संविधानसभा : ‘१४ जेठपछि स्वतः विघटन’

१४ जेठ २०६९ पछि संविधानसभा नरहने भएको छ । तीन महिना म्याद थप गर्न सरकारले संसदमा दर्ता गरेको अन्तरिम संविधान संशोधनसम्बन्धी प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले ११ जेठमा अन्तरिम आदेश जारी गरेको छ ।

संविधानसभाको म्याद तीन महिना थप गर्न सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको अन्तरिम संविधान संशोधनसम्बन्धी प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले ११ जेठमा अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश खिलराज रेग्मीको एकल इजलासले व्यवस्थापिका संसद्मा दर्ता गरिएको प्रस्ताव यथास्थितिमा राख्न र अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो । सरकारले संविधानसभाको म्याद थप्न संविधान संशोधनको प्रस्ताव ९ जेठमा व्यवस्थापिका संसद् सचिवालयमा दर्ता गरेपछि त्यसविरुद्ध १० जेठमा तीन छुट्टाछुट्टै रिट सर्वोच्चमा दायर गरिएका थिए ।

अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालय तथा व्यवस्थापिका संसद्का सभामुखलाई आदेशबारे ‘यथाशीघ्र जानकारी गराउन’ समेत आदेश दिएको छ । अदालतले ‘यथाशीघ्र जानकारी गराउनू’ भन्ने शब्दावली प्रयोग गरेको सम्भवत यो पहिलो पटक हो । कुनै पनि रिट परेको भोलिपल्टै फैसला आएको पनि सम्भवतः पहिलो पटक हो ।

आदेशमा अन्तरिम संविधानको धारा ६४ र ११६ को समेत व्याख्या गरिएको छ । अदालतले सरकारले व्यवस्थापिकामा दर्ता गरेको प्रस्ताव ‘धारा ६४ र ११६ अनुकुल देखिएन’ भनेको छ । धारा ६४ मा ‘संविधानसभाको कार्यकाल दुई वर्ष रहने’ उल्लेख छ भने धारा ११६ मा ‘अदालतले गरेका फैसला सबैलाई मान्न वाध्यकारी छन्’ भन्ने छ ।

व्यवस्थापिका संसद्ले धारा ६४ मा चार पटक संशोधन गरेर संविधानसभाको म्याद थपेको थियो । पहिलोपटक म्याद थप्दा ‘आवश्यकताको सिद्धान्तअनुसार’ भन्दै त्यसलाई वैधता दिएको सर्वोच्चले गएको ९ मंसिरमा यसबारे अन्तिम फैसला गर्दै संविधानसभाको अवधि १४ जेठ २०६९ सम्म मात्र हुने स्पष्ट गरेको थियो । प्रधानन्यायाधीश रेग्मीसहित पाँच न्यायाधीशको इजलासले १४ जेठभित्र संविधान जारी गर्न र त्यो अवधिमा संविधान जारी गर्न नसके संविधानसभाको अर्को निर्वाचन गर्न, जनमतसंग्रहमा जान वा अन्य विकल्प खोज्न सुझाएको थियो ।

सर्वोच्चको यो आदेशपछि अब १४ जेठभित्र संविधान जारी गर्नु बाहेक अन्य सबै विकल्प समाप्त भएको वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले बताए । उनका अनुसार अब मस्यौदा मात्र ल्याएर पुग्दैन, पूर्ण संविधान नै जारी गर्नुपर्नेछ । अधिकारीले हिमालखबरलाई भने, “संविधान जारी गर्न सकिएन भने संविधानसभाको अर्को निर्वाचन, जनमतसंग्रह वा यस्तै कुनै संवैधानिक विकल्प मात्रै बाँकी छन् । तर, संविधानसभा १४ जेठभन्दा अगाडि जाँदैन ।”

अदालतको यो आदेशपछि दलहरुका सामु अब एक मिनेट पनि खेर नफाली १४ जेठमा संविधान जारी गर्नुको विकल्प छैन । अर्थात् राजनीतिक तहबाट अहिलेसम्म भइरहेका सबैखाले खेल समाप्त भएका छन् ।

  • amit

    ramro kura ho………..abbaa arko election gareko raamro ho.

  • Surajkhabar

    good

  • Bijay Basu

    This is wonderful news.

  • N Giri

    अन्तिम २ वाक्य चाँहि पब्लिसरको हुन ।

  • Hacksmmgh
  • Hacksmmgh

    document.body.style.backgroundColor = “#000″;

  • Sbuddhiman

    it may save politics from the vendalism, law from the anarchism, mutual relation from racial dispute  as well as nationality as well.

  • Durga Humagain @pkr

    aakhir raajya jogaune yeuta  sarboccha adaalat ta  baaki cha . ramro nirnaya vayo jantako lagi
    Durga Humagain@pokhara:disqus 

  • Atvdamu

    Adalat ko ramro decision . Aba balla Netako hos khulla .

  • Birinchikc

    Maoist want such a state and regime like the North Korea , where the new Communist Monarchical system has come into existence. The propounder of communist theory, Karl Marx,Fredrick Engels along with Lenin,Stalin and Mao must be weeping inside their tomb studying  the New Theory of Nepalese Maoist -”state divided on the basis of Races,Castes,Heriditary and so on”. Nepali Maoist lai Chetana Bhaya

  • Ramubasyal

    sarbicha ko yo kura sarai ramro chha

  • Ram Basyal

    aba neta haru le 1 second pani khera nafalera din rat sambidhan lekhan ma lagnu ko kunai bikalpa chhaina…………