चितुवाको आक्रमणबाट गम्भिर घाईते

दाङको धर्ना गाविस-२ मा चितुवा घरभित्र पसेर आक्रमण गर्दा स्थानीय सुनिता चौधरीका १२ वर्षीय छोरा बलदेव गम्भिर घाइते भएका छन् ।

घाइते बालक बलदेव । तस्बीरः देविका

६ असारमा चितुवाको आक्रमणमा परेका बलदेवको टाउको र दुबै हात र दुबै आँखाको छेउमा गम्भिर चोट लागेको छ । बाघ घरभित्र पसेको थाहा पाएपछि बाहिर निस्कने क्रममा सुनिताका छोरा बलदेवलाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवालाई घरभित्र थुनेर राखिएको छ । चितुवालाई सुरक्षित नियन्त्रणमा लिनका लागि लठ्याउने औषधी लिएर काठमाडौंबाट टोली झिकाइएको सहायक वन अधिकृत गोकुल चौधरीले जानकारी दिए । चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा लगेर छाडिने चौधरीले बताए ।

देविका घर्ति मगर, दाङ