मिस एएनए २०१२ सुष्मा भन्छिन्: अब समाजसेवामा लाग्छु

असारको दोश्रो साता अमेरिकाको टेक्सासमा एसोसिएसन अफ नेपलीज इन द अमेरिकाज् (एएनए) ले आयोजना गरेको ‘मिस एएनए २०१२’ प्रतियोगिता जितेकी सुष्मा बोगटी अहिले नेपालमा छिन् । हरेक वर्ष आयोजना गरिने मिस एएनएको उपाधि पाएकोमा प्रसन्न मोरङ लेटाङकी यी सुन्दरी साढेतीन वर्षदेखि अमेरिकाको टेक्सासस्थित नर्थलेक कलेजमा अध्ययन गरिरहेकी छन् । उनी टेक्सासबाटै सञ्चालित इन्टरनेट रेडियो रेडियो युवा डट कम की कार्यक्रम प्रस्तोता तथा संचालक पनि हुन् ।

मिस एएनएको ताज पहिरिंदा कस्तो अनुभूति भयो ?

धेरै खुशी भएँ, किनभने यो ताज पाउँछु जस्तो लागेको थिएन । प्रवासमा रहेर यस्तो उपाधि जित्नुलाई ठुलै उपलब्धि ठानेकी छु । अमेरिकामा नेपालीहरूको संगठनले गर्ने निकै प्रतिष्ठित प्रतियोगितामा पर्छ यो ।

यस्ता प्रतियोगितामा तपाईंको रुचि पहिलेदेखि नै थियो ?
नेपालमा रहँदा यस्ता प्रतियोगिताप्रति मलाई त्यस्तो खासै चासो हुँदैनथ्यो । यहीं भएकी भए भाग पनि लिने थिइन होला । तर अध्ययनको सिलासिलामा अमेरिका पुगेपछि मेरो त्यहाँको जीवनशैली बदलियो । पढाई र काम बाहेक अरु केही भएन । त्यहाँ मेरो सामाजिक जीवन थिएन । म एकदम एक्लिँदै गए जस्तो लाग्यो । फेरि जीवनमा नाम हुने केही काम गर्नुपर्छ भन्ने सोचाइ पनि थियो । त्यसैले त्यसमा भाग लिन पुगें ।

अमेरिकामै यसअघि यस्ता कार्यक्रममा भाग लिनु भएन ?
अमेरिका पुगेको साढेदुई वर्षपछि ‘मिस नेपाल युएसए २०११’ मा भाग लिएकी र उत्कृष्ट ११ भित्र परेकी थिएँ ।

मिस एएनए भएपछि जीवनमा के परिवर्तन आयो त ?
हिजो म गुमनाम थिएँ, आज यो प्रतियोगिताले धेरैमाझ चिनाएके छ । तर म आफैं हिजो जस्ती थिएँ उस्तै छु भन्ने महशुस गर्छु । उपाधि जितेर होइन, काम गरेर ठुलो बन्न सकिन्छ । यति हो, उपाधीले पहिचान बनाउन सघाउँछ ।

सुन्दरी प्रतियोगिता जित्नेहरू फिल्म क्षेत्रतिर आउँछन्, तपाईंको के विचार छ ?
मलाई फिल्म क्षेत्रमा खास रुचि छैन; तर म्युजिक भिडीयो, विज्ञापनमा काम गर्न भने मन छ । ‘मिस नेपाल युएसए २०११’ मा भाग लिएपछि एउटा म्युजिक भिडियोमा काम गरेकी पनि थिएँ ।

तपाईको जीवनको उद्देश्य चाहिं के हो ?
समाजसेवा । मलाई समाजसेवाको क्षेत्रबाट केही गर्ने मन छ । म अहिले पनि अमेरिकामा नेपाली नेपडल्लास नामक संस्थामार्फत् समाजसेवामा सक्रिय छु । मिस एएनए हुनुअघि मेरो कुरा कमले सुन्थे भने अहिले धेरैले सुन्छन् । त्यसैले अब यस क्षेत्रमा काम गर्न धेरै अनुकुल हुन्छ जस्तो लागेको छ । मैले अमेरिकाको वाटर फ्रम हेभेन नामक संस्थाबाट मेरो गाउँ लेटाङका विद्यार्थीका लागि एउटा काम शुरू गरिसकेकी पनि छु ।

अमेरिका गएकाहरूमध्ये धेरै उतै पलायन हुन्छन्, तपाईं के गर्नुहुन्छ ?
म अरु अध्ययनका लागि केही वर्ष अमेरिकामै बस्छु । त्यसपछि हेरौं के हुन्छ ।

तस्बीरहरु:ऋषिराम कट्टेल

  • Gorkhe

    Badhai chha Nanu Gari khau….

  • Mero_nepal1

    gara gara last ma sabaile garne nai samajsewa nai ho ………..

  • safari

    oh yeah, isnt that what all the pageant winners eventually do…??? some social work, some world peace…! and how? by flashing their tits of course…
     
    stop saying you will do social work.. say something along the lines of i will start my own business or use my newfound exposure to get enrolled into an ivy league school….

    oh damn, who am i kidding..? bimbos…

  • http://twitter.com/akitnnam Mann Bahadur Nepali

    Do your best in Nepali Society. all the best Sushma.

  • Goktey

    Daami ati daami… J payo pyaccha bhandiyo, garnu paray dekhai jala hoina ta ?