लोकतन्त्रको पहरेदारीका लागि

हिमाल खबरपत्रिका को लक्ष्य भनेकै निर्भीक, स्वतन्त्र पत्रकारिताद्वारा मुलुकमा लोकतान्त्रिक स्थायित्व र त्यसबाट नेपाली समृद्धिको बाटो सहज बनाउनु हो ।

हिमाल खबरपत्रिका को लक्ष्य भनेकै निर्भीक, स्वतन्त्र पत्रकारिताद्वारा मुलुकमा लोकतान्त्रिक स्थायित्व र त्यसबाट नेपाली समृद्धिको बाटो सहज बनाउनु हो । हामी १४ वर्षदेखि निरन्तर यही लक्ष्यको यात्रामा छौं । हामीले २०४६ पछिको संसदीय व्यवस्थामा ‘वाचडग’ को भूमिकाबाट माओवादी सशस्त्र विद्रोह र राज्यको प्रतिक्रियालाई नियाल्यौं । नारायणहिटी हत्याकाण्डपछि ‘निर्भीक’ पत्रकारिताको अर्थ बुझयौं भने जनआन्दोलन २०६२–६३ पनि हाम्रो पत्रकारिताको लागि कोसेढुंगा सावित भयो । पत्रकारिताको क्रममा गत दशकमा हामीले एकातिर सामाजिक न्याय र पहिचानको महŒव अझ्ै बढी बुझयौं भने अर्कोतिर लोकरिझयाईंले अँचेटेको राजनीतिप्रति सतर्क हुन सिक्यौं । हामी एकातर्फ संघीयताको परिभाषाको बहसमा क्रियाशील भयौं भने अर्कातर्फ शान्ति प्रक्रियापश्चातको ‘डेमागगी’ राजनीतिबारे पाठकलाई सचेत बनाउने प्रयास गरिरह्यौं, विभिन्न भौतिक र मानसिक चुनौती स्वीकार्दै ।

हिमाल पाक्षिक जन्मँदा नेपालमा दुई/तीन वटा टेलिभिजन च्यानल थिए, आज धेरै छन् । त्यस्तै, मुलुकभर सयौं रेडियो स्टेशन छन् र सशक्त सामाजिक सञ्जाल पनि । राष्ट्रिय र क्षेत्रीय पत्रिकाहरूले यस क्षेत्रलाई झ्न्झ्न् खँदिलो बनाउँदै छन् । यस्तो मिडिया ‘स्पेक्ट्रम’ मा हिमाल खबरपत्रिका ले आफ्नो योगदान कस्तो हुने भन्ने बेला आयो । अन्यत्र पत्रकारिता प्रिन्टबाट ‘साइबर’ मा स्थानान्तरण हुने क्रम जारी छ भने नेपालमा इन्टरनेटको फाइदा लिंदालिंदै ‘प्रिन्ट’ लाई पनि अझ्ै सशक्त बनाउनुपर्नेछ । रिपोर्टिङ क्षेत्र एकदम अगाडि बढे पनि विश्लेषणमा नेपाली पत्रकारिता अझ्ै कमजोर रहेको मनन गर्दै अगाडिको बाटो पहिल्याउनु छ ।

यस्ता निष्कर्षहरूमा केही महीनाको मन्थनपछि हिमाल मिडियाको बोर्ड र हिमाल खबपत्रिका को सम्पादक मण्डल हिमाल लाई साप्ताहिक बनाउने निर्णयमा पुग्यो, अहिंस्रक राजनीति, लोकतन्त्र, कानूनी राज्य तथा प्रक्रियागत शासनको रखवारी गर्ने सुरुआती लक्ष्यलाई तलमाथि हुन नदिने गरी । हामी जताबाट आएको होस्, जसरी प्रस्तुत भएको होस्, दक्षिण वा अतिवाम ‘डेमागग’ लाई चुनौती दिइरहन्छौं– लोकतन्त्रको स्थायित्व र शान्तिद्वारा मुलुकको आर्थिक सम्भावनालाई वास्तविकतामा परिणत गर्ने गरी । यो सब कार्यलाई हाम्रा चार प्रस्तुति हिमाल खबरपत्रिका, नेपाली टाइम्स, हिमाल खबर डट कम र नेपाली टाइम्स डट कम मार्फत अगाडि बढाउन हिमाल मिडिया बोर्ड तथा हिमाल मिडियाका एक–एक पेशेवर कटिबद्ध छौं । यो ध्येयका लागि हाम्रो पूरै संरचनालाई गतिशील बनाउने जिम्मेवारी अब हिमाल खबरपत्रिका का सम्पादक किरण नेपाललाई सुम्पिइएको छ, हिमाल मिडियाका प्रमुख कार्यकारी अधिकृतका रूपमा पनि ।

