नेपाल र नेपालीलाई उपदेश दिनुको तुक छैन: सापकोटा

एनेकपा माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानका विवादित विषयमा सहमति नभएसम्म वर्तमान सरकारले कुनै हालतमा राजीनामा नदिने बताएका छन् ।

एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा २३ साउनमा साचारकर्मीहरुसँगको अन्तरकि्रयामा सापकोटाले विकल्प तयार नभई सरकारले राजीनामा गरेर देशलाई अराजकतामा राख्न नहुने बताए । उनले भने,’ संविधानसभाको पुनःस्थापना वा नयाँ निर्वाचन के हुने भन्ने दलहरुबीच सहमति हुनु जरुरी छ त्यो सहमति भएपछि मात्रै सरकार परिवर्तनबारे सोच्न सकिन्छ ।’

सापकोटाले वर्तमान सरकारले राजीनामापछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भन्ने दलहरुबीच विगतमा भएको पाँच बुँदे सहमतिको औचित्य सकिएको बताउँदै सहमतिको आधारमा एमाओवादी नेपाली काँग्रेस वा नेकपा एमाले जुनसुकै दलको नेतृत्वमा सरकार गठन हुन सक्ने उल्लेख गरे ।

अहिले नै यो पार्टी र त्यो पार्टीको नेतृत्वमा सरकार गठन गरिनुपर्दछ र सरकारले जुनसुकै हालतमा राजीनामा दिनुपर्दछ भनेर गरिएको प्रचारको कुनै अर्थ नभएको दाबी गरे । दलहरुबीच सहमतिको लागि आफ्नो पार्टीका तर्फबाट अधिकतम् प्रयास भए पनि कांग्रेस र एमालेनै तयार नभएको प्रवक्ता सापकोटाको आरोप छ ।

प्रवक्ता सापकोटाले नेपाली कांग्रेसले विशेषगरी संसदीय निर्वाचनको कुरालाई अगाडि सारेर जनयुद्ध जनआन्दोलनबाट उपलब्धिको रुपमा रहेको संविधानसभालाई पुनः सम्पन्न हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाए । संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्छ भन्नेमा आफ्नो पार्टी प्रष्ट रहेको चर्चा गर्दै उनले त्यसको कुनै पनि विकल्प आफ्नो पार्टीका लागि अस्वीकार्य रहेको बताए ।

भारतीय जनता पार्टीका नेता यशवन्त सिन्हाले केही दिन अगाडि गरेको नेपाल भ्रमण शङ्कास्पद रहेको बताउँदै उनले भने, ‘केही व्यक्तिहरु आफूले लेखेको पुस्तकको प्रचार गर्ने नाममा त केही व्यक्ति व्यक्तिगत निमन्त्रणाको नाममा यहाँ आएर नेपाल र नेपाली जनतालाई उपदेश दिनुको कुनै तुक छैन ।’ रासस

  • Prem Kshetri

    ‘tinai kehi byatiharu’ ko taluwa chater ‘janayuddha’ kalma shelter ra chitthi aadan pradan garda tuk hune, uhiharukai sahayog ra sallaha ma sarkar banauna ra aafnai nepali dajubhai haruko chhatima goli dagda tuk hune, ahile timro chahana bhanda ali pharak ko updesh dida chai tuk nahune?

  • Pp_jamuna

    Jyanmara 

  • who cares

    atankakari

     kamjor ko hatyara