निरन्तरको खबर

करीब १६ लाखको हाराहारीमा पुगेको फेसबुक प्रयोगकर्ता नेपालीहरूबाटै समाजसेवाको क्षेत्रमा अनेकन् कोसेढुंगा खडा भइरहेको सन्दर्भमा हिमाल खबर डट कममार्फत् खबर, विचार र विश्लेषणको निरन्तर प्रवाहले नेपाली राजनीतिमा सहयोग पुग्ने निश्चित छ ।

नेपाली पाक्षिक हिमाल खबरपत्रिका, अंग्रेजी साप्ताहिक नेपाली टाइम्स र अंग्रेजी मासिक वेभ म्यागाजिन पेश गर्दै आएको हिमाल मिडियाले अनलाइन न्यूज पोर्टल हिमाल खबर डट कम पनि आजबाट पुनः संचालनमा ल्याएको छ । बहुलवादी लोकतन्त्रतर्फको यात्रामा हिंसारहित राजनीतिसँगै, नागरिक सर्वोच्चता, वैयक्तिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानवअधिकार, सम्पत्तिमाथिको अधिकारलगायत लोकतन्त्रका सम्पूर्ण अवयवहरूको वकालत हिमाल को सम्पादकीय नीति रहिआएको छ । र, यसमार्फत नै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को नयाँ पहिचान र नेपाली जनताको समृद्धितर्फको यात्रा तय हुनसक्छ भन्ने हिमाल को विश्वास छ ।

२०६२/६३ सालको जनआन्दोलनको बलमा लोकतन्त्र पुनस्र्थापना भएपछि अहिले संविधानसभामार्फत लोकतान्त्रिक संविधान निर्माणको अन्तिम प्रहर प्रारम्भ भएको छ । संविधानसभाबाट निर्मित लोकतान्त्रिक संविधानबाट नै समृद्धितर्फको यात्रा शुरू हुने आम नेपालीको विश्वास छ । तर, यो विश्वास साकार हुने अन्तिम घडीमा नेपाली राजनीतिमा छाएको ‘जातिवादी’ सोच समृद्धितर्फको यात्रामा छेकवार बन्ने त होइन ? आशंका पनि बढ्दो छ ।

नेपाल र नेपालीको समृद्धि लोकतान्त्रिक व्यवस्थामा मात्र सम्भव छ भन्ने कुरा निकट विगतले प्रमाणित गरिसकेको छ । चाहे २००७ सालमा स्थापित प्रजातन्त्र होस् या २०४६ सालमा पुनस्र्थापित प्रजातन्त्र, दुवै समयमा जनमुखी सत्ताभ्यास नै भए, चुस्त वा सुस्त दुवै रूपमा । २०४६ सालमा पुनस्र्थापित प्रजातन्त्र नै हो, जसले सबै जाति, भाषा, धर्म, क्षेत्र, लिङ्गका नेपालीलाई आफ्नो अधिकारका लागि जागृत गरायो र सडक, बिजुली, स्वास्थ्य, शिक्षा जस्ता विकासका पूर्वाधारहरूलाई गाउँ–गाउँसम्म पु¥यायो । त्यो प्रजातन्त्रले जनतालाई थुप्रै विषयमा आफ्नो निर्णय गर्न सक्ने स्थानीय स्वायत्तता समेत दिलायो ।

उत्पीडित जाति, भाषा, क्षेत्रका मुद्दाहरूको गतिशील सम्बोधन हुन नसक्दा २०६२-६३ को जनआन्दोलनपश्चात् पुनस्र्थापित लोकतन्त्रमा संघीय राज्यव्यवस्थामा जाने निर्णय गरिएको हो । यद्यपि, २०५२ मा शुरू भएको माओवादीको हिंसात्मक विद्रोहकै कारण प्रश्नवाचक अवस्थामा पुरयाइएको २०४८ पछिको ‘पुनस्र्थापित प्रजातान्त्रिक सत्ताभ्यास’को मूल्यांकन गरिनु ठीक हो, होइन भन्ने प्रश्नको तार्किक उत्तरबाट मात्र समृद्धिको ढोका खोल्ने नेपाली चाहनाको व्यवस्थापन निक्र्योल हुनसक्छ । किनभने, संविधान नै लेख्न नसकिएको चार वर्षको अवधि आफैंमा सिंगो व्यवस्थाको समीक्षा हुन सक्दैन ।

यी र यस्ता प्रश्नहरूको जवाफ खोजिनु जरुरी छ– नेपाली समृद्धिको ढोका खोल्ने नयाँ संविधान आउनुअघि । जसबाट कस्तो खालको राज्यव्यवस्था, शासकीय प्रणाली र न्यायिक संरचनाले नेपाली आकांक्षा पूरा गर्न सक्छ भनेर तय हुनसकोस् । यी विषयमा नेपाली राजनीतिका लागि सहयोगी हुने अपेक्षासहित हिमाल मिडियाले देशभित्र मात्रै झण्डै ४४ लाख प्रयोगकर्ता रहेको इन्टरनेट सञ्जालमा पुनः प्रवेश गरेको हो । करीब १६ लाखको हाराहारीमा पुगेको फेसबुक प्रयोगकर्ता नेपालीहरूबाटै समाजसेवाको क्षेत्रमा अनेकन् कोसेढुंगा खडा भइरहेको सन्दर्भमा हिमाल खबर डट कममार्फत् खबर, विचार र विश्लेषणको निरन्तर प्रवाहले नेपाली राजनीतिमा सहयोग पुग्ने निश्चित छ ।

यसअघि विविध कठिनाईका कारण दुई–दुई पटक स्थगन हुन पुगेको माघ २०६२ बाट सञ्चालित नेपाली भाषाको पहिलो न्यूज पोर्टललाई १० जेठ २०६९ देखि पुनः सञ्चालनमा ल्याइएको छ । हिमाल खबरपत्रिका को समाचार कक्षबाटै सञ्चालित यो पोर्टल पाठक–श्रोता–दर्शकका लागि सुरुचिपूर्ण बनाउन विशेष संवाददाता डम्बरकृष्ण श्रेष्ठको संयोजन प्रभावकारी हुनेमा हामी विश्वस्त छौं ।

–किरण नेपाल, सम्पादक

सम्पर्क

पोबनं। ७२५१ काठमाडौं
फोनः ५२५०३३३ ५२५०८४५
फ्याक्सः ९७७-१-५२५१०१३
इमेलः himalkhabar@himalmedia.com
  • NEPALI_BABU

    media jyu where is the tragic day of 19 Jestha 2058? Ignoring history for whose benefit? So sad!

  • NEPALI_BABU

    At least facebook wrote something: “Aja
    Jeth 19, Raja Birendra ko sampurna pariwar ko hatya bhayeko din.
    Rajpariwar le desh ko laghi khashai kei nagare pani Raja Birendra hamra
    laghi pyara thiye. Ra Jeth 19 bhaneko hami sabai le bhulna nasakne kalo
    din ho.”

  • Dik Bahadur Tamang

    We are being a people of globalized village. Our concept is developing like Internet, but we are debating what is cast and what is country, what should be the real view of ours.