रमझमआइतबार, आश्विन ७, २०६९

चारदिने लिटरेचर फेस्टिवल सम्पन्न

हिमालखबर

अर्थ बहस : लिटरेचर फेष्टीभलमा अर्थतन्त्रका ३ आधार विषयक कार्यक्रममा पुर्व अर्थमन्त्री रामशरण महत , झलक सुवेदी र कार्यक्रम सञ्चालक हिमालका सम्पादक किरण नेपाल । तस्बीरः हिमालखबर

छलफलमा नायिका : लिटरेचर फेष्टीभलको अन्तिम दिन नेपाली फिल्ममा नायिकाबारे छलफलमा सहभागीहरु नम्रता श्रेष्ठ, विनिता बराल, निशा शर्मा र दिया मास्के । तस्बीरः अनुशील/हिमालखबर

त्यसैगरी ‘अर्थतन्त्रका तीन आधार’मा डा। रामशरण महत र झलक सुवेदीले बोलेका थिए जसको संचालन किरण नेपालले गरेका थिए । त्यसैगरी इतिहाँसको पुर्नलेखन बिषयमा डा रमेश ढुंगेल र दिनेशराज पन्त वक्ताका रुपमा थिए भने कार्यक्रमको सञ्चालन विष्णु सापकोटाले गरेका थिए । ‘नाटक जारी छ’ मा अभि सुवेदी, सुनिल पोखरेल र दयाहाँङ राइले बोलेका थिए भने सञ्चालन खगेन्द्र लामिछानेले गरेका थिए ।

अन्य कार्यक्रममा पत्रकार यज्ञशले सञ्चालन गरेको नेपाली फिल्म र दर्शकबारेको बहसमा निर्देशकहरु निश्चल बस्नेत, उज्वल घिमिरे र ष्रििङ रितार सहभागी थिए । न्यु मडिीयाबारेको छलफलमा उज्जवल आचार्य, किशोर पहाडी, सेवा भट्टराई र अकार अली सहभागी थिए ।

मार्तभाषमा लेखनबारेको छलफलमा तेजेश्वरबाबु गवाङ, कृष्णराज सर्वहारी, रमेश रञ्जन सहभागी थिए । संकटमा शिक्षा प्रणलीबारेको छलफलमा सुरेशराज शर्मा, धनञ्जय शर्मा र सुदर्शन सिघमीरे सहभागी थिए ।

पुस्तक बिमोचनतर्फ व्याकुल पाठकद्वारा सम्पादित, रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ‘नेपाली नियात्रा’ सार्वजनिक भयो । उक्त पुस्तकमा २५ यात्रा संस्मरण संग्रहित छन् । उक्त कार्यक्रममा डा ध्रुवचन्द्र गौतम, निर्मोही व्यास र लेखक स्वयंले बोलेका थिए । कार्यक्रमको सञ्चालन मणि लोहनीले गरेका थिए । विमल निभाको कविता संग्रह ‘डायनोसर जीउँदो छ’को विमोचन जनगायक रामेशले गरे । पुस्तक र लेखक निभाका बारेमा कवि श्यामल, नारायण ढकाल र अमर गिरीले बोलेका थिए ।

विमोचन : लिटरेचर फेष्टीभलमा विमल निभाको ब्याङ्ग्य संग्रह डाइनोसर जिउँदो छ को विमोचन गर्दै जनगायक रामेश र साथमा कवि श्याम र नारायण ढकाल । तस्बीरः अनुशील/हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...