स्कूल बसमा गरिएको आगजनीको चौतर्फी विरोध

नेकपा-माओवादीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले राजधानीका केही शिक्षण संस्थामाथि भौतिक आक्रमण गर्न थालेपछि शिक्षा क्षेत्रमा पुनः अशान्ति र त्रासको वातावरण सिर्जना भएको छ ।

विद्यार्थी सङ्गठनले विदेशी नाम राखेका कलेजलाई कारबाही गरेको जनाए पनि सञ्चालकहरुले भने मागेअनुसार चन्दा नदिएका कारण आक्रमण गरिएको दाबी गरेका छन् । सञ्चालकहरुले माओवादीले सशस्त्र युद्धको समयमा शिक्षण संस्थामाथि गरेका भौतिक हमलाको पुनरावृत्ति भए स्थिति तनावग्रस्त हुने बताएका छन् ।

रातो बङ्गलाको १ साउन बिहान ७:२० बजे विद्यालय परिसरबाट विद्यार्थी लिन जानेक्रममा बा १ क ५१६५ नम्बरको स्कुलबस विद्यालयको ढोकाबाट निस्कने बित्तिकै तीनदेखि पाँच जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले बसका चालक र सहचालकलाई बाहिर निकाली शिशीमा भरेर ल्याएको पेट्रोल बसभित्र छर्केर आगजनी गरेका थिए ।

घटनालाई लिएर निजी तथा आवासीय विद्यालयका अर्गनाइजेसन प्याब्सन र उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान) का पदाधिकारीले आज आकस्मिक बैठक गरेका छन् ।

प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेलले शिक्षण संस्थामा हुने यस प्रकारको भौतिक आक्रमणबाट साचालक  अभिभावक र विद्यार्थीमा त्रासदी उत्पन्न भएको बताए । उच्च माध्यमिक शिक्षा परिषद्का उपसचिव डम्बरकुमार बतासले शिक्षण संस्थामा हुने यस प्रकारका हमला गरेर शिक्षण संस्थालाई नियमनमा ल्याउन खोज्नु गलत भएको भन्दै ऐन कानुन नमान्ने संस्थालाई परिषद्ले अनुगमन गरेर कारबाही गर्ने उल्लेख गरे ।

अनेरास्ववियु (क्रान्तिकारी)ले आज बिहानै बसुन्धाराको साउथ वेस्टर्न स्टेट कलेज, पाटनको रातो बङ्गला र मीनभवनस्थित एभरेस्ट फ्लोरिडामा आक्रमण गरेको थियो ।  एभरेस्ट फ्लोरिडा उमाविका प्रमुख कार्यकारी अधिकृत विनोद जोशीले आफ्नो संस्थामा अखिल क्रान्तिकारीले चन्दा माग गरेको र आफूले अस्वीकार गर्दै आएको सन्दर्भमा आज यो घटना भएको बताए । तर नवगठित अखिल क्रान्तिकारीका संयोजक शरद रसाइलीले आफूहरुले हालसम्म कुनै कलेजसँग चन्दा नमागेको  र यसअघि उच्च माध्यमिक शिक्षा परिषद्सँग भएको सहमतिअनुसार विदेशी पहिचानका नाम नहटाइएको दाबी गरे  ।  रसाइलीले रातो बङ्गला स्कुल सवारी साधन तोडफोड गरिएको स्वीकार गरे ।

आफ्नो सङ्गठनले शिक्षा क्षेत्रको निजीकरण व्यापारीकरण र माफियाकरणको अन्त्यका लागि आन्दोलन जारी राख्ने बताए । केही दिनअघि नेपाली काँग्रेस निकटको नेपाल विद्यार्थी सङ्घले पनि विदेशी नाम लेखिएको कलेजको बोर्डमा कालो पोत्ने काम गरेको थियो ।

अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षण संस्थालाई नियमनमा ल्याउने विषय सरोकारवालाको पनि चासोको विषय भएको तर भौतिक हमला गरेर विद्यालय शान्ति क्षेत्रको अवधारणालाई उल्लङ्घन गरिएको घटनाप्रति आफूहरुको आपत्ति रहेको राससलाई बताए । तर विदेशी पहिचानको नामको स्वीकृति राज्यको निकायले दिएकाले भौतिक आक्रमण गरेर मात्रै समस्याको समाधान नहुने भण्डारीको तर्क छ ।

यसैबीच रातो बङ्गला स्कुलको विद्यार्थी ओसारपसार गर्ने स्कुल बसमा आज बिहान गराइएको आगजनीप्रति बालबालिका शान्तिक्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान सिजप ले निन्दा गरेको छ ।

प्रकाश सिलवाल

  • Basu Dev marahatta

    kati garib bichaar liyera raajniti garchhau ….. naam maa ke chha ??? AB C D Padna chhodera neta ko Jhanda bokna thale Pachi yehi ho sathi …. angreji Bujhidaina ani je ma pani rastriyataa ko naam jape bho ? alikati ta laj maana ! 

  • birinchi

    yi kata patti ka pare? jethi patti ka ki kanchhi pattika? lal-gaddar pakshhiya ki jadasutrabadi pakshhaiya? thaha chahiyo

  • Saurban

    Two words in “Nepal Communist Party–Maobaadi are in English. YCL is an English word. ANNFSU (revolutionary) is now part of the English language. Mao himself belonged to a foreign country. The “petrol” that was used in this terrorist attack is a foreign import. The clothes these thugs were wearing were probably imported from a foreign country. Communist radicalism is itself a foreign ideology, as are most other isms and ideologies in today’s Nepal. In the past, these radical groups destroyed everything that had some Nepali character calling is “feudal” and “reactionary” (two more foreign words). The money this group was trying to extort would have been printed in a foreign country (Australia) and would have been deposited either in a foreign bank or one of its Nepali branches. Now the “cadres” of this foreign-named, ideologically foreign outfit (AANFSU-R) is attacking these Nepali-run private schools in the name of what? There is absolutely nothing to call Nepali in today’s Nepal. Many of us have learned to mindlessly worship foreign-imported extremism of one kind or another, and yet the hypocrisy continues….

  • Pawansen Ida

    Nepal Communist Party (Maoist): Only the word “Nepal” is nepali.
    Nepal Communist Party (UML): Only the word “Nepal” is nepali.
    Nepali Congress: Only the word “Nepali” is nepali.