Himalkhabar.com :: A Complete Nepali Political News Portal

बाढीका मृतकका परिवारलाई ४० हजार
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा ५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल राहत दिने निर्णय भएको रेग्मीका प्रेस सल्लाहका विमल गौतमले जानकारी दिए । बैठकले रु. ४० करोड प्रधानमन्त्री राहत कोशमा पुर्याउने निर्णय समेत गरेको छ ।

अध्यक्ष रेग्मीले बाढी पीडितलाई राहत वितरण गर्न र थप क्षति हुनबाट रोक्न सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् । बैठकमा गृह मन्त्री माधव घिमिरेले उद्धारमा तीन वटै सुरक्षा निकाय र सेनाको हेलिकप्टर प्रयोग गरिने जानकारी गराएका थिए ।

गृह मन्त्रालयका अनुसार ४ असार साँझसम्म १८ जनाको ज्यान गएको छ ।

बाढीले सुदूरपश्चिममा कम्तिमा १० को मुत्यु
महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाममा ५२ घरसँगै डडेल्धुरा र कञ्चनुरमा दर्जनौं घर डुवानमा परेका छन् । अविरले वर्षासँगै आएको पहिरोमा परी बैतडीमा पाँच जनाको मृत्यु भएको छ । सिद्धेश्वर गाविस–९ को खोड्पेमा पहिरोले रामसिंह ऐरको घर पुरिदा पत्नी, छोरा, भाईबुहारी र भतिजा भतिजी पुरिएका हुन् ।

२६ वर्षीया भाईबुहारी सीता, एक वर्षीय छोरा अर्जुन, तीन वर्षीया छोरी बिन्देश्वरी र ३४ वर्षीया पत्नी कलावतीको शव भेटिएको खोड्पे इलाका प्रहरी कार्यालयले जनाएको छ । १२ वर्षीया छोरा परमेश्वर फेला परेका छैनन् भने खोजी जारी रहेको छ ।

तीन दिनदेखि परिरहेको अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलङगाका ७२ घर बगेका छन् भने एक जनाको मृत्यु भएको छ । दमर्चुला प्रहरीका अनुसार सर्वसाधारणका ५९ र १३ सरकारी कार्यालय बगेका छन् । घर बगेपछि दुई हजार पाँच सय व्यक्ति घरवारविहीन भएकाका छन् । बाढीमा परी ३८ वर्षीया सरस्वती रैकालको मृत्यु भएको हो ।

अछामको कुन्तीबन्डाली–३ मिनेन्द्र बोगटीको घर  भत्किँदा उनको पत्नी अनिशा र ४ वर्षीया छोरी रविनाको ज्यान गएको प्रहरीले जनाएको छ । मिनबहादुर र उनका दुई छोरा घाइते भएका छन् । त्यस्तै यस्तै डोटीमा रोपाईं गर्न जाने क्रममा खोलामा बगेर गगुडा–३ की ४१ वर्षीया देवी बोगटीको मृत्यु भएको डोटी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बझाङगको लेकगाउँ गाविस ७ मा स्थानीय थिमीखोलाको बाढीले बगाउँदा १५ वर्षीय करण चलाउनेको ज्यान गएको छ । यसैगरी भारतको धार्चुलामा पर्ने लखनपुरमा गएराती पहिरोमा पुरिएर जाजरकोटका ३० वर्षिय प्रेम हमालको मृत्यु भएको छ ।

महाकाली नदीको बाढीले कञ्चनपुरको दोधारा, चाँदनी र भीमदत्त नगरपालिका ११ को भुजेला क्षेत्रका नदी किनारको बस्तीमा महाकालीमा आएको बाढी बस्न थालेपछि करिब १५० परिवार बिस्थापित भएका छन् । दोधारा गाविस ६ र ७ वडाका ४३ परिवार ३ असार रातिदेखि बिस्थापित भई नजिकैको शारदा उच्च माविमा आश्रय लिएका छन् । त्यस्तै, चाँदनी गाविसका ६० परिवार सुरक्षित स्थानमा सरेका छन् । महाकाली वारी भुजेलाका करिब ६० परिवार बस्तीमा पानी पस्न थालेपछि आफन्तकहाँ र सुरक्षित स्थानमा सरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

महाकादीमा अहिलेसम्मकै उच्च बाढी आएको छ । ३ असार महाकालीको बहाब चार लाख ४० हजार क्यूसेक मापन गरिएको छ । महाकाली नदीमा पानीको बहाव बढेपछि तीन दिनदेखि नेपाल भारतको बनबास पुलमा आवतजावत बन्द गरिएको । पानी पर्न रोकिएपनि महाकाली नदीमा पानीको बहाव घटेको छैन ।

