अश्लीलताको नक्कल गर्ने लहड चल्यो –राजेश हमाल

नेपाली चलचित्रका लामो रेसका घोडाका रुपमा चिनिन्छन् राजेश हमाल। झण्डै ३ सय चलचित्रमा अभिनय गरिसकेका राजेश हिरोका रुपमा जति चले तर उनले अभिनय गरेका फिल्म भने उनी जसरी चलेनन् । त्यसैले उनलाई कतिपय असफल चलचित्रका सफल नायक पनि भन्ने गर्छन्। २१ जेठमा उनकै निजी सहायक भएर लामो समय काम गरेका रोशन हमालले निर्देशन गरेको फिल्म रंगमा अथिति भूमिकामा अभिनय गर्न त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुर पुगेका उनीसँग हिमालखबरका लागि ऋषिराम कट्टेलले गरेको संक्षिप्त कुराकानी–

आफ्नै सहायकको रूपमा काम गरेका रोशन हमालको निर्देशनमा निर्मित रंग फिल्ममा अभिनय गर्नुभयोस आफूले अह्रनखटन गरेको मान्छेले नै अह्रनखटन गर्दा कस्तो महसूस भयो ?

– आफ्नो सहायकले निर्देशन गरेको फिल्ममा अभिनय गर्दा त्यस्तो असहज मान्नुपर्ने त कुनै कारण छैन र असहज पनि भएन । उसले राम्रो काम गरिरहेको छ, यो देख्दा खुशी लाग्यो । मेरो कामै यही भएकाले फरक अनुभव भएन ।

रोशनजीको निर्देशकीय क्षमता कस्तो लाग्यो त ?

– सिकीराखेको छ, राम्रो भइरहेको छ । उसले राम्रो काम गर्दा गर्व लाग्छ ।

तपाईं आफैं चैं चलचित्र निर्देशनमा आउने भनेको पनि एकदशक बितिसक्यो, फेरि अहिले निर्देशन गर्न लागेको भनेर हल्ला बाहिर आएको छ– वास्तविकता के हो ?

– मेरो मामा दीपक रायमाझी जसले मलाई यस क्षेत्रमा ल्याउनुभएको थियो, उहाँले निर्देशन गर्दागर्दै उहाँको असामयिक निधन भएपछि डेस्टिनेशन काठमाण्डू नामक चलचित्रको केही काम अधुरै थियो, त्यही चलचित्रको बाँकी काम मैले गर्ने भनेको हो । चाँडै नै यसको काम हुन्छ ।

यो त तपाईंका मामाले छाडेको काम पूरा गर्ने भन्ने कुरा भयो, तपाईं आफैंले चैं चलचित्र निर्देशन गर्ने भनेको त वर्षौं भइसक्यो नि, हैन र ?

– कुरा सही हो तर म अभिनयमै बढी व्यस्त भएकाले यो विषयमा धेरै ध्यान दिन पाइनँ । किनभने निर्देशनमा लागेपछि फुल्ली टाइम दिनुपर्छ । अब चैं एउटा गतिलो फिल्म निर्देशन गर्ने तयारीमै छु, यसको लागि चाँडै प्रोडक्सन कम्पनी पनि शुरु हुँदैछ ।

नेपाली फिल्मको ट्रेण्ड चेन्ज हुँदैछ, अहिले नेपाली फिल्म कता जाँदैछ जस्तो लाग्छ ?

– जबसम्म सिनेमा बन्ने क्रम अगाडि बढिरहन्छ, त्यो क्रममा एउटा मोड आउँछ जहाँबाट परिवर्तन आउँछ । अहिले त्यस्तै एउटा मोड आएको छ, यो हाम्रो लागि खुशीको कुरा हो, तर यो परिवर्तनको मोडमा थोरै राम्रा चलचित्र बने अनि तिनीहरूको कुनै नराम्रो पक्षमा केन्द्रित भएर त्यो कुरालाई नक्कल गरेर चलचित्र निर्माण गर्ने लहड चलेको छ । जस्तो अहिले अश्लील कुराको बढी नक्कल गर्ने होड चलेको छ । यो चैं नराम्रो प्रवृत्ति भयो । जेहोस् चलचित्र पुरानै ढर्रामा अड्किनु हँदैन, नयाँ एक्सपेरिमेन्ट भइरहेको छ, यसबाट अब राम्रा चलचित्र छानिएर आउँछन् । अहिले हेर्दा एक्साइटिङ फेजमा छ नेपाली चलचित्र ।

अश्लीलताको पराकाष्ठा नाँघेर चलचित्र बनिरहेका छन यो राम्रो हो ?

