काम गरौं काम

मिहिनेतको बलमा सडकबाट महल पसे नेपालगञ्जका एक पौरखी।

२०४५ सालमा किराना पसल उधारोले डुबेपछि दुईचार पैसा जुटाएर ठेलामा फलफूल बेच्न थालेका रतिलाल पराजुली (६५) अहिले नेपालगञ्जमा करोडपति बनेका छन् । शहरमा उनका दुई वटा घर, दुई वटा घडेरी र बसपार्कमा फेन्सी स्टोर छन् । यो उमेरमा नपुग्दो केही छैन । घरपरिवार सबैले आराम गर्न भन्छन्, तर उनी भन्छन्, “काम गर्दा कसरत पनि पुग्छ, दुई–चार पैसा पनि हुन्छ । काम गर्न छाडेँ भने त म गरीबलाई पनि धनीको रोग लागिहाल्छ नि !”

पसल डुबेपछि पनि हरेस नखाई बसपार्क वरपर बदाम र फलफूल बेचेका उनले त्यसको १० वर्षपछि नै रु.६० हजार लगानी गरेर जुत्ता कारखाना खोलेका थिए— बाजे जुत्ता उद्योग । बाहुनको छोरो भएर जुत्ता बनाउँदा धेरैको नाटीकुटी सहनु पर यो, तर कुरा काट्नेहरूले काटिरहे उनले बनाएका सात–आठ डिजाइनका जुत्ताले सुर्खेत र नारायणगढसम्मको बजार लिए । सरकारले तोकेको कर पनि खुरुखुरु तिरिरहेको बाजे जुत्ता उद्योगमा नौ जनाले रोजगारी पाएका छन्, जो दैनिक ४० जोरसम्म जुत्ता उत्पादन गर्छन् र रु.४०० देखि ६०० कमाउँछन् । तलुवा, तना लगाउन सिपालु पराजुली बाजे पनि कामदारहरूसँगै काममा खट्छन् र उनीहरूसँगै खान्छन् ।

अर्काको चियोचर्चो गरेर बस्नेहरूलाई पराजुलीको जवाफ छ, “मान्छेको जात र कामको प्रकार जति धेरै भए पनि एकै हो । लाखौं खर्चमा १५–२० वर्ष पढ्दा पनि जागिर नपाइने जमानामा काम गर्न लजाएर कोही उँभो लाग्दैन । त्यसैले सबैले सकेको काम गरौं ।” काममा विश्वास गरेकै कारण सडकबाट महलमा पसेका रतिलाल पराजुलीका तीनमध्ये एक छोरा पसल सम्हाल्छन् भने दुई जना पढ्दै छन् । दुई छोरीको विवाह भइसक्यो ।
-देवी सापकोटा/कृष्ण अधिकारी
हिमाल खबरपत्रिका १६–३० कार्तिक २०६८


  • anish

    Oho! Adidas ko jutta yahan po banaundo raichha ;) ?

  • http://twitter.com/alteclanding suman pathak

    होईन बाजे अर्काको Trademark चोर्न त भएन नी बरु आफ्नै Brand बनाय राम्रो.

  • suba

    addidas le court ma mudda halla ani pheri karod pati bata rod pati bannu hola. Baje jutta bhanera brand rakhnus jutta ko.

  • sanjay shahi

    baje le adidas ko name bechera po kamayeka rahechan, fortunately he is in nepal, where there is no rule of law, otherwise he willl be in a prison…. anyway..keep it up until u caught…

  • satosh

    puma ko chai ta dekhina ni..adidas matra 6,, ke ho baje aaru ko siko nagrne…matra adidas…..

  • http://www.facebook.com/srrumjatar Shree Ram Tamu

    पौरखी हातलाई सलाम !!