बच्चु बिक, धनगढी

संविधानसभा निर्वाचन तालिका सार्वजनिक
आयोगका अनुसार मतदाता नामावली दर्ता यही असार मसान्तसम्ममा सम्पन्न गरिने छ । त्यस्तै समानुपातिक उम्मेदवारी र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन कार्यक्रम भदौ पहिलो सातादेखि असोज पहिलो सातासम्म हुने आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रम

मतदाता नाम दर्ता गर्ने अन्तिम समय असार मसान्तसम्म

दर्ता भएको नाममाथि दावी विरोध, छानबिन, अन्तिम नामावली तयारी र प्रकाशन साउन पहिलो सातादेखि तेस्रो सातासम्म

राजनीतिक दल दर्ता (निर्वाचन प्रयोजनका लागि) को अन्तिम निर्णय साउन तेस्रो सातासम्म

मतदाता शिक्षा सामग्री वितरण तथा सम्प्रेषण साउन तेस्रो सातादेखि कात्तिक तेस्रो सातासम्म

मतदाता शिक्षा तालिम सञ्चालन साउन तेस्रो सातादेखि कात्तिक दोस्रो सातासम्म

मतदान केन्द्र निर्धारण साउन दोस्रो सातासम्म

आचार संहिता तर्जुमा, अनुमोदन, कार्यान्वयन र अनुगमन मङ्सिर मसान्तसम्म

निर्वाचन अधिकृतको नियुक्ति, तालिम र कार्यालयको स्थापना भदौ पहिलो सातादेखि भदौ मसान्तसम्म

समानुपातिकतर्फको उम्मेदवारीसम्बन्धी निर्वाचन कार्यक्रम तयारी तथा सञ्चालन भदौ पहिलो सातादेखि असोज पहिलो सातासम्म

पहिलो हुने निर्वाचन हुने निर्वाचन कार्यक्रमको सञ्चालन भदौ चौथो सातादेखि असोज दोस्रो सातासम्म

राजनीतिक दल, नागरिक समाज, अन्य सरोकारवालासँग अन्तरक्रिया असार चौथो सातादेखि कात्तिक तेस्रो सातासम्म

निर्वाचन परिवेक्षणसम्बन्धी नीति र निर्देशिका तर्जुमा, अनुमोदन, व्यवस्थापन र प्रतिवेदन असार चौथो सातादेखि मङ्सिर मसान्तसम्म

सञ्चार माध्यममा अनुगमन  साउन पहिलो सातादेखि मङ्सिर तेस्रो सातासम्म

संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना भदौ पहिलो सातादेखि मङ्सिर दोस्रो सातासम्म

मिडिया सेन्टर विकास, व्यवस्थापन र सञ्चालन असार चौथो सातादेखि मङ्सिर मसान्तसम्म

मतदान मङ्सिर ४ गते

मतगणना, परिणाम प्रशोधन र घोषणा मङ्सिर ४ गतेबाट

रासस

राष्ट्रपति यादव अस्पताल भर्ना
राष्ट्रपति यादवलाई ४ असारमा टोकियोको नारिता विमानस्थलमा अवतरण गर्ने बित्तिकै त्यहाँको शिक्षण अस्पतालमा भर्ना गरिएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । अस्पतालका उपनिर्देशक तथा प्राध्यापक तोसिकाइ वातानावे नेतृत्वको विशेषज्ञ टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्नेछ ।

उक्त टोलीले राष्ट्रपतिसँगको भेटपछि भोलिदेखि औपचारिक परीक्षण गर्ने जनाइएको छ । अनुसन्धान तथा नवप्रवर्तनका निम्ति विश्वप्रसिद्ध उक्त अस्पतालले सन् १९९८ देखि चिकित्सा सेवा उपलब्ध गराउँदै आएको छ ।

त्यसअघि विमानस्थलमा जापानमा रहेका नेपाली समुदायसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपति यादवले आफ्नो स्वास्थ्य प्रतिकूल नरहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । विदेशमा स्वास्थ्य परामर्श लिन र परीक्षण गराउन नेपालका चिकित्सकहरूले दिएको परामर्शबमोजिम आफू यहाँ आएको उनले उल्लेख गरे ।

नेपाल–जापान सम्बन्ध अत्यन्त सुमधुर रहेको र त्यो परस्पर सहयोगी रहेको चर्चा गर्दै राष्ट्रपति यादवले जापानमा रहेर नेपालीले हासिल गरेको उपलब्धिको प्रशंसा गरे । दूतावासका अनुसार द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन तथा जनता–जनताबीचको सम्पर्क विस्तार, लगानी र प्रविधि हस्तान्तरणमा सक्रिय भएर लाग्न राष्ट्रपतिले अनुरोध गरेका थिए ।

स्थानीय समयअनुसार बिहान ०६:२० बजे ब्याङ्ककबाट नारिता विमानस्थलमा अवतरण गरेका राष्ट्रपतिलाई जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई, जापानी दूतावासका वरिष्ठ अधिकारी, नेपाली समुदाय, जापानस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्गठन, जापान शाखाका अध्यक्षलगायतले स्वागत गरेका थिए ।

