अश्लील फिल्मको होड, के हेर्दैछ सेन्सर बोर्ड ?

फिल्म चलाउनका लागि यौन उत्तेजक दृष्य र संवाद तथा तुक न बेतुक कथामा बनेको ‘द लास्ट किस’ को आलोचना भइरहेका बेला अहिले ‘एटीएम’ नामको अर्को चलचित्र अश्लीलताको पराकाष्टाले सबैको ध्यान खिचेको छ । इन्टरनेटमा राखिएका यसका प्रोमोमा यतिसम्म निकृष्ट र अश्लील यौन दृष्य छन् कि जसले ‘ब्लु फिल्म’को झल्को दिन्छ । तर यसबारे चलचित्र सेन्सरवोर्ड भने मौन छ । सेन्सर वोर्डका अध्यक्ष सुशील ओझासँग जिज्ञासा राख्दा आफू कार्यालय बाहिर रहेकाले केही जानकारी नभएको बताए।

‘एटीएम’ चलचित्रको दृष्य

मनोरञ्जनको साधनमात्र नभएर आमसञ्चारको सशक्त माध्यम पनि मानिन्छ फिल्मलाई । समाज परिवर्तनमा यसले निकै महत्वपूर्ण भुमिका खेल्छ । तर अहिले बनिरहेका केही चलचित्रले समाजमा अराजकता, विकृति फैलाउने यौनजन्य दृश्यहरू पस्किरहेका छन् । यसैका उदारहण हुन् द लास्ट किस र एटीम । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई समाजमा अराजकता बढाउने खालको चलचत्रि बनाउन कसैलाई छुट नभएको र यस्ता कामप्रति आफ्नो आपत्ति रहेको बताउँछन् ।

अहिले यस्ता चलचित्रमाथि प्रतिबन्ध लगाउन चलचित्र विकास वोर्ड र सेन्सर वोर्डलाई चौतर्फी दवाब आइरहेको छ । केही दिन अघि केही निर्देशकले यस्तो चलचित्र माथि कार्वाही गर्न विकास वोर्डमा ज्ञापन पत्र बुझाएका थिए । वोर्डका प्रवक्ता विकास आचार्यले कार्वाही गर्ने अधिकार बोर्डलाई नभएकोले सेन्सर वोर्डलाई पत्रमार्फत अनुरोध गरेको बताए । ‘सी ग्रेड’का हिन्दी चलचित्र भन्दा पनि अश्लील यी चलचित्रका दृष्य हेर्दा निर्माताहरु फिल्ममार्फत यौन बेच्न बसेको महसुस सबैले गर्न थालेका छन् ।

यी मात्र हैन ‘प्ले गर्ल’, ‘बिन्दास’, ‘रिङरोड’, ‘फुलस्टप’ जस्ता निर्माणाधीन चलचित्र पनि सेक्समै केन्द्रित रहेर निर्माण भइरहेको बताइन्छ ।
‘लुट’मा राखिएको छाडा संवाद तथा ‘चपली हाइट’को यौनजन्य दृष्यका कारणले चलचित्र चलेका भन्दै अहिले यौनजन्य दृष्य राखेर फिल्म बनाउनेको होड नै चलेको छ । यस्तो होड नरोकिए नेपाली फिल्मको भविष्य कता जाने हो भनेर सोच्ने बेला आएको छ ।

  • Janamat

    yato film niramata le uasiko ghar ma family sanhga nai herda ramro hola/ ma chai sittai ma pani herdina,
     

  • Sodhancha

    Nepali haru ko naam mai dhabba huncha yo film release bhayo bhane

  • http://profile.yahoo.com/44JM576PFBON23FQY3HMYLKC7Q nirmal

     New Nepal ma “new movies” no problem sir, jaslai man laagchha usle herne ho nalaage naherne ho liberal patrakaar dai/bhai/didi/bahiniharu ho yasma kina censorgarnu paryo, sex ta sabaile garnenai ho.

  • Anil_thapaliya2005

    ani yesto photo rakhera media le ni prachar gardai ho ki kaso ?

  • vishal limbu

    nice…if not in quality …improvement in sexuality..its also a progress…

  • Shresthamausam

    aru kei change ta garna sakne hoina nepali directorharule..tei ta ho aruko siko ani aafno bejjat..nepalko bejjat…kamai xaina

  • Loloreveeka

    actorharu k bhako ho balla po actor hunu payo bhandai..character ai proffessionko ta matlab xaina.. popularity khojxan short term ma..yogdan ko ta kurai xaina..jaba aafule industrylai kei dina sakxan anipo expect garne name ani fame ko..

  • NEPALI_BABU

    Daam kamauna nepal ka thul-thalu vanauda ke chahi gareka chhainan ra?
     

  • Prakash Thapa

    Nepalese film Directors to be convinced that the film making is not only scenes and dialogue. It is a combination of Story and Screenplay and well presentation of the same. We as a Nepali movie lover always found the lack of study and homework from every aspects before venturing a story in Screen. Be serious on your job.

    By Prakash Thapa