अनसरत प्रा. डा. केसीको फोक्सोमा समस्या
पाँच दिनदेखि आमरण अनशनरत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा. डा. गोविन्द केसीको स्वास्थ्य स्थिति बिग्रँदै गएको चिकित्सकले जनाएका छन् ।
त्रिविवि चिकित्सा अध्ययन संस्थानमा डिनलगायतका महत्वपूर्ण पदमा राजनीतिक आधारमा भन्दा त्यहाँ कार्यरत वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्ने माग राख्दै प्रा. डा. केसी आमरण अनशनमा बसेका हुन । केसी आमरण अनशनमा पुनः बस्नुभएपछि त्रिवि शिक्षण अस्पतालका आकस्मिकबाहेक अन्य सबै सेवा चार दिनदेखि ठप्प छन् ।
केसीको उपचारमा संलग्न डा प्रेम खड्काले भने, ‘प्रा. डा. केसीको स्वास्थ्य स्थिति बिगँदै गएको छ, उहाँको फोक्सोमा समस्या देखिन थालेको छ ।’ डा खड्का अनुसार केसी अहिले सामान्य रुपमा बोलचाल गर्न पनि अप्ठ्यारो अवस्थामा छन् । प्रा. डा. केसी यसअघि पनि गत असारमा पनि अनशन बसेका थिए । रासस










