नायिका विनितालाई साइवर क्राइमको आरोप, उनका सहयोगी प्रहरी खोरमा

चलचित्र चपली हाइटकी नायिका विनिता बरालले दिक्पाल कार्कीसँग मिलेर इण्टरनेट (फेसबुक)बाट विभिन्न कलाकर्मीलाई अश्लील गाली र धम्की दिएको उजुरी परेको छ । चपली हाइटकै नायक राज घिमिरेले ६ असारमा उजुरी दिएपछि दिक्पाल कार्कीलाई जावलाखेलस्थित महानगरीय प्रहरी परिसरले हिरासतमा लिएको छ भने विनितालाई सोधपुछ गरेको छ ।

जावलाखेलस्थित महानगरीय प्रहरी परिसरमा विनिता बराल

पीडित नायक राज घिमिरे

चलचित्र चपली हाइट

नायिका विनिता बराल र दिक्पाल कार्की

नायक घिमिरेले आफूलाई विनिताले मनपरी गाली गरेको र मार्ने धम्कीदिएको मोवाइल फोन रेकर्ड, म्यासेज र फेसवुकका धम्कीहरु प्रहरीलाई दिएका छन् । प्रमाणसहित उजुरी दिएकाले प्रहरीले कारवाही गर्छ भन्ने कुरामा उनी ढुक्क छन् । विनिता र दिक्पालले निर्देशक आलोक नेम्बाङले फिल्ममा नखेलाएको रिस आफूमाथि पोख्दै धम्की दिएको राजले बताए । उनले भने, “विनिताले म नेपालको राखी सावन्त हुँ, पत्रकार सबै मेरो पकेटमा छन्, म तिमीहरुलाई जे पनि गर्न सक्छु भन्दै प्रहरीकै सामुन्ने समेत धम्क्याइन् ।”

पीडितहरु यसराज, राजेश घतानी, राज घिमीरे र साक्षीहरु उज्वल गिरी र पुष्प खडका प्रहरी कार्यालय अगाडी । तस्बीरहरु: ऋषिराम कटटे्ल ।

जाहेरी फिर्ता लिन विभिन्न व्याक्तिबाट आफूलाई धम्की आइरहेको उनले बताए । विनिता र दिक्पालले निर्देशक ऋषि लामिछाने , आलोक नेङवाङ, नायक यसराज,निर्माता राजेश घतानी, फिल्म लेखक शिवम अधिकारी लगायतकालाई समेत विनय डिसी, मीदिक्पाल कार्की नामका फेसवुक आइडीमार्फत धम्काएको खुलेको छ । विनिताले भाइ भन्ने गरेका दिक्पाललाई ६ असारमा वानेश्वरको जिरोमाइल साइवरमा प्रहरी र पीडितले फेला पारेका थिए । दिक्पाल समातिएपछि विनितालाई बोलाएर सोधपुछ गरेको थियो । दोस्रो पटक ७ असार बिहान १० बजे प्रहरी कार्यालय आएकी विनिताले भने आफूले कुनै गल्ती नगरेको दाबी गरिन् ।
हेर्नुस् हिमालखबर भिडियो: http://youtu.be/kcMG_0gifNY

  • Grgbinee

    Binita, timi ta abal nari po nikliu ta… je payo tehi gardai na hida Binita, feri Jesika/risha jasto holau…. Rakhi Sawant kina hun6au huna sak6au vane Jennijer Lopez, Angelina Jolie hauna…. hoina vane timi pani ”dairty picture” ko halat hola sooooooooo carefull.. Ramroo director haru lina ko lagi acting/looks chahiyo ni hoina ra ”DHAMKI” diyera hun6……….haaaaaaaaaaaaaaaa 

  • Kitkat_bks2007

    २ थोक चाही जहिले पनि जोगाउनु भन्थिये बुढापाकाले तर यिनले त १टा पनि जोगाईनन, घमण्डी भएपछि कसको के लाग्छ धन्य छ प्रभु तिम्रो लिला अपरम्पार छ …..:)

  • Nephalshrestha

    साला नौटन्की हरु आफु light मi आउनलाई artificial scandal गर्छन्

  • hari

    anuhar na danuhar heroin bhandai nautanki garchhan  waiyat

  • naresh

    yesta ta chhna heroin nepali filmka, ani rakhi hu bhanne chya chya chya 

  • Anju

    In Nepal people become hero and heroines if they do vulgar things just like politicians, too bad the media gives importance to such non sense people….