पहिलो टेस्ट क्रिकेटमा श्रीलंका विजयी

पाकिस्तानलाई २०९ रनले हराउँदै श्रीलंकाले ३ टेस्ट क्रिकेट म्याचको शृङ्खलामा १-० को अग्रता लिएको छ । गल अन्तरराष्टिृय रङ्गशालामा ११ असारमा चौथो दिन श्रीलंकाले जितका लागी ५१० रनको विशाल लक्ष पच्छ्याउदै गरेको पाकिस्तानलाई दोस्रो इनिङ्समा ३०० रनमा सिमित गर्दै पहिलो टेस्ट जितेको हो । श्रीलंकाका कुमार साङ्गकारा म्यान अफ द म्याच घोषित भए ।

दोस्रो टेस्ट आउँदो १६ गते शनिबार कोलम्बोमा हुनेछ ।
संक्षिप्त स्कोर कार्ड :
श्रीलंका पहिलो इनिङ्स : ४७२ (साङ्गकारा १९९,  दिल्शान १०१,  सइद अज्मल ५-१४६)
पाकिस्तान पहिलो इनिङ्स : १०० (युनिस खान २९,  रन्दिव ४-१३,  हेरथ ३-३०)
श्रीलंका दोस्रो इनिङ्स : १३७-५ पारी घोषित (दिल्शान ५६,  जुनैद खान ३-४४)
पाकिस्तान दोस्रो इनिङ्स : ३०० ( युनिस खान ८७, असद शफिक ८०, कुलसेकरा ३-४८, रन्दिव ३-८६)