सेनाद्धारा बाढी पीडितको उद्धार
२ असार रातिदेखिको बर्षाले महाकाली नदीमा भिषण बाढी आएपछि खलङ्गा गाविसका ४ र ५ नम्बर वडाका विस्थापित करिव तीनसय घरपरिवारका खाद्य वस्तु, लत्ताकपडा, फर्निचर र अन्य सामानहरु सेनाले सुरक्षित स्थानमा पुर्याइदिएको हो ।

उद्धार कार्यमा ३ असार विहानदेखि ८१ जना सैनिक निरन्तर खटेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी सरकारी कार्यालय, स्कुल, स्वास्थ्य चौकी र बन कार्यालयका फर्निचर तथा कागजातहरु पनि सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छ ।

करिव ६७ घर टहराहरु पूर्ण रुपमा क्षति भएको, करिव तीन सय घर परिवारहरु विस्थापित भएको साथै बाढी कटानको प्रभावले करिव २५ सय जनसंख्या प्रत्यक्ष रुपमा प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ ।

उद्धारका लागि नेपाली सेनाको एउटा हेलिकप्टर दिपायलमा तयारी अवस्थामा राखिएको, साथै बर्दिया र कैलालीका बाढी पीडितहरुको उद्धारका लागि अर्को हेलिकप्टर पठाइएको पनि विज्ञप्तीमा उल्लेख छ ।

कालीकोट र हुम्लामा वर्षाबाट प्रभावितहरुको उद्धारका लागि पनि सेना परिचालन गरिएको छ ।

बजारु खानेकुराले कुपोषण
- बच्चु विक, धनगढी

**वर्ष दिन पुग्न लागेको छोरो पुष्पलाई लोकल कुखुराको अण्डा बेचेको पैसाले किनेको चाउचाउको झोल खुवाउँदा झनै दुब्लाएपछि कैलालीको टीकापुर–९ की राधिका रोकाया (३२) छोरो लिएर सेती अञ्चल अस्पताल पुगिन्। पुष्पलाई जाँचेपछि डाक्टरले कुषोपण भएको बताए।

**कञ्चनपुरको कृष्णपुर–५ की जसु सार्की (३७) ले पनि बारीको सागपात नजिकै गुलरिया बजारमा बेचेको पैसाले किनेको पाउडर दूध खुवाएकी थिइन्, नौ महीना पुग्दै गरेको छोरो कृष्णलाई। तर; धामी, झाँक्रीले झारफुक गर्दा पनि छोराको जीउ नलागेपछि महाकाली अञ्चल अस्पताल पुर्‍याउँदा डाक्टरले पोषण पुनर्स्थापना केन्द्रमा लैजान सुझाए।

**डडेल्धुराको जोगबुडा–९ की तिलसरी खत्री (२९) ले भैंसीको दूध बिक्री गरेर किनेको चाउचाउ, भुजिया र चोकोफनले छोरी पार्वतीको तौल घट्न थालेपछि एक दिनको पैदल बाटो हिंडेर महेन्द्रनगरको महाकाली अञ्चल अस्पताल पुर्‍याइन्। डाक्टरले पार्वतीलाई पनि कुपोषण भएको बताए।

छोराछोरीलाई पौष्टिक खाना नखुवाउँदा हुने कुपोषण भएको सुनेर घरमा पर्याप्त खानेकुरा भएका उनीहरूलाई आश्चर्यमा पार्‍यो। कैलाली र कञ्चनपुरमा रहेका ‘पोषण पुनर्स्थापना केन्द्र’ ले सुदूरपश्चिमका कुपोषित आमा र शिशुमा गरेको अध्ययनको निष्कर्ष पनि आश्चर्यमा पार्ने खालकै छ।

घरका खानेकुरा नचिनेर किनुवा खानेकुरामा भरपर्दा कुपोषण भएको त्यो अध्ययनको निष्कर्ष रहेको बताउँदै धनगढी पोषण पुनर्स्थापना केन्द्रका कार्यक्रम प्रबन्धक गीता बिष्ट भन्छिन्, “खानपिनप्रतिको बेवास्ताले ख्यालख्यालमै कुपोषण हुने गरेको छ।”

पार्वती खत्री, कुपोषण भएर पोषण केन्द्रमा भर्ना हुँदा र स्वस्थ भएर फर्किंदा (दायाँ)। तस्वीर: बच्चु विक

दुई जिल्लाका पोषण केन्द्रमा आएका ६०९ जनामा ८० प्रतिशतको घरमा पर्याप्त खानेकुरा हुँदाहुँदै छोराछोरीलाई कुपोषण भएको देखिएको छ। महेन्द्रनगरको महाकाली अञ्चल अस्पतालमा रहेको पोषण पुनर्स्थापना केन्द्रमा ल्याइएका १६ मध्ये १४ शिशुको घरमा पनि खाद्यान्न अभाव छैन।

