भाटभटेनीमा एकतर्फी डोजर चलाएकोमा विरोध

गत पुस महिनामा डोजर लगाईसकेको भाट भटेनी अगाडीको सडकमा फेरी २ भदौमा एकतर्फी डोजर चलाएकोमा स्थानीयवासीले विरोध गरेकाछन् । सडकको मध्य भागबाट दुवै तर्फ सडक विस्तार गरिनु पर्नेमा एकातिर निजीघरहरूको पेटी र पर्खाल भत्काइएको छ भने अर्कोतिर भाटभटेनी सुपर मार्केटको पेटी–पिलरमा केही गरिएको छैन।

भेदभाव:सडकको मध्य भागबाट दुवै तर्फ विस्तार गरिनु पर्ने नियम भएपनि २ भदौमा फेरी निजीघरहरूको पेटी र पर्खाल भत्काइयो तर अर्कोतिर भाटभटेनी सुपर मार्केटको पेटी–पिलरमा केही गरिएन । तस्बीर: मीनरत्न बज्रचार्य/हिमालखबर

सडक चौडा पार्ने क्रममा काठमाडौंको भाटभटेनी अगाडिदेखि राष्ट्र बैंक चोकसम्मको सडकमा स्थानीयवासीका पर्खाल र पेटी भत्काएपनि फेरी २ भदौमा एकतर्फी डोजर चलाईएको छ । यस पटक पनि सडकको सडक चौडा पार्ने क्रममा स्थानीयवासीका पर्खाल र पेटी भत्काइँदा भेदभाव भएको स्थानीय जगतवीरसिंह कंसाकार बताउँछन् । उनका भनाईमा पहिले पनि विना पूर्व सूचना लालपुर्जा भएको घरजग्गा भत्काउन आएको सरकारले क्षतिपूर्तिको कुरै नगरेको, भत्काउँदा सडकको एकतर्फी मात्र भत्काएको र यसपाली पनि एकतर्फी डोजर चलाइएको छ । विस्तारका क्रममा १४ मिटरको बाटो बनाउँने भनिएकोमा सडकको बीचबाट दायाँ बायाँ ७/७ मिटर चौडा गर्नुपर्नेमा एकापटी ९ मिटर भत्काइएको र भाटभटेनीतिर डोजरले छोएकै छ्रैन् ।

बोल्न नसक्नेको जग्गामा डोजर चलाइएको तर पहुँच र पैसा हुनेलाई छँुदै नछोइएको कंसाकार बताउँछन् । उनी भन्छन्, “मध्यभागबाट बायाँतिर जति भत्काइयो अर्कोतिर पनि त्यति नै भत्काइनुपर्ने हो किन भाटभटेनीको विल्डीङलाई छोइएन ?” यो सडक क्षेत्रमा अनिल जोशी, सुशीलवीर कंसाकार, रोशन श्रेष्ठ लगायत धेरैको जग्गामा डोजर चलाइएको छ । कंसाकार आफुले फेरी मापदण्ड अनुसार नाप्न निवेदन दिएको बताउँदै भन्छन्, “बाटो चौडा हुनु राम्रो हो, हामी दिन सक्ने जग्गा दिन्छौं तर सरकार नियम संगत र विना भेदभाव आउनुपरयो । ?”

  • Mani Jee

    Tyo ta sadak hajurharule nai badhi michnu bho hola ni ta. ichne belama 7 hat michne ahile 5 hat pachhi hat bhanda 3 hat ta hati nai sake ni bhaneko ta haina.