कर्मबीरको कथा : ग्वाला इन्जिनियर

पेशा परिवर्तनसँगै श्यामवदनको जीवनशैलीमा पनि आकाश-जमिनको फरक आएको छ― शहरमा इन्जिनियर हुँदा बिहान आठ बजेसम्म सुत्थे, अहिले पाँचै बजे उठेर घाँस-चोकर तयार पार्छन्, कामदार नभएको बेला गोबर सोहोर्छन् ।

हिमाल अर्काइभ

पशुपालनलाई अनपढले गर्ने काम ठान्ने परम्परागत नेपाली समाजलाई चुनौती दिएका छन्― सफ्टवेयर इन्जिनियरको पेशा छाडेर पशुपालन र डेरी उद्योगमा लागेका पर्सा धोरे-४ का श्यामवदन यादव (२९) ले।

किसानकै छोरो भएकाले पशुपालनमा आउन श्यामवदनलाई अप्ठ्यारो लागेन। पुर्ख्यौली जमिन धितो राखेर उद्योगमा रु.१ करोड ५० लाख लगानी गरिसकेको बताउने उनी व्यापारिक जोखिमप्रति भने स्वाभाविक रूपमा चिन्तित छन्। भन्छन्, “गरिबको जीवनस्तरमा परिवर्तन नआएसम्म गाउँ सधैँ गरिबको गरिब रहने देखेपछि गरिखान चाहने गाउँलेहरूको समेत जीवनस्तर उकास्न जोखिम मोलेको हुँ।”

भारतको बैङ्गलोरमा सफ्टवेयर इन्जिनियरिङमा स्नातकोत्तर गरेर भगवती स्टिल कम्पनीमा मासिक रु.५० हजार तलब आउने जागिर खाँदाखाँदै डेरी उद्योगतिर मोडिएका यी तन्नेरी जागिरबाट एक जनाको परिवार पालिएको तर यो कामबाट धेरै परिवारको हातमुख जोर्न सजिलो भएको बताउँछन्। उनले स्थापना गरेको डेरी उद्योगले करिब १५०० स्थानीय किसान परिवारको जीवन बदलिदिएको छ। आफैं १० वटा जर्सी र होलेस्टोन गाई पालेका श्यामवदन गाउँलेबाट दैनिक १८०० लिटर दूध किन्छन्।
किसानले सातामा एकपटक दूधको पैसा पाउँछन्, जुन उनीहरूको बचत जस्तै हुन्छ। चाडपर्वमा वा बिरामी पर्दा ऋणमा डुब्नेहरू त्यही बचतबाट खर्च गर्छन्। दूध व्यवसाय बढेपछि गाउँबाट कामका लागि भारत जानेको सङ्ख्या घटेको र घरपरिवारको रहनसहन बदलिएको परशुरामपुरका साधु यादवले बताए। सात वर्ष पन्जाबमा काम गरेका साधुले अहिले आफैँले गाई पालेका छन्। उनी बिहान सात बजे दूध लिएर डेरी आइपुग्छन्।

श्यामवदनले आसपासका गरिब किसानहरूलाई उन्नत जातको पशुपालनका लागि उद्योगकै तर्फबाट लगानी पनि गरेका छन्, दैनिक दूधबाट लामो समयमा ऋण कटाउने गरी बिना धितो ४० वटा भैंसी दिएर। चाँडै नै अरू ३०० भैंसी बाँड्न वीरगञ्जका ब्याङ्कहरूसँग लेखापढी शुरु भएको छ। हसवा, पकहामैनपुर, मधुवनी, परशुरामपुर, मुसहरवा लगायत १० गाउँका किसान समेटिने यस योजनाबाट किसानहरूले लाभ पाउनुका साथै उनको डेरी पूर्ण क्षमतामा चल्नेछ।

पेशा परिवर्तनसँगै श्यामवदनको जीवनशैलीमा पनि आकाश-जमिनको फरक आएको छ― शहरमा इन्जिनियर हुँदा बिहान आठ बजेसम्म सुत्थे, अहिले पाँचै बजे उठेर घाँस-चोकर तयार पार्छन्, कामदार नभएको बेला गोबर सोहोर्छन्; महिनामा कम्तीमा चार पटक सपरिवार डिनर खान वीरगञ्जका तारे होटलमा जान्थे, अहिले घर बाहिर खाना नखाएको आठ महिना भयो; टाईसुटमा ठाँटिएर अफिसको गाडीमा हिँड्थे, अहिले सजिलो कपडा लगाएर मोटरसाइकलमा हुँइकिन्छन्। भन्छन्, “इन्जिनियर हुँदा कसै न कसैलाई काम लगाइदेऊ भन्ने साथीहरू अहिले अरू नै कुरा गर्छन्, काम माग्दैनन्। जबकि म चाहिँ अहिले धेरैलाई रोजगारी दिनसक्ने अवस्थामा छु।”
पहिलाको काम पैसाका लागि थियो, अहिले पैसासँगै सेवाभाव र आत्मसन्तुष्टि जोडिएको छ। खेत नहुने बाबुआमालाई पनि छोराछोरी पढाउन सक्ने बनाउनु अहिलेको उद्देश्य हो। यसका लागि उद्योगलाई समुदायिक बनाउँदै लैजाने श्यामवदनको विचार छ। उनले त्यसको प्रक्रिया पनि थालिसकेका छन्। “तर किसानहरू पनि कामका लागि तयार हुनुपर्छ”, उनी भन्छन्।

