‘विन्तीपत्र’ वास्तविकता खुलाऊ

हिंसात्मक विद्रोहकै क्रममा माओवादी शीर्ष नेतृत्वले भारतीय संस्थापनसमक्ष ‘विन्तीपत्र’ पेश गरेपछि भारत सरकारले त्यहाँ उनीहरूको बसोबास र आवागमनमा सहजता प्रदान गरेको भन्ने प्रा. एसडी मुनिको दाबीको सत्य–तथ्य बाहिर आउन जरुरी छ ।

साउने झरीले ओसिलो काठमाडौंको राजनीतिलाई सात समुद्रपारको क्याम्ब्रिज पब्लिकेशन्सको पछिल्लो प्रकाशन ट्रान्जिसन इन नेपालः फ्रम वार टु फ्रेजाइल पीस भन्ने पुस्तकको एउटा लेखले तताउने संकेतहरू देखिएका छन् । अहिलेसम्म पत्रपत्रिकाका एकादुई टिप्पणीको चर्चामा सीमित यो पुस्तकले काठमाडौंका बौद्धिकहरूको मथिङ्गल बेस्सरी रन्थन्याइसकेको छ । कारण पुस्तकमा छापिएको भारतीय विद्वान प्रा. एसडी (सुखदेउ) मुनिको लेख हो, जसमा उनले हिंसात्मक विद्रोहकै बेला जून २००२ मा माओवादी नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईले ‘भारतसँग उत्कृष्ट सम्बन्ध राख्न चाहेको तथा भारतको हितमा गम्भीर असर पर्ने कुनै काम नगर्ने’ मा भारतीय नेताहरूलाई आश्वस्त पारेपछि माओवादीहरूमाथि भारतमा हुँदैआएको गुप्तचरहरूको निगरानी र आवतजावतमा बन्देज खुकुलो पारिएको रहस्योद्घाटन गरेका छन् ।

प्रा. मुनिले लेखमा माओवादी नेतृत्वले भारतको गुप्तचर संस्था ‘इन्टेलिजेन्स ब्यूरो’ (आईबी) मा पनि लिखित रूपमा आफ्नो दृष्टिकोण राखेको तथ्य उद्घाटित गरेका छन् । मुनिको दाबीअनुसार त्यसपछि भारतकै अर्को जासूसी संस्था ‘रिसर्च एण्ड अनालाइसिस विङ’ (रअ) सँग माओवादी नेतृत्वको ज्यादा सम्पर्क र बैठकहरू भए, र माओवादी नेताहरू भारतमा अझ् बढी सहजतापूर्वक हिंडडुल गर्न पाउने भए ।

कम्युनिष्ट सत्ता स्थापनार्थ तत्कालीन नेकपा माओवादीले मुलुकमा चलाएको एक दशक लामो हिंसात्मक विद्रोहका क्रममा झ्ण्डै १५ हजार नेपाली मारिए । हिंसाको विस्तारका लागि माओवादीले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा मुलुकमा विद्यमान वर्गीय, क्षेत्रीय, जातीय उत्पीडनसँगै राष्ट्रियता र त्यसमा पनि भारतको विरोधलाई जबर्जस्त उचालेको थियो । यिनै नाराको आकर्षणले थुप्रै नेपालीलाई विद्रोहमा लाग्न उद्वेलित गरेको थियो ।

