नारायणगढका व्यापारीको माग गलत
राजस्व अनुसन्धान विभागले छापा मार्नु भन्दा पहिला 'हामी छापा मार्न आउँदै र्छौ' भनेर चिठी लेख्नुपर्छ भन्ने नारायणगढका व्यापारीको मागलाई हिमालखबर जनमतमा सहभागी मध्ये ९५ प्रतिशत बेठिक ठहर गरेका छन् ।
२५ जेठदेखि २९ जेठ मध्यान्ह एक बजेसम्म राखिएको
‘राजश्व अनुसन्धान विभागले छापा मार्दा सूर्व सूचना दिनुपर्छ भन्ने चितवनका व्यापारीहरुको माग तँपाईलाई कस्तो राल्यो ?’ भन्ने प्रश्नमा ५ प्रतिशत उत्तरदाताले मात्रै व्यापारीको मागलाई ठिक मानेका छन् ।
जनमतमा सहभागी ९०० मध्ये ८५७ ले बेठिक र ४२ जनाले मात्रै ठीक विकल्प रोजेका छन् । आउनु भन्दा पहिला नै सूचना नदिई छापा मार्न आएको भन्दै २४ जेठमा नारायणगढका व्यापारीहरुले प्रहरी विट र राजस्व अनुसन्धान विभागको गाडी जलाइ दिएका थिए ।









