अतिथि विचार : ‘म अमृत नेपाली’

स्याङ्जादेखि सिड्नी होस् या फिक्कलदेखि फिनल्याण्ड; नेपालीहरूको मौन बहुमत नेपालको विभाजनलाई स्वीकार नगर्ने पक्षमा देखिन्छ ।

अमृत गुरुङ

“म मेरो ब्याण्डका सदस्यहरूको परिचय दिंदैछु … मेरो देब्रेपट्टि बासमा सुविन, ड्रममा ध्रुव …”
म हरेक सांगीतिक कार्यक्रममा आफ्नो ब्याण्डका सदस्यहरूलाई यसैगरी चिनाउँछु । मेरो सिद्धान्त नै हो, उनीहरूलाई चिनाउँदा म कसैको थर भन्ने गर्दिनँ । शान्ति संगीत यात्रा नेपालको एउटा कार्यक्रममा दर्शक दीर्घाबाट कसैले चिच्याएर सोध्योः
“ध्रुव के … ?”

हुन त यो हजारौंको समूहबाट आएको एउटा आवाज मात्र थियो, तर स्टेजमा उभिएको मेरो कानमा पर्न काफी थियो ।
मैले जवाफ दिनै परयो । “सुविन शाक्य बेसमा”, मैले थरमा विशेष जोड दिँदै भनें, “ध्रुव लामा ड्रममा, निरज गुरुङ गितारमा, सुरज थापा कीबोर्डमा, शान्ति रायमाझी तबलामा र म अमृत गुरुङ ।”

तर म यत्तिकैमा रोकिइनँ : “कसैले हामीलाई जातीय आधारमा विभाजित गर्न खोजे पनि हामी सबै नेपाली हौं । त्यसैले म ब्याण्ड सदस्यहरूको थर बताउने गर्दिनँ । स्टेजमा उभिएका हामी ६ जनालाई हेर्नुस्, यहाँ तपाईं एउटा सानो नेपाल देख्नुहुन्छ । हामीमध्ये कसैको नाक चेप्टो छ त कसैको चुच्चो, कसैका आँखा लाम्चो छन् त कसैका गोलो । तर यी कुराले हामीलाई एउटा टीममा मिलेर काम गर्न बाधा पुरयाउँदैनन्, बरु अझ राम्रो संगीत सिर्जना गर्न मद्दत पुरयाउँछन् । आउनुस् सबैले एकस्वरले भनौं— हामी सबै एउटा विशाल नेपाली परिवारका सदस्य हौं ।”

पूरै हल मैले अहिलेसम्म कतै नसुनेको तालीको लामो गडगडाहटले गुञ्जियो । मैले थर सोध्ने मानिसलाई देखिनँ, उसको आवाज त्यहीं दबेर गयो ।
म मेरा सांगीतिक यात्रामा नेपालीहरूसँग संगीतको भाषामा कुरा गर्छु । एक दशकदेखि मेरो ब्याण्डले शान्ति, न्याय र राष्ट्रिय एकताको सन्देश दिंदै नेपालको चक्कर लगाएको छ । यो काम म हामीलाई एक ढिक्का बनाउने नेपाली भाषाको माध्यमबाट गरिरहेको छु, त्यस्तो भाषा जसले जहाँसुकैका नेपालीलाई परस्पर सम्वाद गर्ने सुविधा दिएको छ । गीतका बीचमा म दर्शकहरूलाई सोध्ने गर्छुः “म नेपाली हुँ र यसो हुनुमा गर्व गर्छु, तपाईं नि ?” उनीहरू एकस्वरमा कानको जाली फुट्ने गरी चिच्याउँछन् : “हो, हो !”

म सांगीतिक यात्रामा नहिंडेको बेला नेपालका विभिन्न ठाउँको पैदल यात्रा गर्न रुचाउँछु । सुदूरपश्चिमदेखि पूर्वसम्मका गाउँहरू हुन् वा हिमालदेखि तराई, जहाँ पुगे पनि म मेरो नेपाली भाषाको माध्यमबाट गाँस र बास पाउँछु । यो भाषाको उत्पत्तिबारे विवाद नगरौं, तर यथार्थ के हो भने यो हाम्रो राष्ट्रिय संरचनालाई उनेर राख्ने र जताततैका नेपालीलाई एकबद्ध बनाउने थोरै चिजहरूमध्ये एक हो ।

हामी सबै अहिले नेपाल भनिने यो ठाउँमा कतै न कतैबाट बस्न आएका हौं, त्यसैले यहाँ को पहिला आएर बसोबास गरयो भन्ने कुरा अर्थहीन छ । समय क्रममा गुरुङ, नेवारी, मगर, भोजपुरी, मैथिली, तामाङ कुनै पनि भाषा नेपालको साझा भाषा बन्न सकेनन्, न यीमध्ये कुनै विभिन्न जातीय समूहहरूले आफ्नो नाममा स्थापित गर्न खोजेका प्रदेशहरूकै साझा भाषा बन्न सकेका छन् ।