– त्यही तस एउटाले केही अश्लील विषयमा बनायो त्यो फिल्म चलिदियो अनि सबै त्यतैतिर लागे, यो चैं राम्रो भएन । सोच्नुपर्ने बेला भएको छ अहिले । सिर्जनशील हुनुपरयो चलचित्रकर्मी । अब यस्ताबाट छानिएर राम्रा चलचित्र बन्छन् आगामी दिनमा ।

नेपाली चलचित्र अपेक्षित रूपमा सफल नहुनुमा कतिपय तपाईंलाई पनि दोष दिन्छन् । तपाईं जस्तो पढेलेखेको बौद्धिक हिरो तर पैसा पाएपछि जस्तो पनि फिल्म खेल्नुहुन्छ नि !

– आजको अवस्था हेरेर विगतको कुराको मूल्यांकन गरिनुहँुदैन । विगतमा चलचित्रको निर्माण संख्या कम थियो, त्यो मेरो नयाँ निर्माता निर्देशक यस क्षेत्रमा स्थापित गर्न पनि मेरो भूमिका रह्यो । तर कस्तो फिल्म खेल्ने भनेर छनोट गर्ने बेला चैं अब आएको छ । विगतमा मैले जे गरें स्वाभाविकै थियो भन्ने लाग्छ मलाई ।

अहिले बग्रेल्ती नयाँ हिरो आएका छन्, तपाईं यी नयाँमध्ये कसमा बढी सम्भावना देख्नुहुन्छ ?

को कस्तो र कति सम्भावना भन्ने समय आएको छैन । किनभने नयाँ हिरो आएको पनि त्यत्रो लामो समय भएको छैन । अर्को कुरा सँगै कामको मूल्यांकन गर्न पनि मलाई गाह्रो कुरा हो । सबैले राम्रै काम गरिरहनुभएको छ ।

तपाईं अब समाजसेवातिर लाग्ने भन्ने कुरा आएको छ, खास के हो ?

– समाजसेवातिर मेरो पुरानै रुचि हो । मेरो र धेरैको अपेक्षा पनि छ यो क्षेत्रमा आउन । समय अभावका कारण यसमा लाग्न पाइएन । जीवनको एउटा कालखण्डमा पुगेपछि आफ्नो रुचिको कुरालाई पनि सिरियस्ली लिनुपर्छ । अब फिल्मबाट समय निकालेर पनि फाउन्डेसनमार्फत समाजसेवामा लाग्ने योजनामा छु ।

समाजसेवामा पनि तपाईंको रुचिको क्षेत्र कुन हो ?

– अनाथ बालबालिका अनि अपाङ्गहरूलाई लक्षित गरेर काम गर्ने योजनामा छु, शायद चाँडै मेरो योजनाले मूर्तरुप पाउला ।

  • Rajesh Dai Fan Club

    nice to hear those words from you rajesh dai.. u r great RAJESH DAI

  • Highnepal

    असफल चलचित्र धेरै भएपनि मलाइ राजेशजि राम्रो लाग्छ ।

  • Nepaliyuwa

    nepali chalachitra ma badheko ashlilata hataunu paryo! yasle hadaisamma ko parakashta nagheko 6- jastai, yout tube ma rakhiyeko ATM film ko kehi video herda yasna nirmata-nirdeshak ani kalakarlai nagno khukurile katau jasto lageko 6.

  • shambhu dahal okhaldhunge

    interview ramro lagyo, himalkhabar le yestai aru pani kalakarko inteview garnu paro.

  • naresh bastola

    interesting interview, himal aptrika ma pani yesatai interview niyami halnuparyo tara rajehs hamal jastai level banayaka kalakarko

  • uma kanta

    rajesh hamal is great hero of nepali film indrustry, uha jasto manchhe aba samajsewama auna jaruri chha, rajesh ji, chhdo garnus dhila bhayo aba ta……………………….

  • rambabu(bhabana)

     u r great RAJESH hamal, 

  • punya bastola nechali

    chadai bihe garnuparo ………………..