रु.३६ अर्ब नाफा कमाउने नेपाल टेलिकमको दाबी
नेपाल टेलिकमले चालु आर्थिक वर्षमा ३६ अर्ब ८१ लाख ५८ हजार रुपैंया नाफा कमाउने दाबी गरेको छ । आर्थिक वर्ष २०६९–७० का लागि नयाँ योजना सार्वजनिक गर्दै टेलिकमले यस्तो दाबी गरेको हो ।
राजधानीमा १६ साउनमा पत्रकार सम्मेलनगरी टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले चालु वर्षमा ३६ अर्ब ८१ लाख रुपैंया खुद नाफा कमाउने गरी योजना र काम अघि बढाइसकेको बताए । यो नाफा रकम गएको आर्थिक बर्ष २०६८–६९ को तुलनामा ६ दशमलव ८४ प्रतिशतले बढि हो । टेलिकमले यो चालु आर्थिक बर्षमा १५ लाख ५१ हजार ६ सय ३९ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य राखेको छ । थिकेकाअनुसार यो वर्ष ७ लाख ८८ हजार मोबाईल, ७ लाख २९ हजार १ सय ७० सीडीएमए र ३४ हजार ४ सय ६९ लाइन ल्याण्डलाइन टेलिफोन वितरण हुनेछ ।
टेलिकमले ग्रामिण दुरसञ्चार सेवा अन्तर्गत ३५ जिल्लाका १ हजार ८ सय गाविसमा ताररहित इण्टरनेट सेवा पु¥याउने लक्ष्यका साथ काम गरिरहेको पनि थिकेले जानकारी दिए ।