७ फागुनदेखि नयाँ अवतारमा आउने साप्ताहिक खबरपत्रिका हिमाल मार्फत हामी लोकतन्त्रको अझ् सशक्त पहरेदारीको प्रण गर्छौं

  • Pingback: Willie

  • Akash

    People read your online versions free. Would you like to make some portion free and the rest paid?

  • Suraj Kumar Bhujel

    साप्ताहिक हुने थाहा पाएँ । खुशी लाग्यो ।

  • Mahesh K.C.

    नेपाल र नेपालीको तथा राष्ट र राष्टिृीयताको पक्षमा विगत लामो समयदेखी थालिएको एउटा निडर, सवल, सक्षम र परिपक्क सुचनाको अभियान (पत्रकारिता) लाई यहाँसम्म ल्याउनुभएको मा हिमाल खवरपत्रिकाका सम्पुर्ण परिवारलाई हार्दिक वधाई । साथै हिमाल खवर पत्रिकाको प्रकाशन साप्ताहिक हुने खवरले म जस्तो नियमितको पाटकलाई अत्यान्तै खुसि वनाएको छ । पत्रिका वढन अव १५ दिन पर्खनुपर्ने छैन, आशा छ हिमालले विगतको आफ्नो साखलाई जोगाउदै नेपाली पत्रकारिताको विकासक्रमलाई एउटा नयाँ उचाई र तजा गति प्रदान गर्ने छ ।

    लाख शुभकामना ।
    महेश के.सी.
    खलंगा– १,रुकुम

  • http://twitter.com/sanjayhtd sanjay upadhyay

    अब तपाई को प्रकाशन मा एउटा नेपाली दैनिक पनि पढ्न पाइने आशा गर्न सकिन्छ ?

  • Prakash Aasthaa

    सुचना र जागरणको अभियानमा हिमाल् चुकेझै लाग्दैन। जय नेपाल ।

  • Palpali

    You are a hippocrat,. you talk for democracy , freedom of speech and human rights but when it falls on your head you runaway. You never publish comments that critisizes you. Got my point dollor producers!

  • BHOLA K. SHRESTHA

    subhakamana himal lai.sashta bhanda pani ramro srijana lai space dinuhola.

  • chandra.baniya

    नेपाल र नेपालीको तथा राष्ट र राष्टिृीयताको पक्षमा विगत लामो समयदेखी थालिएको एउटा निडर, सवल, सक्षम र परिपक्क सुचनाको अभियान (पत्रकारिता) लाई यहाँसम्म ल्याउनुभएको मा हिमाल खवरपत्रिकाका सम्पुर्ण परिवारलाई हार्दिक वधाई । साथै हिमाल खवर पत्रिकाको प्रकाशन साप्ताहिक हुने खवरले म जस्तो नियमितको पाटकलाई अत्यान्तै खुसि वनाएको छ । पत्रिका वढन अव १५ दिन पर्खनुपर्ने छैन, आशा छ हिमालले विगतको आफ्नो साखलाई जोगाउदै नेपाली पत्रकारिताको विकासक्रमलाई एउटा नयाँ उचाई र तजा गति प्रदान गर्ने छ ।

    लाख शुभकामना ।

  • http://mediadiscourses.blogspot.com/ Indra Dhoj Kshetri

    अब साप्ताहिक बनेको हिमाललाई बधाई र शुभकामना । प्रजातन्त्रको परिचायक भनेकै सत्ता र शक्तिको आलोचना गर्न सक्ने निर्भीक र निडर मिडियाको उपस्थिति पनि हो । आशा गरौँ हिमाल मिडियाले अझै बढी जिम्मेवारी र प्रतिवद्धताका साथ आफ्नो कदम अघि बढाइरहनेछ ।