रु.२५ अर्ब हिनामिना गर्ने दाहाल नै हुन्: चन्द

नेकपा-माओवादी सचिव नेत्रविक्रम चन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लडाकु शिविरको रु. २५ अर्ब हिनामिना गरेको बताएका छन् ।

मोहन वैद्य माओवादीसम्बद्ध क्रान्तिकारी पत्रकार महासंघ नेपालले नवलपरासीको कावासोतीमा १४ साउनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै चन्दले यस्तो दाबी गरेका हुन् । दाहालले आफूले गरेको हिनामिना लुकाउन लडाकुका डिभिजन कमाण्डरहरुलाई राजिनामा दिन लगाएको चन्दको भनाइ छ ।  लडाकु शिविरमा अर्बौ रुपियाँ भ्रष्टाचार गरेको कुरा उठेपछि ३ साउनमा एमाओवादीको सातौं विस्तारित बैठक नै अवरुद्ध भएको थियो ।

चन्दले देशलाई निकास दिन आफ्नो पार्टीको नेतृत्वमा संयुक्त सरकार निर्माण हुनुपर्ने दाबी गरे । संविधानसभा चुनाव वा पुनर्स्थापना दुवै अर्थहीन हुने उनको भनाइ थियो ।

एमाओवादी अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई दक्षिणपन्थी भासमा फसेकोले दुवै जनाले क्रान्तिको नेतृत्व गर्न नसक्ने चन्दको आरोप छ । कांग्रेसलाई बिपी कोइराला र एमालेलाई पुष्पलाल/मदन भण्डारीको विचारमा चल्न उनले सुझावसमेत दिए ।

विद्रोही गिरी, कावासोती

  • Moti

    ekdam sahi kura garnu vayo 

  • Dhrubajalpa

    k k na garula jasto garera party futayera hideu sathi ani arkalai gali garera yeti pani kura nagari ta timro party ko k future chha ta na kranti na aru kei ……………………………..

  • who cares

    terai sahayog le loote ko haina harami.

  • sisir

    2053 sal ko dhan yudhh dekhi timi harule desh ra janta ko kati arab looteu thaha cha .. timi haru sabai daka hau , dalal ra deshdrohi hau .. prachand tesko naike …

  • Puskar

    Netra Bikram chand Animal ho ho yinilai aaba gauma aaunda bhat hoina ghas khana dinu parchha,chada khada ko party phutayera kati na kranti garchhu bhanne,yini nai lotera hun jasle AMAODADI lai badnam garayoo ani party chodera bhagyoo

  • Manikd

    Very good national service