के चाहन्छ मधेश

काठमाडौंमा मधेशको घृणाको राजनीति हेडलाइन बन्छ, तर आम मधेशीहरू विकास र रोजगारीको खोजीमा छन् ।

सिराहाको एक गाउँ । तस्बीर:डम्बरकृष्ण श्रेष्ठ

केही समयअघि धनुषाबाट बिबिसी नेपाली सेवाले मधेश आन्दोलनपछि तराईबाट विस्थापित पहाडी मूलका परिवारहरू फर्किन थालेको रिपोर्ट प्रसारण गरयो । उनीहरूमध्ये धेरै आफ्नो घरबार, छरछिमेक र जीविका छोडेर पहाडी बाहुल्यको हेटौंडा र केही काठमाडौंको शरण लिन पुगेका तर त्यहाँ स्थापित हुन नसकेर आफ्नै घर सम्झिरहेका थिए ।

यो रिपोर्ट सुनेपछि मैले चार वर्षअघि बारामा भेटिएका केही तामाङ र क्षेत्री परिवारलाई सम्झे । आपसमा भोजपुरीमा बोल्ने उनीहरूको नेपालीमा स्पष्ट मधेशी लवज आउँथ्यो । पुस्तौंदेखि तराईमा बसेका र तराईवासीसँगै हुर्केबढेका उनीहरूलाई पहाडमा आफ्ना पितापुर्खाको थातथलोबारे थोरै थाहा थियो र फर्केर जाने घर थिएन । त्यसैले सशस्त्र मधेशी समूहहरूको दैनिक धम्की र लाञ्छना सहेर भए पनि बारामै बसिरहेका थिए । तिनको कथाले मलाई यति छोयो; के भयो होला, छाडेर हिँडे कि बसिरहेका होलान् भन्ने सोचिरहन्थें । हालै आफ्नै पुख्र्यौली गाउँ धनुषाको प्रसाहा पुग्दा नेपालीहरू विभाजित भएर होइन मिलेर बसेको पाएँ ।

प्रसाहाका पहाडी र मधेशीहरू सय वर्षअघिदेखि नङ र मासु जस्तै मिलेर बसेका छन् । पहाडबाट झ्रेका गिरी र भारतीले स्थानीय गाउँलेहरूसँगै आफ्नो बस्ती बसाए । आखिर दुवै समुदाय यति घुलमिल भए, कसैले नसोधेसम्म उनीहरूलाई को मधेशी र को पहाडी भन्ने समेत थाहा हुँदैन । तर मधेशको प्रतिनिधित्व गरेको दाबी गर्ने नेताहरूलाई एकअर्का विरुद्ध घृणा ओकल्दा र अलग हुने एवं नाकाबन्दी गर्ने धम्की दिँदा यी कुराले कुनै अर्थ राख्दैनन् । नेताहरू मधेश विरुद्ध विगतमा भएका गल्ती सच्याउने एक मात्र उपाय तराईबाट सबै पहाडीलाई धपाउनु हो भन्ठान्छन् । घृणा र बदलाको यस्तै अभद्र राजनीति काठमाडौंका हेडलाइन बन्ने गर्दछन् ।

तराईका गाउँघर–शहरबजारका किसान र व्यापारीहरूलाई तपाईं के चाहनुहुन्छ भनेर सोध्ने हो भने राजनीति र ‘पहिचान’ भन्ने जवाफ लगभग आउँदैन । उनीहरूलाई सडक, पुल र सिंचाइको अभाव, असुरक्षा, बाढी, घट्दो उब्जनी र आफ्नो उत्पादनको गिर्दो मूल्यले पिरोलेको छ । उनीहरू आफ्ना छोरा खाडीको मरुभूमिमा घोटिइरहेका र अर्को छोरालाई पनि त्यतै पठाउन दलाललाई तिर्ने पैसाका लागि खेत बेच्नुपर्ने भएको कुराबाट चिन्तित छन् ।

राजनीति उनीहरूलाई हप्तौं रोजीरोटी बन्द गराउने हड्ताल लिएर आउँछ । सङ्घीयता के हो र यसले के गर्छ भन्नेबारे पनि उनीहरू अन्यौलमा छन् । काठमाडौंका राष्ट्रिय मिडियाका विचारपृष्ठमा छाउने पण्डितहरूले सङ्घीयता अस्वीकृत भयो भने मधेशमा आक्रोशको आगो दन्कन्छ, हिंसा भड्किन्छ भन्ने डरलाग्दा चेतावनी दिने गरेका छन् । तर यहाँ त्यस्तो कुराको सङ्केतसम्म पाइँदैन ।

मधेशका नेताहरूले आफूहरूका लागि केही गर्छन् भन्ने कुराको मधेशी जनताले आश मारिसके । त्यस्तो भ्रम उनीहरूबाट हटिसकेको छ । मधेशी नेताहरू अहिले शक्तिशाली मन्त्रालयका साथ सरकारमा छन् । उपप्रधान तथा गृहमन्त्री मधेशी छन् । तर उनीहरूले पटक–पटक फुट्ने, सत्तामा पुग्न मोलतोल र क्षणिक गठबन्धन गर्ने तथा आफ्नो राजनीतिक सान्दर्भिकता बचाइराख्न बेलाबखत खोक्रो धम्की दिने बाहेक केही गरेका छैनन् ! मधेश जस्तो थियो त्यस्तै छ । मधेशीहरू अर्को आन्दोलन होइन, विकास र रोजगारी चाहन्छन् । मधेशी नेताहरू असमानता, अन्याय र उपेक्षा जस्ता तराईका समस्याको समाधान संघीय राज्यले गर्छ भन्छन् । तर यहाँ थोरै मात्र यसप्रति आशावान छन् ।