६ वर्षको बीचमा त्यहाँ उपचार गरेर स्वस्थ भई फर्केका ९३७ जना कुपोषित शिशुमध्ये १० प्रतिशतको घरमा मात्रै खानेकुरा अभाव देखिएको कार्यक्रम प्रबन्धक इन्द्रा भट्ट बताउँछिन्।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले नेपालमा कुपोषण हुनुको दुई वटा कारणमा ‘आमाहरूले शिशुलाई पर्याप्त मात्रामा दूध नचुसाउनु र सन्तुलित खानपिनमा ध्यान नपुर्‍याउनु’ रहेको निष्कर्ष निकालेको छ।

कुपोषण धेरै रहेका देशहरूमा पर्ने नेपालमा पाँच वर्षमुनिका ४९ प्रतिशत बालबालिका कुपोषित रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।

विश्व ब्याङ्कको तथ्याङ्कमा कुपोषणका कारण नेपालमा ‘उत्पादन र आईक्यू लेभल’ कम हुँदा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नै घटेको उल्लेख छ।

विश्व ब्याङ्कको अर्को तथ्याङ्कले कुपोषणले ६ देखि ३६ महीनाका ६० प्रतिशत बालबालिका र सबै नेपालीमध्ये ४९ प्रतिशतको उँचाइ कम रहेको भन्छ। विश्व ब्याङ्कको अध्ययनले भनेको छ, “कुपोषणले मानिसको १ प्रतिशत उँचाइ कम हुन्छ र त्यसले १.४ प्रतिशत उत्पादन कम गराउँछ।”

मानिसको दिमागको ८० प्रतिशत विकास ५ देखि २४ महीनाको उमेरमा हुने हुँदा कुपोषणले दिमागको विकासमा अवरोध पुर्‍याएर आईक्यू लेभल कम बनाउने त्यो अध्ययनले देखाएको छ।

युनिसेफको अध्ययनले ‘थ्री एफ’ (फुड, फ्यूल र फाइनान्सियल) अर्थात् खाना, इन्धन र पैसाको अभावले कुपोषण हुने बताए पनि नेपाल त्यसको अपवाद देखिन्छ। भट्ट भन्छिन्, “अधिकांशमा केही अज्ञानता र केही बेवास्ताले कुपोषण हुने गरेको देखिएको छ।”

गृहिणी आमालाई सन्तुलित आहारबारे जानकारी नरहेको र कामकाजी आमाले व्यस्तताका कारण छोराछोरीको खानपिनमा ध्यान पुर्‍याउन नसकेको पनि अध्ययनले देखाएको छ। शिशुको हेरचाहमा पुरुषले ध्यान नपुर्‍याउने संस्कार रहेकाले पनि यो समस्या कायम रहेको देखिन्छ।

कैलालीका बालक पुष्पकी आमा राधिका भोक लागेर छोरा नरुँदासम्म खाना नखुवाउने र आफू बाहिर हुँदा घरका अरूले पनि खाना खुवाउन वास्ता नगरेको बताउँछिन्। गर्भावस्था र प्रसूतिको बेला घरका सबैले आमाको वास्ता गर्ने परम्परा रहे पनि प्रसूतिपछि आमा र शिशुको हेरचाह कमै गरिन्छ।

अझ् बच्चाको उमेर बढ्दै जाँदा थप पौष्टिक खानेकुरा खुवाउनुपर्नेमा बेवास्ता बढ्छ। घरमै रहेका पौष्टिक अन्नपातलाई बेवास्ता गरेर बजारु खानेकुरालाई पौष्टिक मान्ने संस्कार कुपोषण बढाउनुको अर्को कारण हो।

धनगढी पोषण पुनर्स्थापना केन्द्रकी प्रबन्धक विष्ट भन्छिन्, “लोकल अण्डा बेचेर चाउचाउ, भैंसीको दूध बेचेर कुरकुरे र बिस्कुट अनि सागपात बेचेर पाकेटको दूध खुवाएपछि कुपोषण हुने नै भयो!”

घरकै खाना स्वस्थकर

बिरामी भनेको छोरालाई कुपोषण भएको भन्दा जति नै राधिका आश्चर्यमा परिन्, घरमा भए जस्तै खाना खुवाएर छोरा हृष्टपुष्ट बनेकोमा। छोरासँगै धनगढी पोषण पुनर्स्थापना केन्द्रमा तीन साता बस्न पुगेकी राधिका भन्छिन्, “घरमा भएकै खाना पो खुवाउने रहेछन्।”

३६ दिन महेन्द्रनगर पोषण पुनर्स्थापना केन्द्रमा छोरालाई लिएर बसेकी जसु सार्की छोरा हृष्टपुष्ट भएकोमा खुशी देखिइन्। नौ महीनाको उनको छोरा कृष्ण ३६ दिन पहिले पोषण पुनर्स्थापना केन्द्र आउँदा साढे चार किलोका थिए भने अहिले सात किलोका भएका छन्।

