‘एसेसिनेशन्’:रामानन्द चोक र वागमती किनार

१८ वैशाख मिथिला संस्कृतिका पाँच जुझारु र १८ जेठ सर्वोच्चका न्यायाधीशको हत्या चिरफार गर्न खोज्दा भयावह तस्बीर बन्छ ।

रामानन्द चोकमा हत्या गरिएकी कलाकार रञ्जु झा र वागमती किनार गोली प्रहार गरिएका न्यायाधिश रणबहादुर बम।

शोकसन्तप्त पीडितजनले २२ जेठमा माडी हत्याकाण्डको आठौं वार्षिकोत्सव मनाए, तर हत्याका आरोपितहरू सार्वजनिक पद धारण गरिरहेका र खुलेआम नारायणघाट बजारमा आवतजावत छ । लमजुङ बेसीशहरमा मुक्तिनाथ अधिकारीको हत्याका आरोपितहरूको हालीमुहाली छ । १४ जेठमा संविधान पारित भएको भए हाम्रो सर्वोच्च कानूनमा अदालतले हत्यारा सावित गरेको बालकृष्ण ढुंगेलको पनि सही पर्ने थियो । कारागारमा बन्दीको जीवन बिताइरहेको हुनुपर्ने ढुंगेल सामान्य नागरिकले जस्तै ओखलढुंगा–काठमाडौं आवतजावत गर्छन् ।

विगतका थुप्रै हत्याको छानबिन र फैसला कार्यान्वयनमा घातक आलटाल भइरहेको बेला फेरि हत्याको श्रृंखला शुरू भएको छ । अहिले सर्वत्र प्रहरी सेवा, प्रशासन, अधिकारकर्मी तथा पत्रकारिता जगत कमजोर बनाइएका छन्स अनुसन्धान, अदालती प्रक्रिया र नागरिक पहरेदारी गर्ने सम्पूर्ण पंक्तिमा शक्ति ह्रास भएको छस हत्या कसले गरयो, गरायो खोजी गर्ने निकाय र जुझारु संस्थाहरू हतोत्साहित छन्, हत्याको श्रृंखला बढ्दो छ ।

हालैका दुई हत्याकाण्डले स्थिति भयावह बन्दै गरेको संकेत गर्दछन् । संघीयताको बहस चर्किरहेका बेला १८ वैशाखमा मिथिलाका सांस्कृतिक जुझरुहरू जनकपुरको रामानन्द चोकमा धर्ना बसे । सरकारमा आसीन लोकतान्त्रिक मधेशी मोर्चाले पूरै तराईको भूभागलाई गैर–अर्थशास्त्रीय, गैरतार्किक एक अथवा दुई मधेश प्रान्त बनाउन अड्डी लिएको बेला मध्यपूर्वी तराईका सांस्कृतिक अभियन्ताले मैथिल प्रान्तको लागि शान्तिपूर्ण आन्दोलन थालेका थिए । यसैगरी भोजपुरी र अवधी भाषीहरू पनि आ–आफ्नो तरिकाले अलग–अलग पहिचानका तराईकेन्द्रित प्रान्तको लागि जागरुक बन्दै थिए ।

एक्कासि रामानन्द चोक ब्लाष्टले स्तब्ध बनायो जनकपुरलाई । रंगकर्मी रञ्जु झासहित चार जनाको मृत्यु भयो, २७ जना घाइते भए । सबै त्रसित भए र मिथिला प्रान्तको लागि दबाब सेलाएको जस्तो भयो । तराईका अन्यत्रको भागको अभियान पनि त्यस्तै भए । काठमाडौंमा आसीन मधेशवादी मोर्चा नेतृत्वको धेरै सहानुभूति देखिएन जनकपुरको मरणमा, एक मन्त्रीले त त्यस्तो संवेदनशील घडीमा पनि मैथिल अभियन्ताहरूलाई गिराउने गरी बोले ।

रामानन्द चोक हत्याकाण्ड कसले रच्यो भन्ने प्रश्नको जवाफमा हेर्नुपर्दछ, त्यसले कसलाई ‘फाइदा’ गरयो रु हुनसक्छ, कुनै स्थानीय रीसइवीको कारणले भयो । तर, बढी सम्भावना मिथिलालाई समथरको छुट्टै प्रान्त देख्न नचाहने शक्ति, समूह वा गुटले गरयो । नत्र ब्लाष्ट गराउनुको अर्थ के रु नेपालको तराई भूभागमा सांस्कृतिक र भाषिक विविधतालाई स्वीकार्न नचाहने कुनै शक्तिले गरयो या गरायो भन्ने सम्भावना प्रबल देखिन्छ किनभने ब्लाष्टको तत्कालीन फाइदा त्यतैतिरको लागि भएको देखिन्छ ।

