एमाओवादी सर्वसत्तावादी र राष्ट्रघातीः थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले एनेकपा माओवादीलाई सर्वसत्तावादी र राष्ट्रघाती भएको आरोप लगाएका छन् ।

राप्रपा नेपालको देशव्यापी बिरोध प्रदर्शन तथा धर्ना कार्यक्रमलाई हेटौँडामा २८ माघमा सम्बोधन गर्दै अध्यक्ष थापाले एमाओवादीको सर्वसत्तावादमा क्यान्सरजस्तो राष्ट्रघात र आत्मसमर्पणबाद मिसिएको आरोप लगाए । उनले भने, “सरकार परिवर्तन गरेर मात्र सर्वसत्तावाद अन्त्य हुँदैन, त्यसका लागि राष्ट्रवादी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्छ ।”

अन्तरिम संबिधान भेन्टिलेटरमा राखेको बिरामी जस्तो भएको टिप्पणी गर्दै उनले जेठभित्रै संसद, संबिधान सभा र स्थानीय निकायको निर्वाचन गराउने वातावरण तयार नभए सडक संघर्ष गर्ने चेतावनी पनि दिए ।

उनले आफूलाई कुनै पनि पार्टीको नेतृत्व मान्य नहुने भन्दै स्वतन्त्र चुनावका लागि प्रधानन्याधीशकै नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने बताए । अध्यक्ष थापाले दलहरुबीच तिक्तता कायमै रहेकोले बहालवाला वा पूर्ब प्रधानन्याधीशको नेतृत्वमा सरकार गठन गर्नुपर्ने जिकिर गरे ।

प्रजातन्त्रको सुन्दरता भनेकै निर्वाचन हो भन्दै थापाले निर्वाचन नभए प्रजातन्त्र कमजोर हुने बताएका थिए ।

अशोकसुजन श्रेष्ठ/हेटौँडा

  • Namaskar

    Kamal Thapa, timro pni 1 gallttti chha :- Kina timile ” sambaidhaniik Raja raakhnuprrchha” vneko ? tetroo Million Chhetri haruko Population maa,Maatra timi Ekk jnaa hoo, “Raja raakhnu prchha” vnneee. tyo jaabo thakuri timro Jaat pni ta Hoina . Arko euta Dherailaai Vrrma prreko euta Kuroo vnnu prreyo :- Hindu, Buddha Dharma ko Bhagwan hrruu Raja/Rajkumar hrrru hoo, But (tra) thakuri raja baata HOINA. thakuri vnnee ta Pchhii Nepalmaa aako r raja bneeko. . teiii pni, Dev/Devi hrru thakuri maa Hoina. Yetti maatrai hookii :- Nepal maa,Dherai Dherai Pchhhi thakuri le pni Rajjyee greeko thiyo, thakuri pni raja thiyo, tetti maatraaai hoo.