जसु भन्छिन्, “त्यही लिटो, दालभात र तरकारीले ठीक पार्‍यो।” डडेल्धुराकी तिलसरीकी ३ केजी ८०० ग्रामकी छोरी पार्वती पनि महेन्द्रनगर पोषण पुनर्स्थापना केन्द्रमा ५४ दिन बसेपछि ७ केजी ८०० ग्राम भएकी छिन्। पोषण केन्द्रका सह–प्रबन्धक रमेश चन्दलाई समेत लिखुरी पार्वतीलाई बचाउन सकिएला भन्ने लागेको थिएन।

पोषण केन्द्रमा कुपोषित १४ वर्षभन्दा कम उमेरका बालबालिकासँगै आमालाई राखेर घरमै पाइने खानेकुरा दिनमा चार पटक खुवाउँदै स्तनपानबारे सिकाइन्छ।

कृष्ण सार्की, कुपोषण भएर पोषण केन्द्रमा भर्ना हुँदा र स्वस्थ भएर फर्किंदा (दायाँ)। तस्वीर: बच्चु विक

त्यहाँ बस्दा आमाहरूले दिनमा ५–६ पटक स्तनपान गराउन र घरमा कसरी पौष्टिक आहार बनाउने भन्ने जानकारी पाउँछन्। दूध, माछा, मासु, सागपात, गेडागुडीको झोल पौष्टिक हुने पनि आमाहरूले त्यहाँ थाहा पाउँछन्।

धनगढी पोषण केन्द्रकी सह–प्रबन्धक नन्दा ओझा भन्छिन्, “यहाँबाट फर्केकामा फेरि कुपोषण भएको पाइएको छैन।” भैंसीको दूध बिक्री गरेर चाउचाउ र कुरकुरे किनेकोमा पछुताउँदै तिलसरी भन्छिन्, “थाहा भएको भए किन त्यस्तो गर्थे र?”

स्वास्थ्यकर्मीहरू भने कुपोषण सम्बन्धी सचेतना सबैभन्दा आवश्यक ठान्छन्। सरकारले पनि अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा तीनवर्षे (सन् २०१४–१७) कुपोषण न्यूनीकरण योजना ल्याएको छ।

यो योजनाका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरूले ६० प्रतिशत अर्थात् रु.१५ करोड सहयोग गरेका छन्। तर नेपाल सरकारले त्यो योजनाका लागि ४० प्रतिशत अर्थात् रु.१० करोड व्यहोर्नुपर्नेमा अहिलेसम्म रु.१ करोड २० लाख मात्रै छुट्याएको छ।

२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रहरी तालिममा १४ बेहोस
कोशी अञ्चल अस्पतालमा उपचारत प्रहरीहरू ।  तस्वीरः कमल रिमाल

तालिममा दौड्दा गर्मीका कारण विराटनगरमा ४ असारमा  दुई महिला सहित १४ प्रहरी घाइते भएका छन् । उनीहरूको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार गरिएको छ ।

तीन घण्टाको उपचारपछि सात जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने बा“कीको आकस्मिक कक्षमा राखेर उपचार भईरहेको प्रहरी नायव उपरीक्षक दिपक पोखरेलले जानकारी दिए । बेहोस मध्ये जवान आताराम राईको अवस्था गम्भिर छ । उनलाई आइसीयुमा राख्नु पर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।

परिक्षात्मक दौडमा रहेका ६३ जना मध्ये १४ जना बेहोस भएका हुन् । सहायक निरीक्षकको तालिम सकिन लागेकाले फाइनलमा १० किलोमिटरको दौड गराइएको थियो भने जवानहरुलाई २५ सय मिटरमा प्रतिस्पर्धा गराइएको थियो ।

कमल रिमाल, विराटनगर

‘अनुशासनमा सम्झौता गर्दैनौं’
प्रसादीका विद्यार्थीले हरेक वर्ष राम्रो नतिजा ल्याएका छन्। यो सफलताको सूत्र के हो?

कुनै पनि विद्यार्थी सफल नहुँदासम्म हामी फलोअप गरिरहन्छौं। हामी यति धेरै फलो गर्छौं कि, विद्यार्थीमा आफूलाई सफल हुने गरी तयार पार्नुको विकल्प नै हुँदैन। ‘एकल व्यवस्थापन एक कार्यक्रम’ हाम्रो विशेषता हो। विद्यार्थीलाई हामी यति मात्र भन्छौं– कलेजमा पढ्ने होइन, शिक्षकले पढ्न सिकाउने मात्र हो। पढ्ने त विद्यार्थीले हो र घरमै पढ्ने हो।

तपाईंको कलेजमा अतिरिक्त क्रियाकलाप चाहिं किन हुँदैन?