तर, प्रा. मुनिको पछिल्लो लेखबाट विद्रोहका ‘सुप्रिम कमान्डर’ पुष्पकमल दाहाल र सैद्धान्तिक भाष्यकार बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री कार्यालयमा बुझएको ‘विन्तीपत्र’ र त्यसकै आधारमा प्राप्त सहुलियत उपयोग गरेर क्रान्तिको नाममा सिंगो मुलुक र मुलुकवासीसँग गरेको घातको तथ्य उजागर भएको छ । प्रा. मुनिले लेखेका छन्, “दिल्लीमा आफ्ना कुरा राख्ने अवसरका लागि माओवादीले गरेको अनुरोधलाई जून २००२ मा भारतीय प्रधानमन्त्रीको कार्यालय पु¥याइयो र त्यहाँबाट माओवादीहरूलाई आफ्नो दृष्टिकोण लिखित रूपमा राख्न भनियो । …पत्रमा माओवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टराईले भारतसँग उत्कृष्ट सम्बन्ध राख्न चाहेको तथा भारतको हितमा गम्भीर असर पर्ने कुनै काम नगर्ने कुरामा आश्वस्त पारे । …माओवादीहरूमाथि भारतमा हुँदैआएको गुप्तचरहरूको निगरानी र आवतजावतमा बन्देज खुकुलो पारियो र आईबीको एउटा टोलीले माओवादीका प्रतिनिधिहरूसँग छलफल ग¥यो । माओवादीले पुनः लिखित रूपमा आईबीका गुप्तचरसामु आफ्नो दृष्टिकोण प्रस्तुत गरे । यसपछि माओवादी र रअका बीचमा बढी सम्पर्क र बैठकहरूको क्रम चल्यो । माओवादीले अझ् बढी सहजतापूर्वक हिंडडुल गर्न पाउन थाले ।” (हे. मुनिको आलेखको सम्पादित अंश)

लेखमा प्रा. मुनिले भारतीय संस्थापनमा माओवादी नेतृत्वकोे पहुँचका लागि जासूसी संस्थासम्म उसको पहुँच र त्यसका अधिकारीहरूसँग व्यक्तिगत सम्बन्धले पनि काम गरेको खुलाएका छन् । लेखमा उनले भनेका छन्, “रअका नयाँ प्रमुख हर्मिस थाराकान र बाबुराम भट्टराईको राम्रो व्यक्तिगत सम्बन्धले माओवादी र रअबीच अझ् उन्नत समझ्दारी विकास गर्न सघाउ पु¥यायो र रअले माओवादी नेतृत्वसँग नियमित सम्पर्क जारी राख्यो ।”

हिंसात्मक विद्रोहमा माओवादी नेतृत्वले मुलुकभित्रका आन्तरिक विषयबाहेक सबैभन्दा बढी कुनै कुरा उचालेको छ भने त्यो हो— भारत विरोधी नारा । आफ्ना विरोधीलाई भारतपरस्त भन्नु, रअका एजेण्टको आरोप लगाउनु, भारतलाई ‘विस्तारवादी’ को संज्ञा दिनु— हिंसाकालमा र अहिले पनि सामान्य जस्तै छ, माओवादीका लागि । र, यी कुराहरू नै थिए, जसले उसको हिंसात्मक राजनीतिमा संलग्न तल्लो तप्काका लडाकू तथा कार्यकर्ताहरूलाई ‘ऊर्जाशील’ तुल्याउँथ्यो । तर, लामो समयदेखि माओवादीको राजनीतिकै हिमायती रहेका प्रा. मुनिबाटै भएको यो खुलासाले मुलुकले ठूलो जनधनको नोक्सानी र सास्ती बेहोरेको १० वर्षे हिंसात्मक कालखण्ड मात्र दुई व्यक्ति पुष्पकमल दाहाल र बाबुराम भट्टराईको कुण्ठित महŒवाकांक्षा पूरा गर्नका लागि मात्र रचिएको प्रष्ट पारेको छ ।

