जर्मनीलाई हराएर इटली फाइनलमा
१५ असार राति सम्पन्न युरो कप २०१२ को सेमि फाइनलमा मारियो बालोटोलीको आकर्षक गोलको मद्दतले जर्मनलाई १ का विरुद्ध २ गोल गरी इटाली फाइनलमा प्रवेश गरेको छ । यो जित पछि १७ असारमा हुने फाइनलमा इटालीले अब पुर्व विजेता स्पेनसँग अन्तिम भिडन्त गर्नु पर्नेछ ।
शुक्रबार , १५ असार २०६९ ८:१९ एम

सेमि फाइनलको मध्यान्तर अघिदेखि नै मैदानमा इटालीले दबदबा रहेकै अवस्थामा पनि २० औ मिनेटमा मारियोले पहिलो हेड गोल गरेका थिए । त्यसको १६ मिनेटपछि उनैले अर्को शानदार गोल गरे । खेलको अन्तिम समय ९२ मिनेटमा जर्मनका खेलाडी मेसुत ओजिलले पेनाल्टी सुटबाट आफनो टीमको एकमात्र गोल गरेका थिए ।









