सत्ता लम्ब्याउन सरकार षडयन्त्रमा लागेको कांग्रेसको ठहर
नेपाली कांग्रेसले सत्ता लम्ब्याउन सरकार विभिन्न षडयन्त्रमा लागेको ठहर गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले सरकार योजनावद्ध षडयन्त्रमा लागेको र त्यो सत्ता लम्ब्याउनका लागि भएको ठहर गरेको हो।
कांग्रेसले सरकारले राजीनामा नदिएसम्म कुनै पनि विकल्पमा नजाने निर्णय गरेको प्रवत्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । सरकारको नेतृत्व दावी गरिरहेको कांग्रेसले अब सरकारको राजीनामा पछि मात्रै अन्य विकल्पमा जाने घोषणा गरेको हो । बडुले राजनीतिक निकासका लागि विकल्पमा बाटाहरु भए पनि सरकारले राजिनामा नदिएसम्म कुनै विकल्पमा नजाने निर्णय गरेको बताए।
बैठकले सत्तारुढ दलले सत्ता लम्ब्याउनकै लागि अहिलेको मोर्चा बनाएको पनि ठहर गरेको छ । बैठकमा बोल्ने नेताहरुले विभिन्न सरकारी संयन्त्रमा माओवादी सहितका सत्तारुढ दलले कब्जा जमाईसकेको र त्यस्लाई तोड्न पनि सरकार हटाउनुपर्नेमा जोड दिएका छन्।