मधेशी जनता सच्चा नेताको खोजीमा छन्, जसलाई नेपाली काङ्ग्रेसबाट भागेर मधेश आन्दोलनको बुई चढ्न आइपुगेका नेताहरूले पूरा गर्न सकेका छैनन् । मधेशीहरू आफूलाई नेपालीको रूपमा सम्मान र व्यवहार भएको हेर्न चाहन्छन् । उनीहरू राजनीतिको अपराधीकरण अन्त्य भएको देख्न चाहन्छन् । गाउँका एक अग्रजले मलाई बताएअनुसार, जो अन्यथा सोच्दछ त्यो यहाँ लामो समयदेखि बसेको मान्छे होइन ।

  • Janosho

    तराईका गाउँघर–शहरबजारका किसान र व्यापारीहरूलाई तपाईं के चाहनुहुन्छ भनेर
    सोध्ने हो भने राजनीति र ‘पहिचान’ भन्ने जवाफ लगभग आउँदैन । उनीहरूलाई सडक,
    पुल र सिंचाइको अभाव, असुरक्षा, बाढी, घट्दो उब्जनी र आफ्नो उत्पादनको
    गिर्दो मूल्यले पिरोलेको छ । उनीहरू आफ्ना छोरा खाडीको मरुभूमिमा
    घोटिइरहेका र अर्को छोरालाई पनि त्यतै पठाउन दलाललाई तिर्ने पैसाका लागि
    खेत बेच्नुपर्ने भएको कुराबाट चिन्तित छन् ।
    This is what nepali people are asking for!!!

  • Dolraj_rana

    u r absolutely right rubina ji, chahe pahadi hos ya madeshi hami sabai nepali nagarik hau ra hami sabailai bikas ra awasar ko khacho cha na ki aapas aapas ma ghrina ra bibhajan ko. 

  • Anil

    म मधेशीहरू मात्र नभएर  सम्पूर्ण  नेपालि जनता  नै विकास र रोजगारीको खोजीमा छन् ।

  • Prakash BK

    तराईका गाउँघर–शहरबजारका किसान र व्यापारीहरूलाई तपाईं के चाहनुहुन्छ भनेर 
    सोध्ने हो भने राजनीति र ‘पहिचान’ भन्ने जवाफ लगभग आउँदैन । उनीहरूलाई सडक,
    पुल र सिंचाइको अभाव, असुरक्षा, बाढी, घट्दो उब्जनी र आफ्नो उत्पादनको 
    गिर्दो मूल्यले पिरोलेको छ । उनीहरू आफ्ना छोरा खाडीको मरुभूमिमा 
    घोटिइरहेका र अर्को छोरालाई पनि त्यतै पठाउन दलाललाई तिर्ने पैसाका लागि 
    खेत बेच्नुपर्ने भएको कुराबाट चिन्तित छन् । Tara yo sab samasya samadhan ta tetikae hudainani….? tesko lagi methods ta chahiyoni …..?? Pahichan vaneko k vanera bujaunu paryo people only then asto samasya samadhan chahinchaa….yo matra navae aru methods khojnu paryo….tara direct yo samasya kune exact method find out nagari hune wala chaina…Therefore….pahichan ra samarthya vaneko k bujaunu paryo…nae ta yo samasya continue henecha

  • Prem Ballabh Pandey

    राम्रो लाग्यो.नेताहरू फुटाउ र राज गर भन्ने बाटोमा लागेका हुन्छन.सबै मिलेर प्रेमले बस्नेहो भने नेताहरूनै चाहिंदैनन,तर नेताहरूले केही कार्यकर्ताहरूलाई पोशेर आन्दोलन गर्छन र अशान्ति क्रियेट गर्दछन,अनि नेता बन्छन.
    जनजातिहरू संग सोध्यो भने कसैलेपनि जातको नाममा संघीयता हुनु पर्छ भन्दैन.

  • ruchi

    U R 100% RUBINA JEE  LIKE LIKE SUPER LIKE

  • Suraj gurung

    nice article rubina ji. tapaile uthaunu bhayeko kura yakdum sahi chha. rog bhok asichha, dhapauneho. pahadi dhapayera samasya samadhan hudaina

  • Swonti

    For sure people in Madhesh want social economic development and protection of their cultures, but the leaders from the region want to make the Tarai recent-past Bihar. The leaders from this part of Nepal are the least trustworthy compared to all other non-trustworthy neta… Very sad for Tarai people, and the country as a whole!

  • http://profiles.google.com/curlyy.locks curly locks

    gud job rubeena

  • Roshan Ghimire

    pahi le ghunghat pratha,Daijo pratha,gharelu hinsa,chuwachut ra boksi pratha lai / female lai garine beheviour change garau ra sar pahadiya bhanna chodau ani  madhesh basna layak banaunus ra kurai pichhe apasabda bolne bani pani chodau

  • Manojvalencia

    very good analysis..! hats off to you Rubeena