लन्डन ओलम्पिक्सको पहिलो स्वर्ण चीनलाई
लन्डनमा सुरु भएको तीसौँ ओलम्पिक्सको पहिलो स्वर्ण पदक चीनकी यि सिलिङले जितेकी छिन् । २३ वर्षिय सिलिङले १० मिटर एयर राइफलमा प्रथम स्थान हात पर्दै देशको लागि पहिलो पदक जित्ने सौभाग्य प्राप्त गरेकी हुन् |
शनिबार , १३ साउन २०६९ ११:१७ पम

पोल्यान्डकी सिल्विया बोगास्काले रजत तथा चीनकै यु दानले काँश्य पदक प्राप्त गरे । ” एकदमै रमाइलो अनुभव हुँदैछ । म माथि ठुलो दवाब थियो । आज बिहान ५ बजे नै निद्रा खुलेको थियो । ” स्वर्ण जितिसकेपछी उनले भनिन् “म मेरो देश प्रति र मेरो आमा बुवा प्रति निकै आभारी छु । ”
यसै इवेन्टमा प्रतिस्पर्धा गरेकी नेपालकी स्नेहा राणाले भने सहभागी ५६ प्रतियोगीहरु मध्य ५४ औँ स्थान हात परेकी छिन । उनले कुल ३८३ अंक प्राप्त गरेकी थिईन् ।









