कर्मबीर: ‘अगरउड’ किसान

उच्चकोटिको अत्तर र धूप बन्ने अगरउड वृक्ष विश्वबाटै लोप हुँदैछ । भियतनाममा बेचबिखनमा प्रतिबन्ध लागिसकेको तथा प्राकृतिक थलो मानिने मलेसिया, कम्बोडिया र भारतको आसाममा लोपोन्मुख भइसकेको अगरउड नेपालमा हराभरा हुँदैछ । यो नौलो खेती गर्ने किसान हुन्— गुल्मीका धनबहादुर पुन ।

धनबहादुर पुन

भारतीय सैनिक सेवाबाट निवृत्त भएपछि पुख्र्यौली थलोमै केही गर्ने सोचले पहाड फर्केर शुरुमा फलफूल खेती र पशुपालनमा लागेका ५१ वर्षीय पुन थाइल्याण्डमा काम गर्ने कान्छा भाइ रतनबहादुर र चितवनका बहिनीज्वाइँ नरेन्द्र कन्दङवाबाट अगरउडको महत्व बुझेपछी यतातिर लागेका थिए । अहिले भार्से–५ मयालडाँडास्थित उनको १०० रोपनी जमिनमा अगरउड हुर्किरहेका, २०० रोपनीमा दुई लाख बिरुवा सरेका र नर्सरीमा करिब एक लाख बिरुवा तयार भएका छन् । नेपालमा सम्भवतः एक मात्र उनको अगरउड बगानमा पाँच जनाले स्थायी र ३०–४० जनाले मौसमी रोजगारी पाएका छन् ।

स्याहार पुगे पाँच वर्षमा फल्ने अगरउडको प्रतिफल पाउन १५ वर्षजति पर्खनुपर्छ । तर, त्यो प्रतिफल अन्य खेतीबाट कल्पना गर्न नसकिने स्तरको छ । महँगो अत्तर, धूप र औषधिबाहेक धार्मिक–सांस्कृतिक प्रयोजनमा काम आउने राम्रो गुणस्तरको अगरउडका ग्राहक मध्यपूर्व, जापान, ताइवान र चीनका उच्च वर्ग तथा धार्मिक सम्प्रदाय हुन्, जसको अन्तर्राष्ट्रिय मूल्य प्रतिकेजी ३० हजार डलरभन्दा माथि छ । पल्टनमै +२ पास गरेका पुन भन्छन्, “नेपालमा कुनस्तरको अगरउड निस्कन्छ भन्ने कुरा थाहा पाउन १० वर्ष जति पर्खनुपर्छ, तर यसका लागि हाम्रो भूगोल उपयुक्त ठाउँ हो भन्ने कुरा चाहिँ थाहा भइसक्यो ।

उनै पुनले यसमा आफ्नो पुस्तैनी लाहुरे परिवारको जमिनबाहेक रु.७० लाख लगानी गरेका छन् । शुरुमा थाइल्याण्ड र चितवनको बहिनीज्वाइँको नर्सरीबाट बिरुवा ल्याउने गरेका उनले अहिले आसामबाट दुई जना मिस्त्री झ्किाएर आफैं नर्सरी राखेका छन् । अगरउड बगानका लागि पुनले १५ वटा भैंसी, चार हल गोरु र ७५ वटा बाख्रा पालेका छन् । ६–६ मिटरको फरकमा रोपिएको अगरउडको बीचबीचमा सुन्तला, कागती, खुर्सानी, चिराइतो, सतुवा, सिस्नु, बकाइनो, सतविज, तुलसी, सयजडी लगायतका फलफूल र रैथाने वनस्पति लगाएका छन् । आफ्नो ठाउँमा विद्यालय व्यवस्थापन, वन संरक्षण, स्थानीय विकास र सामाजिक कार्यको समेत अगुवाई गरिरहेका पुनलाई अगरउड खेतीमा श्रीमती रुकमाया र जेठा छोरा रामले साथ दिएका छन् । “तर, कान्छो भुवनले भने कृषि पढ्न मानेन, चितवनमा कमर्श पढ्दैछ । पछि अगरउड कारखानाको म्यानेजर बन्छ होला”, उनी भन्छन् ।

नेपालका धेरै ठाउँका किसानले अगरउड बगान लगाउन चाहेको थाहा पाएका उनी न्यूनतम मूल्यमा बिरुवा दिने गरी नर्सरी विस्तार गर्दैछन् । आफूले गर्दै आएको खेती कति उचाइमा गर्दा बिरुवा कसरी हुर्कंदो रहेछ भन्ने थाहा पाउन अत्याधुनिक जीपीएस (भौगोलिक अवस्था बताउने) मेसिन बोक्ने पुनका अनुसार अगरउड नेपालको १५०० मिटरसम्मको उचाइको पारिलो ठाउँमा हुन्छ । पूर्वी पहाडमा यो अझ् सप्रने उनको अनुमान छ । पाँचथरको याङनाम गाविसमा रोपिएका १५०० बिरुवा राम्ररी सप्रेका छन् । अगरउड खेतीले नेपाली किसानलाई नसोचिएको फाइदा दिने बताउँदै धनबहादुर पुन भन्छन्, “यसको प्राकृतिक वन सकिएकाले अहिले विश्वबजारमा प्लान्टेसनबाट निस्केको उत्पादन खपत हुन थालेको छ ।”
-देव पचभैया, पाल्पा

१६ असोज–१५ कार्तिक २०६७ को हिमालबाट

  • Tarastn

    Really pleased to hear what you are doing Mr. Pun !!

  • Sushil Gurung

    Great to hear such a great news in such depressing times. Again it proved that with dedication people can do wonders without the help from government, kudos punji. 

  • Phoenixdiwakar

    ramro !! ek dam ramro !! badhai chha !!!

  • Manisvgha

    This article is really a one to think about. I was intrested to know more about it. How can i get to know more about “agarwood’. Plz anyone.

  • Basanta

    A great article. We need more of such articles in this time of national pessimism and sadness.

  • Basanta

    A great article. We need more of such articles in this time of national pessimism and sadness.

  • Basanta

    Wish you all the best Mr. Pun!

  • Vipin

    commendable efforts….every citizen should think of innovative ways to do business….a

  • Kshitij Subedi

    सलाम धनबहादुर पुनलाइ, जसले देशका लागि केहि गनेर परयास गदैर्छन्र । हाम्ा सडिएका नेताहरूले उनीबाट केहि कुरा िसके देशलाइ फाइदा पुग्थ्याे ।

  • durga thapa

    यो लेख पढेर यस्तो उत्साह जाग्यो जब म अहिले बैदेशिक रोजगारको सिलसिलामा अफगानिस्तानमा  कार्यरत  छु सो यस काम प्रति पुन जी लाइ साधुबाद छ र यो कसरि गर्ने हो मलाइ  पनि यस काम प्रति चाहना जाग्यो कृपया मेरो मेलमा पुंजी बात केहि जानकारी पाउन सक्छुकी ?