बजेट स्विकृत नगर्न राष्ट्रपतिलाई प्रतिपक्षीको आग्रह

नेपाली कांग्रेस र नेकपा एमालेलगायतका प्रतिपक्षी दलका नेताहरुले सरकारले ल्याउन लागेको पूर्ण बजेट जारी नगर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

२० असारमा राष्ट्रपति कार्यालयमा पुगेर उनीहरुले यस्तो आग्रह गरेका हुन । काम चलाऊ सरकारले बजेट ल्याउन नमिल्ने भएकाले त्यसलाई अनुमोदन नगर्न आफूहरुले राष्ट्रपतिलाई आग्रह गरेको नेकपा मालेका महासचिव सिपी मैनालीले हिमालखबरलाई जानकारी दिए ।

राष्ट्रपति डा. रामवरण यादवले आफू संविधानिक व्यवस्था अनुसार चल्ने धारणा राखेको पनि महासचिव मैनालीले बताए । उनका अनुसार, प्रतिपक्षी दलहरुको आग्रहमा आफ्नो ध्यानाकर्षा भएको राष्ट्रपतिको भनाई थियो ।

१९ असारमा एमाले मुख्यालय बल्खुमा बसेको प्रतिपक्षी दलहरुको बैठकले राष्ट्रपतिलाई भेटेर बजेट जारी नगर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

  • Buddha Bir Bahing Rai

    कस्तो फोटो पत्रकार ? हिमाल खबर डट कम मा असार २० गते बुधबार प्रकाशित फोटोमा आमाडब्लम हिमाल भनीएको छ । यो आमाडब्लम हिमाल हैन ? आम पाठकहरुलाई यस्तो भ्रामित फोटो प्रकाशन लोकप्रिय हिमाल खबर डटकमले गरेकोमा मलाई दुःख लागेको छ । कृपया पाठकहरुसामु यस्तो भ्रामित फोटो प्रकाशन नगरिदिनु होला । बुद्धवीर बाहिङ सोलुखुम्बु ।