फिफा वरियतामा दक्षिण एशियाको एक नम्बर रहेन नेपाल

विश्व फुटबल महासंघ (फिफा)ले ४ जुलाई (असार २०) मा सार्वजनिक गरेको वरियताक्रममा दक्षिण एशियाली राष्ट्रहरु मध्य प्रथम स्थानमा रहदै आएको नेपाल दोस्रोमा झरेको छ । जुन महिनाको वरियतामा दक्षिण एशियाली राष्ट्रहरु मध्य प्रथम स्थानमा रहेको नेपाल छ स्थान तल खस्किँदै १५५ मा आइपुगेको हो ।

नेपाली राष्ट्रिय टीम । फाइल तस्बीर

बाङ्लादेश १५१ औं, अफ्गानिस्तान १६२ औं र भारत १६३ औं स्थानमा रहेका छन । एशियाली राष्ट्रहरु मध्य जापान सबै भन्दा माथी २० औँ स्थानमा छ भने १६ औं स्थानको आइभोरी कोस्ट अफ्रीकी महादेशको वरियतामा सबैभन्दा अब्बल टोली ठहरिएको छ ।

युरो २०१२ विजेता स्पेन पहिलो स्थानमै कायम रहन सफल भएको छ । जुन महिनाको वरियता क्रममा १४५६ अंक रहेको स्पेनको अहिले १६९१ अंक छ र यो तेस्रो स्थानबाट दोस्रो स्थानमा आइपुगेको जर्मनीको भन्दा १८९ वरियता अंकले बढी हो ।

जारी वरियता क्रममा इङ्ल्यान्ड छैटौं स्थानबाट चौथो, पोर्चुगल दशौंबाट पाँचौं र युरोको उप-विजेता इटली १२ स्थानबाट फड्को मार्दै छैटौं स्थानमा आइपुगेका छन । युरोमा पहिलो चरणबाटै बाहिरिएको नेदर्ल्यान्ड्स चार खुट्किलो तल झर्दै आठौं स्थानमा पुगेको छ । दक्षिण अमेरिकी महाशक्ति ब्राजिल भने पाचौं स्थानबाट एघारौं स्थानमा झरेको छ । सन् १९९३ मा वरियता क्रम सुरु भए यता इङ्ल्यान्डको यो अहिलेसम्मकै उच्च स्थान हो भने ब्राजिलको यो अहिलेसम्मकै खराब प्रदर्शन हो ।

सन्देश पन्त

  • Saman

    Guys this is not a good news…………. Please do something everyone concerned……….. Pls. pls pls government, coach, players and all………… we don’t want this level down not in continuation………