सत्यको खोजी !
मुनिको लेखले मूलतः भारतले नेपालद्वारा आतंककारी घोषित समूहलाई आफ्नो भूमिमा सहज आवागमन गर्न दिएको विषयमा प्रकाश पार्नुका साथै नेपालमा भारतविरोधी नारा लगाएर आम नेपालीलाई मृत्युको मुखमा धकेलेर आन्दोलन गर्ने तर उता भारतीय संस्थापनसँग चाहिं आफूहरू भारतविरोधी नभएको लिखित धारणा राख्दै हिंड्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको राष्ट्रियता तथा राजनीतिक नैतिकतामा गम्भीर प्रश्न उठाएको छ । यसले दाहाल र भट्टराईलाई देशभित्र जवाफदेही हुन दबाब पैदा गरेको छ र भारत सरकारका सामु पनि नैतिक प्रश्न खडा गरेको छ ।
प्रा. मुनिको दाबी पत्याउने हो भने भारतीय संस्थापन र माओवादी नेतृत्वबीच त्यो बेलामा सम्पर्क–सम्बन्ध बनेको हो, जतिबेला माओवादीलाई नेपालसँगै भारतले पनि आतंककारी घोषणा गरेको थियो । प्रा. मुनिले प्रष्टसँग लेखेको ‘नेपालमा आतंककारी घोषित गरेको माओवादीलाई भारत सरकारले बस्न र सहज आवागमनमा सहजता प्रदान गरेको’ भन्ने कुराले नेपाल–भारत सम्बन्धमा मात्र नभई भारतलाई हेर्ने अन्य मित्रराष्ट्रहरूको दृष्टिकोणमा समेत प्रभाव पार्न सक्छ ।
नेपालको आर्थिक, सामाजिक, सांस्कृतिकसँगै राजनीतिक विकासक्रममा समेत महŒवपूर्ण सहयोगी रहँदै आएको भारतको भूमिका यहाँको राजनीतिक, अझ् विशेषगरी लोकतान्त्रिक, आन्दोलनमा उल्लेख्य छ । दुई देशबीचको यो निकटताको पृष्ठभूमिमा, नेपालमात्र नभई विश्व मञ्चमै भारतीय संस्थापनको विश्वसनीयतामाथि प्रश्नचिन्ह लाग्ने गरी आएको प्रा. मुनिको लेखमाथि उसको प्रतिक्रिया अत्यावश्यक भएको छ । र, यससँगै तत्कालीन समयमा भारतको नेपाल नीतिमा प्रभावशाली भूमिका निर्वाह गरेका नेपालका लागि पूर्व राजदूत शिवशंकर मुखर्जी, पूर्व राजदूत तथा विदेशसचिव श्याम शरण र विदेश सचिव शिवशंकर मेनन् जस्ता व्यक्तित्वहरूको धारणा आउन पनि जरुरी छ ।

हो, नेपाल मामिलाका जानकारका रूपमा काठमाडौंको ‘बौद्धिक वृत्त’ मा कायम जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्व प्राध्यापक मुनिको छवि र महŒव त्यही स्तरमा नयाँदिल्लीमा छैन । कम्तीमा मुनि भारतीय परराष्ट्र नीति तर्जुमा गर्ने साउथब्लकको रुचिका पात्र होइनन् । र, यो कुरा मुनिको लेखमा पनि झ्ल्किन्छ । एक ठाउँमा उनले ‘नेपाल भारतका सम्बन्धका कतिपय सेतुहरू विदेश मन्त्रालयको कन्ट्रोलमा समेत हुँदैन’ भनेर लेखेबाट पनि साउथब्लकसँग उनको सम्बन्ध सुमधुर नरहेको स्पष्ट हुन्छ ।

प्रधानमन्त्री बाबुराम भट्टराईका प्रिय, प्रा. मुनिबाटै भएको यो खुलासाअनुसार राष्ट्र, जनता, पार्टी र कार्यकर्ता सबैलाई गुमराहमा राख्दै सिंगो नेपाली समाजलाई हिंसाको दुष्चक्रमा पार्न सफल माओवादीको हिंसात्मक राजनीति विस्तार गर्ने अभिप्रायले पुष्पकमल दाहाल र बाबुराम भट्टराईले लेखेर दिएका भनिएको पत्रका बारेमा हुनुपर्ने जति विचारविमर्श हुनसकेको छैन । आउँदो १६ साउनमा काठमाडौंस्थित एक थिङ्कट्याङ्क सोसल साइन्स वहाःले उक्त पुस्तकमाथि पहिलो पटक सार्वजनिक चर्चा गर्न लागेको छ । यसअघि भारतको नयाँदिल्लीमा १२ साउनमा त्यस्तो कार्यक्रम भएको थियो । तर उक्त कार्यक्रममा पनि माओवादी नेतृत्वले लेखेको भनिएको पत्रका बारेमा चर्चा भएको थिएन ।

  • sisir

    sab bharat ka dalal hun … Specially Laluram Bhattarai..

  • saroj

    What a hell!! hate maoist…

  • Sram

    RAw ka agent haru…

  • Bhattarai S

    Maobadi le dhad ma tekera tauko ma haneko ho bhanera justify garla ni…daka haru

  • Fasspokhara

     satya ek na ek din aucha
    maobadi ko asli anuhar pani thaha vayo

  • bijay rai

    tyati patyar lagdo lagena,ekatira bharat ko ahit garne kamgardainou bhani bharatle chhut diyeko bhanne arkotira maobadile bharat birodhi bhawana pani nepalma phailayo bhanda,yo  birodhabhash bhayena ra? k aafno birodh garnelai bharatle chhut dela? rajniti ko ka,kha bujhne manis lai yesto tarka hajam hola ra?