खेलकुद सामग्री पर्याप्त भए पनि हामीले त्यता ध्यान दिएका छैनौं। हाम्रो मुख्य काम विद्यार्थीलाई खेलाउने नभएर पढाउने हो। अरू कतिपय स्कूल–कलेजले खेलकुदका कुरा गर्छन्, तर बिहान, दिउँसो, बेलुका तीनै सिफ्ट कक्षा चलाउँछन्। अचम्म लाग्छ, तिनले विद्यार्थीलाई कसरी, कहाँ र कुनबेला खेलाउँछन् होला?

विद्यार्थीका लागि गाडी सुविधा पनि हटाउनुभो नि!

शुरूका पाँच वर्ष गाडीको व्यवस्था गरेका थियौं। त्यसबेला काठमाडौंमा त्यति धेरै कलेज खुलेका पनि थिएनन्। तर १० वर्षयता हामीले गाडी हटाएका छौं। किनभने पछिल्लो समय जताततै राम्रा कलेज खुलेका छन्। हिंडेर पुगिने कलेजमा पढ्नु राम्रो हुन्छ। मिहिनेत भनेको विद्यार्थी आफैंले घरमा गर्ने हो। साथै विद्यार्थीलाई सार्वजनिक यातायात चढ्ने बानी बसोस् भनेर पनि हामीले कलेजको बस हटाएका हौं।

प्रसादीमा विद्यार्थीमाथि निकै कडाइ हुन्छ भनिन्छ नि ?

साँचो कुरा के हो भने हामी विद्यार्थीका बारेमा नियमित अनुगमन गरिरहेका हुन्छौं। गृहकार्य गरे/नगरेको, कक्षामा नियमित उपस्थिति भए/नभएको बारे मिहीन अनुगमन गर्छौं। विद्यार्थीहरू कक्षामा नियमित हुनैपर्छ। आन्तरिक परीक्षामा उत्तीर्ण नभइकन हामी उच्च माविको परीक्षा फर्म भर्न दिंदैनौं। यसका लागि हामीले दश वर्षअघि नै आचारसंहिता बनाएर लागू गरिसकेका छौं। हाम्रो काम पढाउनु हो। पढाउने सवालमा विद्यार्थीलाई अनुशासनमा राख्नुलाई कडाइ गरेको भनिन्छ भने त्यो आरोप हामीलाई स्वीकार्य छ।

अबको योजना के छ?

कलेज स्थापना भएको १६ वर्ष भयो। यहाँसम्म आइपुग्दा कलेज राम्रोसँग चलाएका छौं। अबको १० वर्षभित्र कलेजलाई समुदायमा हस्तान्तरण गर्ने हाम्रो योजना छ। चार वर्षपछि नै स्थानीय समुदायलाई भित्र्याउन शुरू गर्छौं। निजी क्षेत्र मात्रै हैन, समुदायले पनि राम्रा स्कूल/कलेज चलाउन सक्छन् भनेर देखाउन हामी यस्तो सोचाइमा पुगेका हौं। त्यसअघि चाहिं हामी प्रसादीलाई १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा परिणत गर्छौं। र, त्यसको सुरुआत आगामी शैक्षिक वर्षदेखि नै गर्दैछौं।

किन त यो कदम?

अबको १० वर्षपछि आउने विद्यार्थीमा जुन उत्साह हुन्छ, तिनलाई ‘इन्टरटेन’ गर्ने ऊर्जा त्यतिबेला ममा हुँदैन। त्यसका लागि मैले अरुमा भर पर्नुपर्छ। हामी सञ्चालकहरुले विद्यार्थीकै हितका लागि एउटा समयपछि निवृत्त हुनैपर्छ।

पैसा धेरै कमाएर निवृत्त हुन लाग्या हो कि?

हरेक वर्ष ६०० विद्यार्थीको भर्नाबाट पैसा कमाईंदैन। उद्देश्य पैसा कमाउने भएको भए प्रसादीको ब्राण्डमा ६ हजार विद्यार्थी भर्ना गर्थें होला। तर पछिल्लो डेढ दशकको विद्यालय सञ्चालनको अनुभवबाट नाम चाहिं पक्कै कमाइएको छ।

समुदायलाई हस्तान्तरण गरेपछि कलेजप्रति तपाईंको दायित्व चाहिं के हुन्छ?

समुदायलाई हस्तान्तरण गरेपछि पनि म कलेजबाट बाहिरिने नै भनेको होइन। मेरो सहभागिता रहनेछ। दैनन्दिनको सक्रियता हुने छैन।

आफू चाहिं के गर्नुहुन्छ?

