आयल निगमको मासिक घाटा ४१ करोड

नेपाल आयल निगमको मासिक घाटा बढेको छ । ईन्डियन आयल कर्पोरेशन (आईओसी)ले ३२ साउनमा पठाएको नयाँ मूल्यअनुसार निगमको घाटा बढेर ४१ करोड रुपैंया पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि घाटा रकम बढेर ४१ करोड रुपैंया पुगेको निगमका निमित्त निर्देशक सुशिल भट्टराईले जनाए । १५ दिन अघिको मुल्यअनुसार निगमको मासिक घाटा १६ करोड ४८ लाख रुपैंया थियो ।

नयाँ मुल्यअनुसार पेट्रोल, मट्टितेल र हवाई इन्धनमा नाफा रहेपनि डिजेल र एलपी ग्याँसमा भने घाटा कायमै रहेको निगमको भनाई छ । घाटा बढेपनि अहिले ३७ हजार किलोलिटर पेट्रोलियम पदार्थ मौज्जात रहेको निगमले जनाएको छ ।