नामको निर्धो नक्कल

कुनैबेला हिन्दी सिनेमाको कथादेखि नामसम्म फोटोकपी उतार्ने नेपाली फिल्मकर्मीहरु अब घिसिपिटी फिल्ममा अंग्रेजी नाम राखेर रमाउन थालेका छन् । नेपाली फिल्म उद्योगको जीवनको एक समयमा हिन्दी फिल्मको नामदेखि कथासम्म चोर्ने चलन बढेको बेला ‘हतियार द वेपन’, ‘आगो द फायर’ टाईपका नामको प्रयोग पनि भएको थियो, तर किन हो ती बिचित्रका नामहरुको नक्कलले बजार पिटेन । अहिले आएर अंग्रजी नामको भरमार नेपाली फिल्म बन्न थालेका छन्, मानौं नेपाली चलचित्रहरुले नेपाली नाम पाउने युग नै सकियो ।

नेपाली फिल्मको द लास्ट किस, सिक्स फिट लाइफ, ब्लाक नाइट, थ्री लभर्स, नाइट क्विन, प्लेगर्ल, भिसा गर्ल, कर्ल गर्ल, जंगल क्विन्, जंगल लभ, आइ लव यु जस्तो अवतार सुहाएको भने कति पनि देखिदैन ।

पछिल्लो एक वर्षमा बनेका र अहीले बन्दै गरेका धेरैजसो नेपाली फिल्मका नाम यस्तै छन् । चलचित्र विकाश वोर्डका प्रवक्ता विकाश आचार्यका अनुसार ६० प्रतिशत फिल्मका नाम अंग्रेजी छन् । यस्ता नामसंग फिल्मको भाषा त मिल्दैन, मिल्दैन परिवेश, पात्र र कथावस्तुसंग पनि मेल खायो भने अचम्म मान्नुपर्ने हुन्छ । यसको अर्थ, सिर्जनशीलताको अभाव र अर्थ न बर्थको नक्कलका लागि यस्तो फेसन चलाईएको छ । “अंग्रेजी नामका फिल्महरु धेरै चलेको देखेर यसो गरेका होलान्” वरिष्ठ चलचित्रकर्मी यादव खरेल भन्छन्, “तर, नेपाली पहिचान र सिर्जनात्मक हिसावले यो राम्रो हुँदै होइन ।”

अर्थहीन काम
वरिष्ठ चलचित्रकर्मी खरेल सिर्जनात्मक हिसाबले सोच्ने हो भने नामका लागि नेपाली शब्दहरुको कतिपनि खाँचो नरहेको बताउछन् । तर, समस्या भएको छ, नेपाली नाम राख्दै नराख्ने प्रवृत्ति । खुद्रे चिन्तन र थोरै मेहनेतबाट रातारात पैसा कमाउन चाहनेहरु सिनेमाको भाषा, कथा, विषयबस्तु अनुसार नाम सार्थक हुनुपर्छ भन्ने सोच्दैनन् । परिणाम, फिल्म जति बनेपनि उनीहरुको काम अर्थहीन बनेको छ ।

भाषाशासास्त्री प्राध्यापक हेमाङ्गराज अधिकारी सिमीत सन्दर्भमा प्रयोग गर्न सकीने शब्दहरु धमाधम नेपाली सिनेमाको नाम हुन थाल्दा नेपालीपनको उपहास भएको बताउछन् । उनका बिचारमा, नेपालीमै वृहत शब्दावली हुदाहुदै आफ्नै भाषिक संसाधनको नगर्नु मुर्खता सिवाय केही होईन । “अर्थहीन नक्कलको होडवाजीले नेपाली सिनेमाको मौलिकता त खान्छ नै हाम्रो सस्कृतीलाई पनि सकिदिन्छ” उनी भन्छन्, “चलचित्रकर्मीहरु सिर्जनशील बन्नुप¥यो, कोरा नक्कल उतारेर आफ्नै भाषासंस्कृतीको हुर्मत लिनु भएन ।”

चलचित्र समिक्षक मजोज पण्डित विषयवस्तु र मेकिङको हिसाबले हैन नामैले अरु भन्दा फरक देखीने होडले विकृती ल्याएको ठान्छन् । निर्देशक नविन सुव्वा कसैले मासु ब्यापार गरेर पैसा कमायो भने मासु पसल खोल्नेहरुको ओईरो लाग्ने नेपाली चलनसंग जोड्छन्, फिल्मको अंग्रेजी नाम राख्ने फेसनलाई । “हाम्रा चलचित्रकर्मी रचनात्मक भइदिएनन्”, सुब्बा भन्छन्, “मैले काठमाडौंमा युवा पुस्ताको छटपटी र विदेश पलायनमाथि मैले बनाएको चलचित्रको ठ्याक्क नेपाली नाम नजुर्दा अंग्रेजी नाम राखेको थिएँ, अहिले जस्तो फिल्मको पनि अंग्रेजी नाम हुन थाल्यो ।”

