दाहालले भने, ‘गिरिजाबाबु जस्तो पार्टनर भेटिनँ’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाजस्तो सहयात्री पाउन नसकेको बताएका छन् ।

काभ्रेको धुलेखेलमा माघ २८ मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष दाहालले इतिहासको आवश्यकताले गर्दा विगतमा गिरिजाप्रसाद कोइरालासँग पार्टनरशीप (सहकार्य) गरेको बताएका छन् । उनले अब नेपाली आन्दोलनलाई नयाँ उचाइँमा पुर्‍याउन नयाँ पार्टनरको खोजीमा रहेको बताए ।

उनले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला नेपाली क्रान्तिको पहिलो अगुवा भएको बताए । “विश्व परिवेश, प्रविधिको विकास र जनताको आवश्यकता बुझेको हुँदा बीपी कोइरालालाई मैले आदर्श मानेको छु,” दाहालले भने ।

उनले गिरिजाप्रसाद कोइरालाजस्तो सहयात्री नपाए पनि क्रान्तिको कार्यभार भने अगाडि बढाउने बताएका थिए ।

नगेन्द्र अधिकारी, काभ्रे