सशस्त्र द्वन्द्वका समयमा राज्य र माओवादी दुबै पक्षबाट १७ हजार ८ सयको मृत्यु भएको खुलासा

एनेकपा माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वका कारण १७ हजार ८ सय नेपालीको ज्यान गएको शान्ति तथा पुनःनिर्माण मन्त्रालय, राहत तथा पुनःनिर्माण एकाइले खुलासा गरेको छ ।

माओवादी सशस्त्र द्वन्द्वका समयमा राज्य र माओवादी दुबै पक्षबाटगरी १७ हजार ८ सयको मृत्यु भएको एकाइका प्रमुख गणेशप्रसाद उपाध्यायले जानकारी दिए । मध्यपश्चिमस्तरीय द्वन्द्वपीडित तथा प्रभावितलाई प्रदान गरिएको राहतसम्बन्धी नेपालगन्जमा आयोजित अन्तरर्कियामा एकाइका प्रमुख उपाध्यायले मृत्यु भएकामध्ये १३ हजार ८९३ जनालाई रु. एक लाखका दरले प्रदान गरेकॊ बताउनुभयो ।

उपाध्यायले द्वन्द्वका समयमा मारिएका तत्कालीन शाही नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिले नै रु. सात लाखका दरले राहत पाइसकेकाले नौ हजारका परिवारलाई रु. दुई लाखका दरले राहत प्रदान गरिएको उल्लेख गरे ।

सरकारले विशेष कार्यक्रम ल्याएर मृतकका परिवारलाई थप रु. दुई लाख दिएका कारण नेपाली सेना जनपद प्रहरी र सशस्त्र प्रहरीले यो सुविधा नपाएको पनि शान्ति मन्त्रालयले जनाएको छ ।

  • Hdhakal

     you are no gentle enough to post a comment in term of language.