सुब्बाले भने जस्तै नेपाली सिने क्षेत्रमा कुनै नयाँ कुरा भएको फिल्म चल्यो भने सबका सब चलचित्रकर्मी त्यही कुरा देखाउन थाल्छन् । यस क्रममा ढंग पुग्यो÷पुगेन भनेर टाउको दुखाईरहँदैनन्, उनीहरु । अश्लील सम्वाद भएको लुट र नग्नता भएको चपली हाईट ले राम्रो व्यापार गरेको देखेपछि अझ् बढी गाली र नग्नता भएको सिनेमाहरुको बाढी नै आयो । काठमाडौंका मल्टिप्लेक्सहरुमा मिस यु, आइ एम सरी नामका नेपाली चलचित्रहरु चलेको देखेपछि सिनेमेटिक सोच नभएकाहरु अंग्रेजी नाममा ताँई न तुँईका फिल्म बनाईरहेका छन् । समिक्षक पण्डित भन्छन्, “त्यै नाम पनि आफैं सोचेर राखे त हुन्थ्यो नि !”

निर्देशक सुरेश दर्पण पोखरेल अंग्रेजी नाम राखेर बनाइएका १,२ वटा चलचित्र मल्टिप्लेक्समा युवा पुस्ताका दर्शक बिच राम्ररी चलेको देखेर त्यस्तै नाममा बेढंगका फिल्म भटाभट बन्न थालेको बताउछन् । उनी स्वयंले थ्री लभर्स, मिस यु जस्ता अंग्रेजी नामका चलचित्र बनाएका छन्, तर त्यो गलत प्रवृत्ति भएको उनी स्वीकार्छन् । “अंग्रेजी नाम राख्नै हुदैन भन्ने हैन, तर त्यो बिषय वस्तु सुहाउदो हुनुपर्छ” चलचित्र निर्माता संघका सचिव समेत रहेका पोखरेल भन्छन्, “अग्रेजी नाम राख्दैमा हलिउडको सिनेमा बन्ने हैन, बरु हलिउडको सोच राखेर नेपाली सिनेमा बनायो भने राम्रो चलचित्र बन्छ ।”

अर्का सिनेकर्मी मोहन निरौला चलचित्रको नामै त्यसको पहिचान हुने कुरा भुल्न नहुने बताउछन् । उनका अनुसार, नेपालको फिल्म उद्योगमा भाषा, साहित्य, संस्कृति र नेपालीपनको अर्थ नबुझ््नेहरुले गरिरहेको अर्थहीन कामको मुल्य समाजले चुक्ता गर्नुपर्ने अवस्था आउनसक्छ । “चलचित्र निर्माण हैन, धमाधम बौद्धिक दरिद्रता प्रदर्शन भईरहेको” निरौला भन्छन्, “यस्ता हानीकारक उत्पादनलाई राज्यले नेपाली चलचीत्र भन्दै कर छुट दिनु हुदैन ।”

अंग्रेजी नामका केही फिल्महरु
सो सिम्पल, द लास्ट किस, ब्लाकमेल,सिक्स फिट लाइट, एटीएम, ब्लाक नाइट,वार,फुल स्टप, जष्ट फर यु,मिस यु, थ्री लभर्स,प्लान, भिजा गर्ल, आइ एम सरी, माइ ब्रदर, ए फर अमेरिका, नाइट क्वीन, लक, प्ले गर्ल, कर्ल गर्ल,मायाज् बार, एलेवेन्थ स्ट्रिट, नाइन ओक्लक, रेड मार्केट, हाइवे,थ्री एस्स, भ्यालेन्टाईन, प्रमिस. मिसन लव इन सिक्कीम, डन द अन्डरवल्र्ड, मिस्टर डन, च्यालेन्ज, टार्जन, ग्याङस्टार, लवस्टोरी २०६६ विएस, बार डान्सर,वान डे,जंगल क्वीन, जंगल लभ, आइ लव यु, टार्गेट, लव इन जापान, द मस्ट वान्टेट, इकु द जंगल म्यान

चलचित्र मायाज् बार को एक दृश्यमा करिश्मा मानन्धर ।

  • naresh babu

    auta nepali  nam ta juranuna nasakne filmwala saga aru k apeksha rakhna sakinchha ra

  • hari ram

    फिल्म उद्योगमा भाषा, साहित्य, संस्कृति र नेपालीपनको अर्थ नबुझ््नेहरुले गरि
    रहेका छन् .