मेरो जन्मस्थल पोखरामा हामी गुरुङहरूले मात्र गुरुङ भाषा बोल्दैनौं, अरूहरूले पनि बोल्छन् । त्यसैगरी नेवारी पनि काठमाडौंका सबै बासिन्दाले बोल्छन्, नेवारले मात्रै होइन । नेपाललाई बलियो र समृद्ध देश बनाउन चाहने हो भने हामीले नेपाली भाषा र नेपाली राष्ट्रिय एकताको सन्देशलाई फैलाउनुपर्दछ ।

स्याङ्जादेखि सिड्नी र फिक्कलदेखि फिनल्याण्डसम्म आयोजित सांगीतिक कार्यक्रमहरूमा मैले जब–जब यी विषयमा बोलेको छु दर्शकहरूले जनाएको जबर्दस्त समर्थनले मलाई नेपालीहरूको मौन बहुमतले यस्तै सोच्दो रहेछ भन्ने कुरामा विश्वस्त बनाएको छ । यी आवाजहरूलाई अहिले सञ्चारमाध्यमले फुलाएर ठूलो पारिदिएका विभाजनकारी नाराले केही ओझेलमा पारिदिएका मात्र हुन् । मैले भेटेका सबै नेपाली, जो जहाँसुकै बस्ने हुन्, मा एउटा साझा कुरा छः उनीहरूको साझा नेपाली पहिचान र पहिला आफू नेपाली हुँ भन्ने गर्व ।

हो, अवश्य नै नेपालको ऐतिहासिककालदेखि नै यहाँ भेदभाव र बहिष्करणको क्रम चलेको छ । कति ठाउँमा बढी नै ज्यादती भएको पनि होला । तर यसको अर्थ सबै सीमान्तकृत समूहका जनताहरू पूरै दमित थिए भन्ने होइन । आजको मेरो पहिचान मेरो संगीत मन पराउने नेपाली मूलका सबै मानिसहरूको मायाले बनेको हो, न कि गुरुङहरूको मात्र ।

मेरा मित्र नवीन सुब्बा सबैतिरका नेपालीले उनको कलाको सराहना गरेकाले चलचित्रकर्मी बनेका हुन्, उनको जाति समूहकाले मात्र होइन । माधवप्रसाद घिमिरे, अम्बर गुरुङ, गोपाल योञ्जन, बैरागी काईंला र नारायणगोपाल खाली बाहुन, गुरुङ, तामाङ, लिम्बु वा नेवार भएर मात्र राष्ट्रिय व्यक्तित्व बनेका होइनन् ।
संविधानसभाले देशलाई जति टुक्रामा चाहन्छ विभाजित गर्ने निर्णय गरोस्, तर मेरो अपील छः मलाई नेपालको कुनै एउटा भागमा सीमित नपारिदिनुहोला । म कुनै एउटा प्रदेशको मात्र पहिलो श्रेणीको र बाँकी देशको दोस्रो श्रेणीको नागरिक बन्न चाहन्न । मेचीदेखि महाकालीसम्म जहाँसुकै उभिए पनि म आफ्नो भूमिमा उभिएको अनुभूति गर्न चाहन्छु ।

अमृत गुरुङ नेपाली लोक–रक ब्याण्ड नेपथ्यका संस्थापक हुन् ।

  • Manoj Aryal

    WONDERFUL COMMENTS BY AMRIT..! THIS IS A REAL INSPIRING PIECE OF ARTICLE EVERY NEPALI SHOULD READ THIS

  • Rakesh

    सबै नेपालीको सोच यस्तै भए नेपाल चाडै सम्बृद्द हुन्थ्यो।

  • Dalit Nepali

    Very good! This is the way – we must have to think to save our nation first….you are right !! I salute your opinion…

  • roshan maharjan

     yes we r all nepali

  • aakash nepali

    yes amrit you are great…ma ahile royi raheko chhu tara yo khusi ko aanshu ho…timi mahan chhau amrit…timi  prati malai garb chha…..

    aaksh nepali

  • Himalaya Nepali

    Mero Salam Chha!!!

  • Sangam Uprety

    असाध्यै राम्रो विचार। अमृतजी को यो संदेशलाई सकेसम्म फैलाउन सहयोग गरौँ! फेसबुक, टुइटर जस्ता सामाजिक संजालबाट  यो संदेशको मर्मलाई बुझाउन सके राम्रो हुन्थ्यो नि! 

  • Gopal Joshi

    I share the same feelings !

  • richie_nepali

     Thank you Gurung amrit dai…for me(us) you are just Nepali Amrit dai… Please dai speak up people want to hear from you.. we dont want NEPAL mata divided on the basis of ethnicity we all are same… Jai Yadav, Tharu, Gurung, Tamang, Magar,

  • richie_nepali

    Sherpa, Bahun, Chhetri, Newar (Jems pradhan, Yogendra amatya, Narayan Gopal), Thami, Rahute, Chepang, Karn, Rai, Limbu,Subba, Sanjay Shrestha dai, Madhesi, Tarai bashi, Das nami, Thakuri etc etc

    • mahesh nepali

      We salute your opinion .

