हिमाल साउथएसियन नयाँ स्वरुपमा
अंग्रेजी द्वैमासिक म्यागाजिन हिमाल साउथएसियन नयाँ सज्जा र स्वरुपमा प्रकाशन भएको छ ।
शुक्रबार , २६ माघ २०६९ ७:०५ पम
पुस्तक र म्यागाजिनको रुपमा प्रकाशित हिमाल साउनएसियनको नयाँ अंक ललितपुरको यलमाया केन्द्रमा २६ माघमा नेपालका लागि नर्वेका राजदुत अल्फ अर्नी र्याम्सलियनले विमोजन गरेका हुन् ।
कार्यक्रममा राजदुत अल्फ अर्नी र विश्लेषक हरि शर्माले म्यागाजिनको सफलताको शुभकामना दिए । हिमाल साउथएसियनका सम्पादक कनकमणि दीक्षितले साढे दुई दशक पहिले शुरु भएको हिमाल साउथएसियन अब चौमासिक रुपमा प्रकाशन हुने जानकारी दिए । उनले अबको प्रकाशन म्यागाजिन र पुस्तक(बुकजिन)को मिश्रित स्वरुपमा आउने बताए ।