  • tilak dahal

    भाषा साहित्य, संस्कृति रहेन भने मुलुकको पहिचान रहदैन जसले नेपालीत्व नेपालीपन के हो बुझ्दैन उनीहरु यस्तो काम गर्न हौसिरहेका छन् । यो होडले पनि हाम्रा चलचत्रिकर्मी बौद्धिक रुपमा कति दरिद्र छन ्आफै बुझ्न सकिन्छ ।

  • khadananda sharma

    शहरीया युवा र प्लस टु जेनेरेशनलाई तान्न अंगेजी नाममा चलचित्र बन्न स्वभाविक भएपनि विषय प्रस्तुतिको शिल्पमा गतिलो काम नगरेपनि यस्ता नाममै जोडदिने गलत सस्कारको विकास भएको छ । कथाको आबश्यता भन्दा पनि फेसनका कारण जर्वजस्त यस्ता नाम राखेको पाइन्छ ।तर खाली यो फेसन भएको छ तर अव चै चलचित्रकर्मीले सोचने बेला आएको छ ।

  • hom shrestha

    nammatra haina angreji filmaka katha ani poster pani chorera film baneka chhan nepali .yesta filmkarmilai alik godera lekhnuparo, savya vasamama ta yiniharule bujhdainan

  • sisir

    Nepali naam hune film le pani kunai chamatkaar gareka chinan .. 
    Issue is not about he name but the content and presentation of that movie ..
    Unnecessary BAKWASH …

  • Dahal Hari

    Nepali movie producer harule nagnata ra chhada sabada rahera banaeko movie lai modern item vanthaneka chhan vane khule aam blue film banaera Red Area nirman gari dekhauna saknu parchha herna man lagne janchhan, najane harule herdainan, darshakko category chhutyauna abashyak chha, naked ra nasty words rakhera film banaune kram bhanga garna abashyak chha……..  

  • suresh shrestha, parbat

    अग्रेजी नाम राख्दैमा हलिउडको सिनेमा बन्दैन । एउटाले केही नया काम गर् यो भने सवै त्यसको पछि लाग्छन्  । भोली कुन भड्खालामा परिने हो मतलव गर्दैनन् । कागले कान लग्यो भनेर कसैले भन्यो भने कान छाम्दैन कागको पछि लाग्छ त्यसै भएका छन नेपाली चलचत्रिका निमाता निर्देशक । अब पनि रचनात्मक भएनन् भने नेपाली सिनेमाको विकाश कहिले हुने
      सुरेश श्रेष्ठ पर्वत कुस्मा बजार

  • tilak dahal

    हिन्दी चलचित्रको कथादेखि नामसम्म दुरुस्तै उतारेर फिल्म बनाउने नेपाली चलचिकर्मीको अग्रेजी नाम राखेर फिल्म बनाउने होड देख्दा अचम्म लाग्यो । मैले यो कुरा रिपोर्ट पढेपछि यो विषयमा थाह पाए । अग्रेजी नाम राख्नु नराम्रै हो भन्ने चै हैन समय अनुसार बन्न सक्छन् । तर अहीले बनेका चलचित्रमध्ये अधिकंाश प्रतिशत अंग्रेजी नाममै बन्नुलाई चै सकारात्मक मान्न सकिदैनन् । यसलाई नेपाली भाषाप्रतिको  उपहास भन्न सकिन्छ । नेपाली नामको खडेरी नै भए जसरी ६० प्रतिशत भन्दा बढि अग्रेजी नाममा चलचित्र बन्नु गलत प्रवृत्ति हावी हुनु हो । यो साच्चिकै नेपाली नेपालीका लागि दुखद हो । यसमा सम्बन्धित निर्माता निर्देशक र चलचत्रिसम्बन्धिको निकाय विकाश वोर्डको पनि ध्ँयान जान जरुरी देखिन्छ ।
      तिलक दाहाल बर्नालु सानीटार ओखलढंुगा ।

  • Anish Bhattrai

    मलाई अहीले बनेका बन्दै गरेका फिल्मको नामावली हेर्दा छक्क परे । फिल्मले राष्ट्र समाजको पहिचान दिनुपर्छ तर यी नाम हेर्दा त यसमा नेपाली फिल्म भन्ने छनक कतै पाइदैन । यो होडले पनि हाम्रा चलचत्रिकर्मी बौद्धिक रुपमा कति दरिद्र छन भन्ने कुरा जो कोहीले पनि बुझ्न सक्छ । नाम राखेन कुरामा समेत सिर्जनशील भन्न सक्दैन र एउटा गतिलो नेपाली नाम राख्न सक्देनन भने नेपाली फिल्म भनेर फिल्म हेर्न हामी जानुको कुने अर्थ छैन । यस्ता फिल्मलाई निरुत्साहीत गर्नपर्छ ।

  • Seema thapa

    jabo auta nepali nam samet rakhna nasakne director producerle bnayako film hena januko artha caina, nepali bhayara nepalitwa bujnuaprchha

  • suraj shrestha

    yo english namko fashion matra ho yo, kehimasayaka lagi, filmle pani piuna napaypachhi sabai le chet pauchan .