राष्ट्रिय महिला फुटबल उपाधि पुनः एपीएफलाई

एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगितामा १४ औं संस्करणको उपाधि सशस्त्र प्रहरी बलएपीएफलेले जितेको छ । साविक विजेता एपीएफले नेपाल प्रहरीलाई २-१ गोलले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो । एपीएफका पाँच खेलाडी उत्कृष्ट घोषित भए ।

बाराको सिमरामा १३ साउनमा भएको खेलमा सशस्त्रका लागि ४३ औंमा मिनेटमा कप्तान जमुना गुरुङ्ग र ६९ औँ मिनेटमा अनु लामाले गोल गरेका थिए । कप्तान चन्द्रा भण्डारीले १६ औं मिनेटमा गरेको गोलले खेलमा प्रहरीले अग्रता लिएको थियो ।

एपीएफका अनु लामा उत्कृष्ट खेलाडी, चन्द्रा दाहाल गोलकिपर, भगवती थापा उत्कृष्ट डिफेन्स, सजना राना उत्कृष्ट मिडफिल्डर र मिलन राई उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट फरवार्डको उपाधि भने नेपाल प्रहरीका चन्द्रा भण्डारीले हात पारिन ।