न्यायाधीश हत्या
१८ जेठ बिहान बगलामुखी मन्दिरबाट सर्वोच्च अदालत जाने क्रममा मोटरबाइकमा सवार दुई पिस्तोलधारीले वागमती किनार न्यायाधीश रणबहादुर बमको कार रोके । न्यायाधीश बम र अंगरक्षक महेश गिरीलाई मात्र नभई कारमा साथै सवार न्यायाधीशका मित्र राम गिरीलाई पनि पछ्याएर गोली हाने । गुहार माग्दै गरेका श्रीमान बमको मृत्यु सुनिश्चित भएपछि मात्र हत्यारा बाटो लागे ।

ठोकुवा गर्न सकिने अवस्था छैन, कसले किन मारयो सर्वोच्चको श्रीमानलाई । तर अनुमान लगाउन सकिन्छ । फरक निष्कर्षमा पुग्ने प्रमाण अगाडि नआएसम्म यति भन्न सकिन्छ– यो न्यायव्यवस्थाको मनोबल गिराउन रचिएको नियोजित राजनीतिक हत्या थियो । कुन गिरोहको कुन तप्काले के–कस्तो निर्देशन पाएर गरेको हो भन्ने कुरा हत्या गर्ने, गराउनेलाई मात्र थाहा होला यस बखतस तर हत्याको परिवेश र तरिका हेर्दा माथिको निष्कर्षमा पुग्न गाह्रो छैन ।

संक्रमणकालको अस्थिरतामाझ् राष्ट्रिय समाजलाई कानूनी प्रक्रियाको लिकमा राखिराख्न न्यायव्यवस्था र मुख्यतः सर्वोच्च अदालतले प्रभावशाली भूमिका खेलेको छ आजैसम्म । उग्र वामशक्तिले अराजकता मच्चाएर राज्यका हरेक संरचना भत्काएर राज गर्ने चाहना राख्दै आएको छ भने आज तराई–मधेशमा यस्तो चाहना राख्ने धेरै शक्ति जन्मिइसके । त्यस्ता शक्ति र समूहमध्ये जसले सम्पूर्ण मुलुकमा कानूनको राज ध्वस्त भएको हेर्न चाहन्छ, उसैले वागमती किनारमा न्यायाधीशको हत्या गरयो गरायो ।

श्रीमान बमको ‘टार्गेट’ छनोट एक सिपालु योजनाकारले गरेको देखिन्छ । उनीमाथि महाभियोग लगाउने कुरा चलिरहेको हुनाले उनले केही गैरनैतिक, गैरकानूनी काम गरेको शंका जनतामाझ् थियो । यसकारण उनको हत्या हुँदा आम नागरिकमा उनको विगतले नै उनलाई पछ्याएको हो कि भनेर विचार निर्माण हुनु स्वाभाविक थियो । यसरी हत्याको राजनीतिक मकसदको ढाकछोप हुने भयो, कसैको औंला त्यतातिर तेर्सिने भएन ।

उता योजनाको मूल उद्देश्य अनुसार केन्द्रदेखि जिल्लाका न्यायालयको मनोबलमा चोट पुरयाउने काम चाहिं भयो । न्यायालयलाई मात्र नभई पूरै कानून व्यवस्था र कानून व्यवसायलाई हतोत्साही बनाउने सम्भावना पनि रह्यो । ‘हे कानूनी शासन र जवाफदेहिताका कुरा गर्नेहरू हो, सर्वोच्चको न्यायाधीशलाई त हामी मेटाउन सक्छौं भने तिमीहरूको के कुरा !

कुनै बौलाहा या अनियन्त्रित शक्तिले मिथिलाका सांस्कृतिक जुझरु र श्रीमान् रणबहादुर बमको ज्यान लिएका होइनन् । दुवै हत्याकाण्ड ‘टार्गेटेड किलिङ’ थिए— राष्ट्रिय समाजलाई अस्तव्यस्त तुल्याएर आफ्नो जग बलियो बनाउने हिंसाप्रेमी तत्वहरूले गरेको राजनीतिक हत्या ।

-१–१५ असार २०६९ को हिमाल खबरपत्रिकामा प्रकशीत उकालो लाग्दा स्तम्भबाट

  • who cares

    india killed madeshi- no doubt, and agent bhatterai could have killed bam.

  • Krishna

    Lets see. Dons, gundas are in the central committee of some parties, including the defense ministers’. Our defense minister makes a well known thug his personal assistant. The madheshbadi parties that killed 30+ maoist cadres in gaur walk free. And then there is the maobadi killings during, and after the war. These same criminals, unfortunately, are in the decision making positions. Saddest part is that the NC/UML always want to change PM. They don’t care anything about country’s law and order situation, as long as they can get the post of PM.

  • Patriot

    excellent write-up. thanks for refusing to be silent on these murders even though the killers are very likely the ones who now run (ruin) this country. 

  • you knew this..didn’t you?

    Mr. Dixit, I have anticipated this kind of chaos in the country, when you were in the mission of demolishing the the monarchy, I myself is not a supporter of King but what I used to believe is, we shouldn’t demolish a strong institution unless and until we have sign of good replacement. And what I believe is, you knew this…????.. then what is the point writing this all…We all have seen Bihar very closely in the past…

  • Goktey

    Hamro Nepali samaj Bihar ko model ma chaley pachi yastai ho…tyasai ley hola malai ascharya lagdaina.