प्रसादीको नियमित सेवाबाट निवृत्त भएपछि कुनै दूरदराजमा गएर निःशुल्क विद्यालय सञ्चालन गर्ने योजना बुन्दैछु ।

२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

नीजि जग्गा सशस्त्र प्रहरीको कब्जामा
वीरबहादुर चेपाङ, चन्द्रबहादुर दमाई र शिबबहादुर गुरुङ (दाँयाबाट क्रमशः)  तस्वीरः सविता श्रेष्ठ/हिमालखबर

दारेचोक–३, नयाँवस्तीका सात घरपरिवारको घरजग्गा अहिले पनि शसस्त्र प्रहरीको नियन्त्रणमा छ । सशस्त्र प्रहरीले काँडे तारवार लगाएर निश्चित भूभाग आफ्नो नियन्त्रणमा राखेको छ । सात परिवारको करिब १० कठ्ठा जग्गा सशस्त्रको नियन्त्रणमा रहेको हो । उनीहरुले जग्गा फिर्ता नभए मुआब्जाको माग गर्दै जिल्ला प्रशासन कार्यालय निवेदन दिएका छन् ।

सुकुम्बासी आयोगले २०५५ मा अस्थायी पुर्जा बनाएर वितरण गरेको जग्गामा २०६० मा सशस्त्रले बेसक्याम्प राखेको हो । अहिले त्यस ठाउँमा सशस्त्र प्रहरीको मध्यमाञ्चल क्षेत्रीय विपद् व्यवस्थापन तालिम केन्द्र छ । प्रहरीले भोगचलन गर्दै आएको स्थानमा दारेचोक–३ वस्ने शिवबहादुर गुरुङ(५७)को ९ धुर, चन्द्रबहादुर दमाइ(५६)को ३ धुर, विष्णुबहादुर गुरुङ(७१)को २ कठ्ठा, वर्ष अनिता थापामगर(३४)को १ कठ्ठा १० धुर, वीरवहादुर चेपाङ(२८)को १ कठ्ठा १५ धुर, वुद्धिबहादुर गुरुङ(५३)को २ कठ्ठा र चन्द्रबहादुर गुरुङ(४६)को २ कठ्ठा १ धुर जग्गा अतिक्रमित भएको छ ।

पीडितले २९ जेठमा जिल्ला प्रशासन कार्यालय चितवनमा निवेदन दर्ता गराएका छन् । प्रशासनले सशस्त्र प्रहरी बललाई चिठी लेखी यस विषयमा स्पष्ट जानकारी दिन आग्रह गरेको छ । आफ्नो घरजग्गा सबैै अतिक्रमण भएपछि चन्द्रबहादुर दमाई ४ वर्षसम्म कोठा भाडामा लिएर वसे । २१ जनाको परिवार भएका उनले कष्ठकरसँग जीवन बिताए । घरजग्गा सशस्त्रले अतिक्रमण गरेपछि आफूले गर्दै आएको व्यवसायीक पशुपालन पनि छाडे । ‘मैंले धेरै दुःख पाएँ’ जग्गा अतिक्रमणले भएको समस्या उनले सुनाए । घर सहितको एक कठ्ठा ४ धुर जग्गा अतिक्रमण परेकोमा २०६३ मा अरु फिर्ता भएपनि तीन धुर अझै शसस्त्रको तारबार भित्र भएको उनले वताए ।

आफूहरुको गरिखाने थोरै जग्गा पनि सशस्त्रले अतिक्रमण गरेपछि जीवनयापन निकै कष्टकर भएको पीडित मध्येका एक शिवबहादुर गुरुङ वताउँछन् । पीडित स्थानीयले २०६३ मा अतिक्रमित जग्गाको मुअब्जा पाउ भनी सशस्त्रको कार्यालयमा निवेदन दर्ता गराएका थिए । जिल्ला प्रशासन कार्यालय चितवनमा पनि पटकपटक कुरा राख्दा पनि सुनुवाइ नभएको गुरुङको गुनासो छ ।

सविता श्रेष्ठ, चितवन

माटोको मनितो
केही दिनअघि कामविशेषले एउटा सरकारी कार्यालय पुग्दा कर्मचारी बन्धुले नेपाली चलन अनुसार “यहाँको घर चाहिं कता पर्यो ?” भनेर सोधे ।

“तनहुँ ।”

“ओहो, आदिकविको जिल्लाका पो हुनुहुँदोरहेछ, कस्तो राम्रो ठाउँको मान्छे तपाईं !”

“तपाईंको नि ?”

“मेरो त नुवाकोट हो । फटाहा ठान्छन् हाम्लाई त… ।”

उनले लामै सुस्केरा हाले । आफ्नो माटो बिटुल्याउन बनाइएको बिम्वप्रति दुखी थिए, उनी ।

“अरे सर, बनाउने हो भने तनहुँमा जन्मेका फटाहाहरूको पनि सूची लामै हुन्छ । एउटा व्यक्तिको गुण वा अवगुणको आधारमा ठाउँको बद्नाम गर्न मिल्दैन ।”

उनको हीनताबोध अलिकता कम भएको अनुभवले मलाई सन्तोष लाग्यो ।

झापाली र स्याङ्जाली ।

“घर स्याङ्जा, मामाघर झापा । चिन्याछस् मलाई ?”

