कांग्रेस चितवन जिल्ला समिति विघटन
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टी चितवन जिल्ला समिति विघटन गरेको छ । राजधानीमा ६ असारमा बसेको बैठकले तरुण दल चितवनका तात्कालिन अध्यक्ष शिव पौडेलको हत्याको विषयलाई लिएर विघटन गरेको हो ।
बुधबार , ६ असार २०६९ ८:१४ पम
विघटनपछि तदर्थ समिति गठन गर्ने र तीन देखि छ महिनाभित्र अधिवेशन गर्न केन्द्रबाट एक पर्यवेक्षक टोली गठन गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिं केसीले जानकारी दिए । बैठकले कांग्रेस केन्द्रीय कार्यालयमा आज बिहान भएको प्रमुख चार दलको बैठक सकारात्मक भएको निश्कर्षनिकालेको छ ।
प्रहरी अधिकृतहरुको सरुवा निर्वाचन आचार संहिताविपरीत भएको भन्दै बैठकले यसको विरोध गरेको छ । अर्को बैठक ७ असारमा बस्ने भएको छ ।