भारतको सीमावर्ती मधेशमा श्यामवदन यादवले खोलेको उद्योगका प्रमुख सहयोगी पहाडका तन्नेरीहरू छन्― डेरीका १५ कामदारमध्ये धादिङ, ज्यामरुङका रमेश भट्ट (२८) प्रमुख प्राविधिक तथा ज्यामरुङकै रेशम थापा (२२) र अर्जुन ढकाल (२४) सहायक प्राविधिक। अझ् रमाइलो त स्थानीय भोजपुरी भाषामै रमाउन थालेका यी तीन धादिङेलाई वीरगञ्जदेखि २० किलोमिटर दक्षिण-पश्चिमको मधेशी गाउँ धोरेको रहनसहन मन पर्न थालेको छ, उखरमाउलो गर्मी र मच्छरलाई छाडेर। श्यामवदनले भारतीय वा तराईका प्राविधिक नपाएर पहाडका जनशक्ति प्रयोग गरेका होइनन्, यसबाट उनले अनेक जाति र क्षेत्रका मानिस मिलेर बसेको नेपाली समाजको एकताको सन्देश पनि दिन चाहेका हुन्।

श्यामवदनको कामबाट सबभन्दा खुसी उनकै बुबा किशोरी यादव छन्। ५६ वर्षीय किशोरी भन्छन्, “सबैको हितमा लागेको छ, रातदिन खट्छ, प्रशंसा पाएको छ। एउटा बाबुलाई योभन्दा बढ्ता के चाहियो र!”

हिमाल खबरपत्रिका १६ असोज – १५ कात्तिक २०६७ बाट

  • Bh_dipak

    thank you shyambadan ji

  • Shree_srd99

    ramro kamko thalani bhayako 6. yasbata arule pani kehi garna siknu par6 ki ?

  • Db_basnet9494

     shyambadan ji.desh bhanekai baliyo jag gaun nai ho.yehi bata suru hunchha bikash.gaun sahar ani kendra.dherai 2 dhannebad engeneer sab lai.

  • Hari dhakal

    kasari bayan garne khai yo kaam ko! dhanyabaad, saadubaad chha hai shyambadan ji yo pardesi ko

  • jyoti

    paisa ra prtistha kamauna bidesh pasnu parcha bhanna manasikta palaka mancha haruko lagi gatilo sandesh ho yo,

  • human

    hates off

  • drishya

    but he didn”t used his skill ..instead of that dairy  he can invest same amount in IT field…which also gives employment  to people and that could make them more literate also…what is the use of his degree ??/

    • Ssy22

      common friend be romeo if you are in Rome……..hope u understand….the place where he is is good for dairy not your IT……..

  • Bhatta Dhruba

    Great work, Keep it up

  • Deepu

    Yesto manche lai po neta banaunu parne ho………and Govt should help him in his all obtacles…
    Great — Proud of you dear.

    • nidhi

       he is a leader on his own, politics will only pollute him and will add burden to Nepali people. Let him be, politics is for those thugs, not this karmabir.

  • Ranjankumar

    Great Work yadubansi, keep it up

  • tara b. khamchaki mager

    badhai chha syambadan sir yo news padhera khushi lageyo feripani thanks bhanna chahanchhu…best of luck….

  • Goktey

    Syabas. timi haroo jasto ley matrai hamro desh thameko cha. ati ramro lagyo.

  • Santosh

    People like Shyambadan is assets of our society. Lets not encourage him to be a political leader, who are no doubt country’s LIABILITIES.

  • shantabohara

    tapai ko jeeban sahimayenema saarthk bhayo shyamjee. sachchai tapai ek rollmodel nai hunuhunchha.tapaiko udaharaniye mahaan karye ko jatisukai prasansa gare pani kamai hunchha. tapaai prati mero hridayema atyentai shradhdha jaagera aayo. deshle shyam badanjeelai uchcha starko sammanle bivushit garnu parchha.