राजधानीमा चिनियाँ डकुमेन्ट्री मेला

ललितपुर पाटन ढोकास्थित यलमाया केन्द्रमा चिनियाँ डकुमेन्ट्री प्रर्दशनी शुरु भएको छ । फिल्म साउथ एसियाले न्यूनेपाली सिनेमा र सत्यानामक संस्थाको सहकार्यमा आयोजना गरेको मेलामा २००४ देखि २०११ का बीचमा बनेका ६ वृत्तचित्र प्रदर्शनी हुने छन् । वृत्तचित्रहरु न्याय, आर्थिक बृद्धि, वातावरण, शहरी जीवन र व्यक्तिगत उत्साहमा आधारित छन् ।

प्रदर्शनीमा चलचित्रकर्मीहरु हु जी, हुङ विकी र जीयन यीको प्रत्यक्ष सहभागी रहने भएका छन् । तीन दिनसम्म चल्ने प्रर्दशनी १ भदौमा शुरु भएको हो । उद्घाटनका दिन जियान यि निर्देशित ७३ मिनेट लामो SUPER, GIRLS! नामक वृत्तचित्र प्रदर्शन गरिएको छ ।

२ भदौ मध्यान्ह १ बजे SEARCHING FOR LIN ZHAO’S SOUL, ४ बजे PETITION र साढे ६ बजे BEIJING BESEIGED BY WASTE वृत्तचित्र प्रस्तुत गरिने आयोजकले जनाएको छ । यसैगरी ३ भदौ साँझ ४ बजे DISORDER र ६ बजे लास्ट ट्रेन होम प्रदर्शन गरिनेछ ।

वृत्तचित्र निःशुल्क हेर्न सकिन्छ ।