देहव्यापार रोक्न टोलवासी सक्रिय

दाङको तुलसीपुर नगरपालिकाको नयाँसडक टोल देहव्यापारबाट प्रभावित हुन थालेपछि त्यसलाई रोक्न टोलवासी सक्रिय भएका छन् ।

देहव्यापारले टोल बद्नाम हुँदा तुलसीपुर क्षेत्रकै प्रतिष्ठामा आँच पुर्‍याउने हुनाले नियन्त्रण अभियान थालिएको नयाँसडक टोल विकास संस्थाका सचिव भीमबहादुर केसीले बताए । केसीले भने, “अन्यत्र जाँदा नकारात्मक टिप्पणी सुनिन थालेपछि विकृति रोक्न समिति नै गठन गरेर लागेका हौं ।”

समितिले सुधारको पहिलो चरणमा शंकास्पदहरूलाई अन्यत्र जान र होटल संचालकहरुलाई केटीहरू नराख्न आग्रह गरेको छ । तुलसीपुर क्षेत्रमा खास गरेर होटेल र लजका कारण यौन व्यवसाय बढेको इलाका प्रहरी कार्यालयका प्रमुख मदन थापा बताउँछन् । यो क्षेत्रका होटेलमा तीन-तीन दिनमा छापा मार्ने गरेको पनि थापाले बताए । “त्यस क्रममा समातिएका किशोरीहरूलाई अभिभावक खोजेर बुझाउने गरेका छौं” थापा भन्छन् ।

देविका घर्ती मगर, दाङ

  • NEPALI_BABU

    Media ra school le nango ani chhada (nudity & pornography) ko bikas gare pachhi desh ma euta naya lahar nai chaleko chha ki, aba umer/parwar kasaiko matlab chhaina jasle je gare pani hunchha… yo jimma kasle line ho?

    • Swonti

       That is 1000% correct, it is the school and media that only love to copy Western vulgerism with the hope of earning quick money is creating such a problem nation-wide… Parents should be held responsible but the majority of them are struggling to support the family, and perhaps aware what their children are into until it becomes too late…. So Schools and Media where is your Social Responsibility?