छोराको कुटाईबाट आमाको मृत्यु

आफ्नै छोराको कुटाईबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार नेपालगञ्ज भुजई गाउँकी ४० बर्षीय कमरुन निसालाई उनकै छोरा जलिल नाउले कुटपिट गरेपछि मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

छोराको कुटपिटबाट वेहोस भएकी कमरुन निसाको उपचारका क्रममा भेरी अंचल अस्पतालमा मृत्यु भएको हो । जलिललाई बाँके प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।