चार महिनाका लागि रु. १६१ अर्बको बजेट प्रस्तुत
अर्थ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०६९/०७० को पहिलो चार महिनाका लागि रु १ खर्ब ६१ अर्ब २ करो ४८ लाख ८२ हजारको बजेट सार्वजनिक गरेका छन् ।
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको हलबाट ३१ असारमा अर्थ मन्त्रीले चालू आर्थिक वर्षो एक तृतीयांश बजेट प्रस्तुत गरेका हुन । उनले आगामी चुनाव, लडाकु समायोजन र सुरक्षा महानिर्देशनालय स्थापनाका लागि समेत रकम विनयोजन गरेका छन् । संविधानसभा निर्वाचन खर्च रु ३ अर्ब, स्वऐच्छिक अवकाश रोजेका माओवादी लडाकुले पाउने खर्च रु. ३ अर्ब ६६ करोड १३ लाख र सेना समायोजन सम्बन्धी राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय गठनका लागि रु ३ अर्ब विनीयोजन गरेका छन् ।
अर्थ मन्त्री पुनले दलहरुबीचको असहमतिका कारण पूर्ण बजेत ल्याउन नपाउदा बेरोजगार भत्ता, राम्रा किसानलाई राष्ट्रपति सम्मान जस्ता कार्यक्रम ल्याउने नपाएको बताए ।
यसअघि राष्ट्रपति डा. रामवरण यादवले चालु आर्थिक वर्ष २०६८/०६९ कै कुल रकमको एक तृतीयांश रकम आर्थिक वर्ष २०६९/०७० मा सञ्चालन गरिने सेवा र कार्यहरुको लागि आर्थिक अध्यादेश जारी गरेका थिए ।