गत हिउँदको एक बिहान टोलको चियापसलमा केही युवक यसो भन्दै ठट्टा गरिरहेका थिए । साथीभाइबीच चलेको ठट्टा सामान्य जस्तो लागे पनि यसको लट्टा असामान्य थियो ।

किनभने, उनीहरूको यो ठट्टा स्याङ्जाली र झापाली ‘एक नम्बरका फटाहा हुन्छन्’ भन्ने भनाइमा आधारित थियो ।

नेपालमा सबभन्दा बढी सचेत मान्छे जन्माउने माटोलाई अकारण सरापिरहेछ दुनियाँ । त्यतैतिरको एक बन्धु ‘डेन्जर ठाउँको डेन्जर मान्छे हुँ’ भन्दै आफ्नै माटोको बद्नाम गरिरहेका थिए ।

संसारमा जहाँ पनि राम्रा मान्छेहरूका बीच एकाध नराम्राहरू हुन्छन् नै । मरेपछि राम्रा मान्छेहरू स्वर्ग र नराम्राहरू नर्कतिरको बाटो लाग्छन् भन्छ, हिन्दूको धर्मले ।

यसरी पापी र धर्मात्माहरू सर्लक्कै छुट्टिने र छुट्टिएको अलग दुनियाँ यो धरतीमा छैन ।

तर, अमूक ठाउँको अमूक मान्छेले गरेका गल्तीमा अतिशयोक्ति गरेर ‘त्यताका मान्छे त्यस्ता, उताका मान्छे उस्ता’ भन्दै ठाउँलाई नै सराप्ने संसारमा नभएको चलन नेपालमा छ ।

यसरी आफ्नो माटोको बद्नाम गर्नेहरूले अनेकथरी आपत्तिजनक बिम्बहरू पनि रचेका छन् । जस्तोः

‘स्याङ्जाली–झपाली जाली !’

‘नुवाकोटे हिंडेको बाटै नहिंड्नु !’

‘सिन्धुपाल्चोकका चेलीबेटी दलाल !’

‘मधेशी जति जम्मै खत्तम !’

झापालीको ‘भान्जो’ ती ‘स्याङ्जाली’को ठट्टाले मनलाई अलि दिन उद्विग्न बनाइरह्यो । मेरा थुप्रै स्याङ्जाली–झापाली मित्रहरू छन् । सुरुआती चिनापर्चीमा म सहज ढंगले ‘म तनहुँको’ भन्थें ।

झापालीहरूमध्ये कोही भद्रपुर, सुरुङ्गा, दमक, शनिश्चरे आदि भन्थे । स्याङ्जाकाहरू पनि कोही पुतलीबजार, वालिङ आदि भन्थे । कस्तो जिल्ला हो यो ? जिल्लाबाटै आफ्नो परिचय खुलाउने हामी नेपालीको आम चलन भएकाले कतिसँग जिस्किएँ पनि ।

जिल्लामा जोड दिंदा कतिले ‘झापा हो के’ भन्थे । त्यस्ता आवाज कताकता पिसिंदै निस्किएका हुन्थे ।

सत्य के हो भने, असल मान्छे भूगोलको चौघेरोभित्र अडिंदैन । राम्रा कामको प्रतापले ऊ देश र विश्वग्रामको सदस्य बन्छ । नराम्रो मान्छे आफ्नै गाउँको पनि रहँदैन । ऊ कतैको हुँदैन ।

नराम्रो चलन वा खराब मान्छेको बिम्ब बनाएर सिंगो ठाउँलाई अवगालमा पारिरहनु सभ्य समाजलाई सुहाउँदैन । जनक, सीता र बुद्धदेखि शहीद दुर्गानन्द झासम्मका मनीषीहरू तराई–मधेशका हुन् ।

मधेशीहरूलाई ‘कमसल’ देख्नु पहाडे राष्ट्रवादी संकीर्णता मात्र हो । कसैको दोषी चस्माले हीरालाई कीरा देख्छ भने हीराको के दोष ?

माटोले मान्छेलाई जन्म र जीवन मात्र होइन, चाहेको बाटो खन्ने स्वतन्त्रता–स्वच्छन्दता पनि दिएको छ ।

गुनिला मान्छेहरू गुनकै गोरेटो खनिरहेका हुन्छन् र गुनका उत्तराधिकारीहरू त्यो गोरेटोमा उम्रेका बेकामे झारहरू हटाउँदै गुनको फराकिलो सडक बनाइरहेका हुन्छन् ।

अनि, बेकामे–पिराहा झारहरूको नामसँग जोडेर माटोलाई किन बद्नाम गर्नु ? गुनिलो नेपालका सबै राम्रा मान्छेहरूको जय होस् ।

२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट