विपक्षी दलहरुले निर्णयक वार्ता गर्ने

विपक्षी दलहरुले राजनीतिक सहमतिका लागि एमाओवादीसँग २९ माघमा निर्णयक वार्ता गर्ने भएका छन् ।

राष्ट्रपतिसँग दलका शिर्ष नेताहरुको २७ माघमा भएको छलफल र एमाओवादीको प्रस्तावलाई आधार बनाएर प्रमुख विपक्षी दलहरुले निर्णायक वार्ता गर्ने भएका हुन् ।

२८ माघमा एमाले मुख्यालय बल्खुमा बसेको प्रमुख विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको बैठकले अबको वार्तामा सहमति नभए आन्दोलन चर्काउने पनि निर्णय गरेका छन् ।

२८ माघमा सहमति नभए २०७० जेठमा संविधान सभाको निर्वाचन हुन नसक्ने भएकोले यो एमाओवादीसँगको अन्तिम निर्णायक वार्ता गर्ने निर्णय भएको नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । सहमति नभए आन्दोलनको विकल्प नभएकोमा पौडेलले जोडदिएका थिए ।

  • who cares

    befor requesting CJ to become pm, ask him how he would control and punish those who intimidate, those who are involved in donation terror etc etc just like previous time? is he willing to use force on them- army, apf?