‘प्रचण्ड’ र बाबुराममा दलाली प्रवृति हावी भएकाले नयाँ पार्टी खोलेको बैद्य पक्षको दाबी
नयाँ गठन भएको नेकपा माओवादीका नेताहरुले बाबुराम भट्टराई र पुष्पकमल दाहालले शसस्त्र संघर्षबाट प्राप्त उपलव्धिलाई ध्वस्त पारेको र उनीहरु दलाली प्रवृत्तिमा लागेको कारण आफुहरु छुटिनु परेको बताएका छन् ।
एकृकित नेकपा माओवादीमा असन्तुष्ट पक्ष रहेको समुहले गठन गरेको नया पार्टी नेकपा माओवादीले पार्टीको औपचारिक घोषणा प्रज्ञा भवन कमलादीमा गरेको पत्रकार सम्मलेनमा उक्त कुरा जनाएको हो ।
सम्मेलनमा सो पार्टीका नेताहरुले आफुलाई संसदवाद अस्वीकार्य भएको बताए । नवगठित पार्टीका अध्यक्ष मोहन वैध किरणले पत्रकारको प्रश्नमा आफुहरुको को लागि संसदवाद अस्वीकार्य भएकाले पार्टी समेत दर्ता नगर्न सकिने बताए ।
कार्यक्रममा अर्का नेता सिपी गजुरेलले नयाँ पार्र्टी गठन गर्नुको कारणबारे स्पष्ट पारेका थिए । सो अवसरमा पार्टीका महासचिव राम बहादुर थापा बादलले प्रस्तुत गरेको पार्टीको प्रेस विज्ञप्तीमा पार्टी गठनको चरणसम्म आफुहरु आउनको कारण तथा भावि योजनाका साथै २–४ असारमा सम्पन्न राष्ट्रिय भेलाका उपलब्धी तथा निर्णयहरु उल्लेख गरिएको छ ।









