेकाहरुको आवाजलाई समेटेको थियो । वाङ जीय’लीअङद्धारा निर्देशीत बेजिङ बिसाइज्ड बाइ वाइस्ट वृत्तचित्रले दुई करोड जनसंख्या रहेको राजधानी बेइजिङबाट दैनिक निस्कने ३० हजार टन फोहोरबाट उत्पन्न समस्या र ब्यावस्थापनको चित्रण गरेको थियो ।

३ भदौमा प्रर्दशीत  हुङ ओइकाई द्धारा निर्देशित डिसअर्डरले आधुनिकतातिर लम्केको चीनको ट्राफिक जाम, दुर्घटना, प्रहरी ज्यादती लगायतका बेथिती, अनुशासनहिनता र लापर्वाहिको कथाहरु समेटेको थियो । निदैशक हुङले विभिन्न एमेच्योर भिडीया्ग्राफरहरुले खिचेका १ हजार घण्टाको फुटेजबाट ५२ मिनेटको फिल्म तयार गरेको बताए ।

समापन वृत्तचित्रको रुपमा प्रस्तुत फान लिक्सीनद्धारा निर्देशीत  लास्ट ट्रेन होमले १ सय ३० मिलियन आप्रवासी कामदार रहेको चीनीयाँ कामदारको कथा उजगार गरेको छ । आफनो गाउँबाट २१ सय किलोमिटर टाढाको ग्वानजाउ शहरको कपडा कारखानामा काम गर्ने बामदार दम्पतीकोकथाले घर छाडेका समग्र कामदारहरुको मर्म उजगार गरेको छ । की निर्देशक नयनतारा कक्षपति गुरुङले ३ दिननै दर्शकको उत्साहजनक सहभागिता रहेको बताईन् ।

मेलाको अन्तिम दिन ३ भदौमा कनकमणि दीक्षितद्धारा लिखीत भक्तप्रसाद नामक भ्यागुताको यात्रा वर्णनबारेको ‘ धुमधामको घुमघाम’को चीनीयाँ संस्करणको विमोचन गरियो । चीनीयाँ फिल्मकर्मी जीयन यीले एक समारोहकाबीच पुस्तकको लोकार्पण गरेका थिए । १५ वर्ष अघि लेखीएको पुस्तक यसअघि १४ भाषामा प्रकाशीत भइसकेको छ । चीनीयाँ भाषामा अनुवाद गर्ने यु आनले पुस्तकको एक केहि पृष्ठ पढेर सुनाएकी थिइन् । कार्यक्रमका प्रमुख अतिथी चीनीया तथा नेपाली संस्कृतीविद् सत्यमोहन जोशीले नेपालको भक्तप्रसाद भ्यागुतोको यात्रा विभिन्न देशसँगै चीनमा पुगेकोमा खुशी ब्यक्त गर्दै यो यात्रा मंगल ग्रहसम्म पुगोस भन्दै शुभकामना प्रकट गरेका थिए ।

भक्तप्रसादको यात्रा: कनकमणि दीक्षितद्धारा लिखित धुमधामको घुमघाम पुस्तकको चिनीयाँ संस्करणको ३ भदौमा विमोचन गर्दै फिल्मकर्मी जीआन यी, प्रमुख अतिथी संस्कृतविद् सत्यमोहन जोशी र अनुवादक यु आनका साथ लेखक। तस्बीरहरु: अनुशील/हिमालखबर