अभिभावक गुमाएका बालकलाई सेनाले संरक्षण गर्ने
विषालु च्याउ खाएर परिवार गुमाएका दुई वर्षीय चोकमान चेपाङलाई नेपाली सेनाले संरक्षण दिने भएको छ । ७ असारमा कविलास गाविस पुगेको सेनाको टोलीले उनलाई भरतपुर ल्याएको छ ।
केही दिनअघि मात्रै विषालु च्याउ खाएर बुद्धिबहादुर चेपाङसहित उनकी श्रीमती र तीन छोराको मृत्यु भएपछि उनको पालनपोषणको समस्या भएको समाचार सञ्चार माध्यममा आएपछि उनलाई सेनाले संरक्षण गर्ने भएको हो ।
प्रधानसेनापति छत्रमान सिंह गुरुङको निर्देशनमा चेपाङलाई शम्शेरदल गण भरतपुर ल्याइएको छ ।
गणका गणपति ज्योतिन्द्र महतको नेतृत्वमा गएको टोलीले उनलाइ ल्याएको हो । उनका हजुरबा, हजुरआमा आफन्त र स्थानीय बुद्धिजीवीसँगको अन्तक्रिर्यापछि पालनपोषण गर्ने र आफ्नो खुट्टामा उभिन सक्ने बनाइदिने भन्दै सेनाले ल्याएको हो ।
चेपाङलाई काठमाडौ लगेर पालन पोषण गरिने सेनाले जनाएको छ । उनका छ महिनाका भाई शनबहादुर चेपाङ भने फुपू दिदीकोमा भएकाले नल्याइएको बताइएको छ ।