  • richie_nepali

    But beyond all these caste or what ever Jai NEPAL..Jai matri bhumi… 

  • richie_nepali

    Jai NEPAL…. Jai Nepali Amrit Gurung dai, Jai NIDAR Sanjay Shrestha dai,,, Jai Madhesi 

  • richie_nepali

    Jai Bishal Nepali paribar

  • richie_nepali

    Jai 4/16/32/64 jaat,, jai Dalit jati,, Jai Bhagwan Buddha,, Jai Hanuman.. Jai Mata bhagwati,, Jai Mohammad, Jai Christ,, etc.. etc but above all these Jay Nepal
    Bhagawan shree Pasupatinath le hami sapai Nepali tatha sapai Janako be it any caste ko kalyan garun jai mata Nepal jai AMAA NEPAL.. just remeber Janani Janma Bhumikshya Swarga Dapi Gariyashi,, Jai spai jana ko pyaro AMAA haroo.. ra hamrooo Aamaa harooo ko pani Aama ra hamro pani Aama Nepal aaama

  • richie_nepali

     sorry for being late but Jai,,, Maithili, Bhojpuri, Tharu etc ra sampurna Nepali tarai ka nepali haroo,,

  • richie_nepali

    tyo chor/chutiya prachande,, baburam,, makune, jhale, shere, gyane…ra be it any other politicians ra arooo sapai lai ra abobe all…one and only prachande dahal mari jaaaaawosh ra baburam bhanee so called intellectual ra tyasko wife mari jaaaawosh yasto pani garne hoo… aaphno janma bhumi lai
     

  • richie_nepali

    Thank you Amrit GURUNG,, Jai Nepal

  • Ishwarkarki

    I salute you Amrit ji for your great opinion ! I wish every one thinks like this ! We should have only one caste Nepali and only one country Nepal !!!

  • Shailendra

    jayanepal ,yo bichhar ramro lagyo ,we need united nepal.yo dees ma sabai ko jaat chha re jaat ma bivajan hunu parne re ani eeuta yasto manchhe chha re jasko thar chhaina re prachanda jasle sabi bivajit jati li rule garne re,kasto durta rachha………….yo dahal baun ta.

  • CHAMPAK PUDASAINI

    EKDUM RAMRO BICHAR DAJU AABA NEPAL LAI BACCHAUNE HAMI LAY NAI HO

  • Nepali11

    How nice. I love this sentiment.

  • http://www.facebook.com/basnetrosan Nepali Rosan Basnet

    love u bro really your a son of mother nepal ,your mom can be proud on you men ,love u 

  • mohan poudyal

    Amrit Ji  very nice thought, I  like it.

  • Lax Khadka

    thanks

  • Nepal Bahadur Nepali

    “म कुनै एउटा प्रदेशको मात्र पहिलो श्रेणीको र बाँकी प्रदेशको दोस्रो श्रेणीको नागरिक बन्न चाहन्न ” The sound of the soul.

  • Kiran Katuwal

    Yo kura Satta ra Kursi ko
     lalach ma Rajnitiko  ghin lagdo khel khelne  hamra    patmurkha  ”Neta” harule bujheko bhaye Desh ma  pakkai pani shanti surachha,  bikash, and Deshko unnati  hunthiyo hola tara……………! Salam 6 Amar Dai tapalai ani tapaiko Sochlai…………..

  • Kiran Katuwal

    Yo kura Satta ra Kursi ko
     lalach ma Rajnitiko  ghin lagdo khel khelne  hamra    patmurkha  ”Neta” harule bujheko bhaye Desh ma  pakkai pani shanti surachha,  bikash, and Deshko unnati  hunthiyo hola tara……………! Salam 6 Amar Dai tapalai ani tapaiko Sochlai…………..

  • Dozeoffplz

    wonderfull par excellence…………………………..

  • Kulerai

    Superb !!! Can’t be said any more!!

  • Bisal

    अनि नेपाली होइन चाही कस्ले भन्यो त ? ओयह्यात कुरा । 

    • nepali

      ta sala khate ta jasta tapye ra neta haru le paleko kukur le garda ho aja hamro des bigreko sala amrit dai is the real nepali hero jai nepal

  • Goshrestha

    वाह्! अमृत वाह्! यो लेख पढेर मेरो त जिउ नै सिरिङ्ग भो!! दुबै हातको सलाम छ मेरो!!

  • Tara Gautam

    Very Good Dai….. Tapaiko Jasti soch Hamro Neta Haroko Vayeko Vaye aaja desh Kaha Pugisakthyo

  • Guest

    u r the only one our national hero………….salute amrit dai we luv u fore ever………………

  • Ruwalihari08

    salute, appreciate, share

  • Gokul Nepali

    मेरो पनि सलाम छ अमृत गुरुङ्गलाई अनि खुल्ला र सह्रिदयी छातीलाई ।