स्पेन र इटली क्वार्टरफाइनलमा
युरो कप २०१२ को समूह सीबाट स्पेन र इटली क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । तीन खेलबाट सात अंक जोडेको स्पेन समूह विजेता र पाँच अंकसहित इटली उपविजेता बनेर दोस्रो चरणको यात्रा तय गरेको हो ।
मंगलबार , ५ असार २०६९ ११:३८ एम
५ असारमा भएको खेलमा स्पेनले क्रोयसियालाई १-०ले पराजित गर् यो । स्पेनका लागि जिसस नभासले गरेको गोल नै निर्णायक भएको थियो । अर्को खेलमा इटलीले आयरल्याण्डलाई २-० ले स्तब्ध पार् यो । आयरल्याण्डका लागि एन्टेनियो कासानो र मारियो बालोटेलीले गोल गरे ।
समूह डीअन्तर्गत आज इंल्याण्ड र युक्रेन तथा स्वीडेन र फ्रान्सबीच लिग चरणको अन्तिम खेल हुँदैछ ।