    • Krgnepal

      rajanitima kati fatyai ani sawanma aakha phutekole sadhai hariyo dekhne vanya yahi ho rai6

  • Yogamaya

    He Bhagawan, hamro deshlai Satile sarapekai ho ta? Kaslai bishwash garna sakincha yahan RASTRA ko barema sochne pani kohi cha ta netaharu? 

  • Sharanhari Dukulanthak

     चण्डे, बबुरो र तिनका गौरव पुराण उनैका “गुरु कम ह्यान्ड्लर” मुनीको पवित्र जिव्हाबाट, यस बर्षको गुरु पुर्णेको स्पेसल् सौगात !

  • naveen kumar shrestha

    mero bichar ma yo kunai thulo kura ta hoina hola jasto lagcha.kina ki teti bela ma maobadi le india sanga testo kisim ko samjhauta nagareko bhaye,uni haru ko sakti bistar bistar chyayikaran bhai rakheko thiyo ra sathai,raja le satta afno haat ma liye pachadi jhanai bastabik rup ma jhandai jhandai sakki sakeko thiyo, taipani nepali sansadbadi party ka leaders lai ta maobadi ko sakti badeko jasto lageko thiyo hola desh me hatya aatanka badeko thiyo, ra yiniharu bhram ma thiyo ra ta maobadi le 2/4 hajar ko chapamar lai 30/32 hajar banaidiyo, tara teti khera uni haru ko sakti ta 12 bude samjhauta/ ani jana aandolan 062/63 nahudo ho ta nepal ko maobadi sayed peru ko shining path ko jastai hune thiyo…. tesaile india sanga testo samjhauta nagareko bhaye na maobadi sanga satta hunthyo na sakti nai, ahile ko esthiti ma india bekame bhayera,….. taan thulo chor ki ma thulo chor bhanne bhayera india le s.d. muni marfat yo khulasa gareko matra ho !!!!? aanyatha kehi pani hoina….. 

  • Narayan

    Real picture of the new millionaire being clear. we all know elephant has different teeth to chew and to show

  • balak

    lau aba yo desh ma kasalai biswas garne ???? congress , uml, maobadi sabai ustai rahechha….. sabai india ko dalal.

  • Ramkumar Thapa

    के दश वर्ष लामो सशस्त्र द्वन्द्वमा हामीले गुमाएका हाम्रा आफन्तहरुले बगाएका रगत यी सब देख्न, सुन्न, पढ्न र भोग्नलाई हो ???? ………………. हामी जान्न चाहान्छौँ , आखिर यी सब के का लागी???

  • kalyan

    sanchar matri banna kankmani dixit le durbar ma bintipatra haleko bare pani khulau……kurup anuhar liyera kina chhokhiyeko dekhauchas

  • Santosh Acharya

    prachanda ra baburam nam ka ye daka le 15000 manis ko hatya gareka chhan ra nepali janata mathi gareko kutharaghat ko sajaya abasya paune chhan.

  • Bodharaj bhattarai

    yastalai nai asal neta manne hami bichara

  • तिलक दानि

    “दाना जस्को खायो छाना उसैको छायो”नेपाली उखाननै छ नि ! जुन नेताले जे जति कुरा गरे पनि नेपालमा कुनै समस्या आउनासाथ भारत पुगि शरणमाग्ने नेताले नेपालको लागि राष्ट्रियता देखाउनै पर्दैन यस्ता नेताहरु सबै भारताका गोठालाहरु हुन् । सच्चा राष्ट्रियता भएको नेता चुन्नु हामी नेपालीको अहिलेको प्रमुख आवस्यकता हो ।

  • Rameshraj Sigdel

    there is no any things to harm our nationality and sovereignty, Prachanda & Baburam and umaobadi never say india is their enemy . at that letter’s they give their word not to harm India. but its negatively provoking by burgaise media. how they harm.our nationality ? can you prove it. but righter is bias.