जातीय सद्भाव बिथोलिनुको कारण एमाओवादी
हिमालखबर जनमत सर्वेक्षणले जातीय सद्भाव बिथोलिँदै जानुमा सबैभन्दा बढी जिम्मेवार एमाओवादीलाई देखाएको छ। विदेशी शक्ति दोस्रोमा, कांग्रेस तेस्रोमा र एमाले तथा सरकार चौथोमा छन् ।
बिहीबार , ११ जेठ २०६९ ६:२४ पम

हिमालखबर डटकमको जनमतमा सहभागीमध्ये ८० प्रतिशतले जातीय सदभाव बिथोलिनुमा एमाओवादीलाई जिम्मेवार ठहर्याएका हुन् । ‘जातीय सद्भाव बिथोलिंदै जानुमा को बढी जिम्मेवार देख्नुहुन्छ ?’ भन्ने प्रश्नमा १० जेठ बिहान २ बजेदेखि ११ जेठ बेलुकी ५ बजेका बीचमा ६९८ जनाले मत दिएका थिए ।
त्यसमध्ये ५६१ जनाले माओवादीलाई दोषी मानेका छन् । त्यसैगरी, ११ प्रतिशतले विदेशी शक्ति, ९ प्रतिशतले नेपाली कांग्रेस, ६ प्रतिशतले एमाले, ६ प्रतिशतले सरकार र १ प्रतिशतले अन्य दललाई जिम्मेवार मानेका छन् ।









